• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपाली कलाकारितामा 'रंगभेद', बडी सेमिङ र गरिबीको प्रश्न

64x64
पुष्पा थपलिया सोमबार, माघ १२, २०७७  १२:३०
1140x725

काठमाडौं- ६ जना पात्रहरु पालैपालो मञ्चमा आउँछन्। सबैका आँखामा प्रश्नै प्रश्न र आक्रोश प्रतिबिम्बित हुन्छ। उनीहरू सेतो रंगको गोलो ‘प्रप्स’मा आफूलाई उभ्याउँछन् र आँखामा पोखिन खोजेका प्रश्न दर्शकतिर फर्केर सोध्न थाल्छन्। 

हरेकका प्रश्नले दर्शकको मथिंगल हल्लाउँछ। शरीरको रौं ठाडो पार्छ। र, एकछिन सोच्न बाध्य बनाउँछ। 

कलाकार पवित्रा खड्कासँग गरिबीको प्रश्न छ।

कलाकार संगिता उराँवसँग आफू कालो हुँदा समाजले गरेको रंगभेदका प्रश्न छन्। 

अझै दर्दनाक प्रश्न तेर्स्याउँदै मञ्चमा आउँछिन् कलाकार सुमित्रा लामिछाने। उनका आँखामा नाबालिकामा समेत कामुकता देख्ने नजरप्रति प्रश्न मात्र छैन उत्तिकै आक्रोश पनि उम्लिएको छ। 

कलाकार नम्रता अर्यालले लिंगका आधारमा गरिने भेदभावबारे प्रश्न उठाउँदा कलाकार सुहाना आचार्यले ‘बडी सेमिङ’ माथि प्रश्न तेर्स्याउँछिन्। 

कलाकार साहिना भट्टराईको आँखामा भने अहिलेको समयमा समेत प्रेम गर्न जात हेर्नुपर्ने किन भन्ने प्रश्नका ज्वारभाटाहरु देखिन्छन्।

काठमाडौंकोे बत्तिसपुतलीस्थित गोठाले नाटकघरले समेत परिचित शिल्पी थिएटरमा मञ्चित नाटक ६ पात्रको एकालापमा उठाइएका प्रश्न हुन् यी। 

Ncell 2
Ncell 2
nimb
nimb

घिमिरे युवराजको लेखन तथा निर्देशनमा बनेको यो नाटक कोभिड–१९ को महामारीले नाटकघर बन्द भएको लामो समयपछिको पहिलो नाटक हो। नाटक शनिबारसम्म मञ्चन गरिएको थियो। 

लेखक तथा निर्देशक घिमिरले सम्पूर्ण नेपालीका प्रश्नका रुपमा पात्रमार्फत् माथिका ६ प्रश्न उठाएका छन्। 

विशेषतः महिलावादी नजरबाट यसलाई मञ्चन गरिए पनि गरिबी, रंगभेद, जातीयता, ‘बडी सेमिङ’का विषयमा पुरुष पनि उत्तिकै पीडित छन्।  गरिबी, ‘बडी सेमिङ’, रंंगभेद र शारीरिक, मानसिक शोषण मनोरञ्जन क्षेत्रमा अन्य क्षेत्रको तुलनामा बढी छ। 

कलाकारले नाटकमार्फत् आम दर्शकसँग उठाइरहेका यी प्रश्न कलाकारिता क्षेत्रमाथि नै उठाउँदा कसो होला ? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रंगभेदको प्रश्न

नेपाली कलाकारितामा सुन्दरताको मानक गोरो छाला मान्ने चलन अहिले पनि छ। कालो अनुहार भन्नेबित्तिकै फिल्ममा देखाइने पात्रहरु कागज टिप्ने, पानीपुरी बेच्नेका रुपमा देखाइन्छ। गोरो छाला नभएका महिला पात्रलाई घरको नोकर्नी, गरिबी र दुःखमा बाँचेको, सधैं लोग्नेले जाँड पिएर कुट्ने भूमिका दिइएको हुन्छ। 

नेपाली कलाकारिता क्षेत्रका अगुवाहरुको रंगभेदी सोच कति छ भन्ने जान्न यिनै दृश्य पर्याप्त छन्। 

यसै विषयलाई लिएर केही समयअघि अमेरिकामा ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियान चल्यो। ‘फेयर एण्ड लभ्ली’को विज्ञापन खेल्ने केही नेपाली अभिनेत्रीले पनि यो विषयमा आफ्ना बिचार राखे।  

नेपालमा हुने विभिन्न सुन्दरी प्रतियोगितामा पनि गोरो छाला भएका नै सुन्दरीको ‘क्याटेगोरी’मा पर्ने गर्छन्। निकिता चाण्डक मिस नेपाल हुँदा स्वीकार्न धेरै कलाकारलाई मुस्किल परेको थियो।

