• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न

64x64
पुष्पा थपलिया बुधबार, साउन २७, २०७८  १८:५५
1140x725

केटा : एउटा कुरो सुनेर आइयाछ
सुनेको थें, खेतालो चाइया छ। 
केटी : धेरै फूर्ति नलाउ भो हेर
माथि माथि हिँड्छौ रे जोतेर। 
केटा : घरमा आउन मैले आँट गरेँ
डल्ला फोर्ने काम बाँकी छ अरे।
केटी : मेरा बुढा आँटिलो थिए
बुढाले नै ठोकेर सक्दिए।

माथिको दोहोरी गीत प्रयास नेपाल नामको युट्युबमा च्यानलबाट प्रसारण गरिएको छ। जसको शीर्षकमा ‘पहिलो पटक गाए कलाकारले यस्तो छाडा दोहोरी’ लेखिएको छ। भिडियो सुरु हुनुभन्दा अघि भने यो दोहोरी कृषि पेशाप्रति लक्षित छ, अन्यथा नसोचिदिनुहोला लेखिएको छ।

अर्को उदाहरण हेरौं :
पहिलो केटा : हे बापतीका सन्तानहरुले गुमाका छन् होस
मेरो थारी बुढी ब्याउने भयो भने, तिम्लाई जान्छ दोष
त्यो दिन बसेछौ सँगै, सँगै हुँदा पार्‍यौ कि चंगै

दोस्रो केटा : तेरै बुढी छुम्ला मैले नपाएर अरु 
बाउ बन्ने रहर छ भने खेताला खोज् बरु
बाउ बन्ने भाग्यमा छैन, यस्ताले केही सोच्ने हैन

माथिको गीत भने दुई पुरुषहरु बीचको दोहोरी हो। यसलाई 'भाले दोहोरी'को नाम दिइएको छ। साथमा दुवैतिर महिला बसेका छन्। भिडियोको अन्त्यमा वकिल र मेयरले दाजुभाइको झगडा मिलाएका छन्। दुई पुरुषबीच सुन्नै नसकिने शब्दहरुमा दोहोरी परिरहेको छ। दोहोरीको झगडामा पाच्य नहुने शब्दको प्रयोग प्रसस्त मात्रामा छ। खुलदुली दोहोरी घरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई ‘भाले दोहोरी, अर्काका स्वास्नी नछाड्ने भालेहरु, नहाँसी सुखै छैन’ शीर्षक दिइएको छ। 

यी र यस्ता दर्जनौं दोहोरी युट्युबमा देख्न सकिन्छ। यस्ता गीतको भ्युज हेर्ने हो भने, लाखौंको अंकमा छन्। प्रतिक्रिया पनि त्यस्तै छन्। अधिकांशले ‘निकै रमाइलो, सन्देशमुलक, हाँसेर मर्न लागें’ जस्ता प्रतिक्रिया दिएका छन्।

यी र यस्ता दोहोरी सुन्ने हो भने, दुर्गेश थापाको तीज गीत खासै आपत्तिजनक लाग्दैन। उनले प्रयोग गरेको ‘ख्याँस्स पुतली’ शब्द स्थानीयस्तरमा प्रयोग भइरहने शब्द हो। यदि आपत्ति नै जनाउने हो भने, अरु गीतलाई पनि बहिस्कार गर्नुपर्ने बताउँछिन् लोक गायिका मीना खत्री।

खत्रीले भनिन्, ‘तीज गीतको छुट्टै लय थियो। गाउने तरिका पनि फरक थियो। पुरुषले तीज गीत गाउँदा विकृति आयो भन्ने समाजले त्यो पचाइसक्यो। समय परिवर्तन भएसँगै तीजका गीत पनि परिर्वतन भएका छन्।’

खत्रीका अनुसार नयाँ कुरामा बानी परेकाले पुराना कुरा हामीलाई अपच भएको हो। पहिले ‘ख्याँस्स पुतली’ जनजिब्रोको शब्द भएपनि अहिलेको समाजले त्यो शब्द पचाउन छाडेकाले अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

गायिका खत्री भन्छिन्, ‘त्यस्ता छाडा दोहोरी गाउनेलाई प्रतिष्ठानले केही गरेको छैन। दुर्गेशलाई मात्रै बहिस्कार गर्ने अधिकार कसले दियो?’