नेपाली चलचित्रमा नाजिर हुसेन मात्र यस्तो अपवादका पात्र हुन्, जसलाई सबैले नायकको रुपमा स्वीकारेका छन्। शिवशंकर रिजाल (जो, जोगिन्दरको नामले परिचित छन्) पान पसलेबाट कहिल्यै अर्को चरित्रमा पुग्न सकेनन्। 

आलोचनामा फसिरहने अर्को चरित्र छ, मिठाइलाल ज्यादव। कलाकार सन्दीप क्षेत्रीले मिठाइलाल जादवका रुपमा मधेशी पात्र रोजेका छन्, जहाँ उनी गहुँगोरो छालामा कालो दलेर प्रस्तुत हुन्छन्।  

नेपाली मनोरञ्जनका क्षेत्रमा यस्ता कयौं पात्र छन्, जसले रंगभेदी भावना बोकेका छन्। र, गोरो छाला नहुनेहरुलाई निरन्तर अपमान गरिरहेका छन्।

‘बडी सेमिङ’को प्रश्न

करिष्मा मानन्धरकी छोरी कविताले एउटा यस्तो प्रेम कहानी चलचित्रमार्फत् नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरिन्। उनको काम हेरेर धेरै कलाकारले एकै प्रकारका प्रतिक्रिया दिए। कविताले शरीरको बोसो घटाएर फिल्म क्षेत्रमा आउनुपर्छ। उनको अभिनय जस्तोसुकै होस्, यहाँ नजर पर्‍यो उनको मोटो शरीरमा। 

यस्तै प्रतिक्रियाको सामना गरिरहनुपर्छ नायिका वर्षा रावतले पनि। जतिनै शरीर फिट राख्ने कोशिस गरे पनि उनी ह्वात्तै मोटाइहाल्छिन्। फिल्म क्षेत्रकै मान्छेले जिब्रो टोक्दै भन्छन्–‘कत्ति साह्रो मोटाएको, हिरोइनजस्तो देखिएन।’

नायिका तथा निर्देशक दीपाश्री निरौलाले आफ्नो शरीरलाई लिएर निकै गाली खेप्नुपर्‍यो। उनलाई राजेश हमालसँग जोडिएको ‘महानायक प्रकरण’ले निकै गाली खुवायो। जसमा अधिकांशले उनको मोटो शरीरमाथि भद्धा मजाक गरेका थिए। 

गरिबीको प्रश्न
केही दिनअघि कलाकार सुस्मा कार्कीको एउटा भिडियो सामाजिक सञ्जाल टिकटकमा भाइरल भयो। उनले उक्त भिडियोमा भनेकी छन्, ‘त्यस्तोलाई भन्छ कलाकार, के कुरा गरेको तपाईले? लाओस् न १०–१५ लाखको लुगा, मर्सिडिज कारमा आओस्, सबैले देख्न तम्सियोस्, त्यस्तोलाई भन्छ सेलिब्रेटी।’

यो सोच नायिका कार्कीको मात्रै हैन, मनोरञ्जन क्षेत्रको प्रतिनिधिमूलक सोच हो। केही समयअघि यस्तै लफडामा परेकी थिइन्, नायिका पारमिता आरएल राणा पनि। ‘म गुचीको कपडा लगाउँछु, औकात छ भने तिमी पनि लगाएर देखाऊ’ भन्ने आशयको प्रतिक्रियाले उनका ‘फ्यान’हरु निकै रिसाएका थिए। 

हुन त तामझाम र तडकभडकमा पनि कलाकार नै अगाडि छन्। नेपाल जस्तो सानो फिल्म बजार भएको देशमा उनीहरु बिहेमा करोडौं खर्चिन्छन्। केही समयअघि सुनैसुनले ढकमक्क भएर हेलिकप्टर चढेर बिहेको रिसेप्सन पार्टी दिएकी आँचल शर्मा मात्रै होइन पाँच तारे होटलमा भव्य पार्टी दिएकी प्रियंका कार्की, ऋचा शर्मा, स्वेता खड्का नै किन नहोउन् धनसम्पत्तिको दम्भ उनीहरुमा देखिन्छ। 

जसले कलाकार समाजका ऐना हुन् भन्ने मान्यतालाई गिज्याइरहन्छ। 

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो बीएमसीले आवश्यक अनुमति नलिई निर्माण कार्य भइरहेको भन्दै सन् २०२६ सेप्टेम्बर १० मा काम रोक्न सूचना जारी गरेको थियो। उक्त सूचनामा निर्... शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र जाँच समितिले श... शनिबार, असोज ३१, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्