विवादमा दुर्गेश मात्रै किन !
‘मलाई मात्रै लोक तथा दोहोरी गीत प्रष्तिष्ठानले बहिस्कार गर्‍यो, तर यो कुरा त मैले मेरा अग्रजबाटै सिकेको हो नि!’ दुर्गेशको दुखेसो छ। त्यसो त उनी यस्तै विवाद मच्चाएर चर्चामा आएका गायक हुन्। मोडल बन्न राजधानी छिरेका उनी ‘झुक्किएर’ बनेका गायक हुन्।

दुर्गेश, तिहारको समयमा ‘चिसो बियर’ बोलको गीत गाएर पुलिसको खोरमा समेत पुगेका थिए। तर, केही समय अघिमात्रै भाइरल बनेको ‘चिसो चिसो पानी झर्नाको, चढ्छ मज्जाले स्वाद अर्नाको’ गीतमा भने कुनै बन्देज लगाइएन। जुन गीतमा अर्ना नामको बियरको बोतल बोकेका लाखौं टिकटक भिडियो देख्न सकिन्छ।

अहिले पनि यतिधेरै छाडा दोहोरी गाउने कार्यक्रम खुलेआम चलिरहेको छ। तर, लोक तथा दोहोरी गीत प्रतिष्ठानको आँखा दुर्गेशको ‘ख्याँस्स पुतली’ शब्दमा मात्रै पर्नु रहस्यमय भएको बताउँछन्, लोक गायक कुशल थापा।

Xtrem

Xtrem

आफू मात्रै किन बहिस्कारमा भन्ने प्रश्न दुर्गेश स्वयंले पनि सामाजिक सञ्जालमार्फत् उठाएको उठायै छन्। उनले प्रयोग गरेको शब्दलाई आपत्ति मान्ने हो भने, अग्रजका धेरै गीतहरु छन् जसलाई बहिस्कारको सूचीमा राख्न जरुरी हुने दुर्गेशले भनेका छन्।

अहिले पनि अन्य कलाकारको आपत्तिजनक गीत बहिस्कार गरिन्छ भने, आफू पनि गीत युट्युबबाट हटाउन राजी भएको दुर्गेशले बताएका छन्। यति धेरै विवादमा परौंला भन्ने नसोचेको बताउँदै बहिस्कारमा पर्ने कुनै कारण नभएको उनको दाबी छ।

दुर्गेशले पहाडी भेगमा गाउने तीजको लयलाई समाएर, परिमार्जनसहित गीत निकाल्दै आएका छन्। उदाहरणका लागि पहिले आमाहरुको पालामा गाउने गीत यस्तो थियो :
अरु देशका नारीहरु पुगिसके चन्द्रमा
हाम्रा देशका नारीहरु मस्त निन्द्रामा
अंग्रेजीमा भन्दा रैछन् पानीलाई वाटर
नबुझेर दिएँ मैले काँचो कटहर

अहिले दुर्गेशले परिमार्जन गरेर बनाएको तीज गित यस्तो छ :
हाम्रा बाले पाका छोरी रकेट चढी चन्द्रमा
तेरा बाले पाका छोरी मस्त निन्द्रामा
पोहोर परार नाच्यौ दिदी रातो साडी उचाली
यो पालीको तीज बरै ख्याँस्स पुतली। 

राज्य र दर्शक जिम्मेवार
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष गायक प्रजापति पराजुली, लोक तथा दोहोरी गीत प्रतिष्ठानसँग दुर्गेशलाई बहिस्कार गर्ने अधिकार नभएको बताउँछन्।

उनले भने, 'हामीले म अध्यक्ष भएकै समयमा राष्ट्रसँग लोक दोहोरीको सेन्सर गर्ने अधिकार मागेको थियाैं। त्यो बेलामा पनि लोक गीतमा विकृति विसंगति थिए। तर, राजयले त्यो अधिकार दिएन। अहिले पनि बहिस्कार गर्ने अधिकार प्रतिष्ठानलाई छैन।'

त्यसको अलवा, प्रतिष्ठान स्वयंले भने आजीवन सदस्यता दिन नमिल्ने गरेर सदस्यता रद्द गर्न भने पाउने उनको भनाइ छ। दुर्गेशका जस्ता गीत र अश्लील दोहोरी मौलाउनुको दोष भने दर्शक र राज्यलाई लगाउँछन्, गायक पराजुली।

आफैं निर्णायक रहेको कार्यक्रमको उदाहरण दिँदै उनले भने, 'नेपाल टेलिभिजनबाट दोहोरी च्याम्पियन भन्ने दोहोरी कार्यक्रम पनि आउँछ। त्यहाँ अश्लीलता भेट्टाउनुभएको छ भने भन्नुस्।'

दर्शकले आँखा अश्लीलतामा डुलाउने, च्यानलवाला पैसाको लोभमा छाडा दोहोरी हाल्ने साझेदारीकै कारण दोहोरीमा विकृति भित्रिएको उनको बुझाइ छ। यसको अलवा राज्यले पनि सेन्सर बोर्ड स्थापना गर्नुपर्नेमा पराजुलीको जोड छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्