• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता

64x64
पुष्पा थपलिया बुधबार, साउन २०, २०७८  १२:२७
1140x725

काठमाडौं- चलेका कलाकारहरूको जमघट रहेको फिल्म ‘लभ सर्कल’ टेलिभिजनमार्फत् सार्वजनिक गरिने भएको छ। उक्त फिल्म यही साउन २९ गते डिसहोमबाट सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ। कमेडी र सस्पेन्स थ्रिलर विधामा फिल्म तयार पारिएको छ। 

चपली हाइट-३ फिल्मका निर्माता अर्जुन रावल पनि हिसाब मिले टेलिभिजनबाटै भए पनि फिल्म सार्वजनिक गर्ने मुडमा छन्। तर, उनको फिल्म लभ सर्कलजस्तो थोरै बजेटमा बनेको फिल्म हैन। लागेको लगानीसमेत उठाउन नसकिने गरेर रिभिन्यु बेसमा उनी फिल्म दिन चाहँदैनन्। त्यसैले उनको फिल्म थन्किएर बसेको छ।

पहिलो लकडाउनताका रेखा थापा र सविन श्रेष्ठ अभिनित फिल्म ‘हिरो रिटर्नस्’ पनि टेलिभिजनबाट सार्वजनिक भयो। केही समय डिसहोमबाट प्रदर्शन गरेपछि अहिले भने फिल्म थन्किएको छ। उनीहरूले केही समयका लागिमात्रै पैसा तिरेर हेर्न मिल्नेगरी फिल्म प्रदर्शन गरेका थिए।

माथि उल्लिखितबाहेक अन्य केही फिल्म पनि नेटटीभी या डिसहोम जस्ता टेलिभिजन च्यानलबाट सार्वजनिक भएका छन्। यो गुणात्मक हिसाबमा भने छिमेकी देश भारतभन्दा निकै कम हो।

ठूलो पर्दाका लागि बनाइएका यी फिल्मका लागि सानो पर्दा विकल्प बनेको थियो। तर, यसले विभिन्न समस्या निम्त्यायो।

यतिबेला बलिउड पूर्णरूपमा ओटीटीमा निर्भर बनेको छ। फिल्म निर्माताहरू सानो पर्दाको सहारा लिन बाध्य छन्।

भारतमा जुन महिनामा ‘गुलाबो सितावो’ नामको फिल्म पहिलोपटक अनलाइनमा सार्वजनिक भयो। बलिउडका चर्चित कलाकार अमिताभ बच्चनको अभिनय रहेको उक्त फिल्मपछि शकुन्तला देवी, गुञ्जन सक्सेना, सडक-२ लगायतका फिल्म सानो पर्दामा प्रदर्शनमा आए।

ठूलो पर्दाका लागि बनाइएका यी फिल्मका लागि सानो पर्दा विकल्प बनेको थियो। तर, यसले विभिन्न समस्या निम्त्यायो।

Ncell 2
Ncell 2
nimb
nimb

भारतको एक टेलिभिजनलाई नेटफ्लिक्स इन्डियाकी कन्टेन्ट उपाध्यक्ष मोनिका शेर्गिलले दिएको अन्तर्वार्तामा सानो पर्दामा सेन्सर बोर्डका कारण समस्या झेल्नुपरेको बताएकी थिइन्। भारतमा सानो पर्दामा प्रदर्शन भएको फिल्म ‘राधे’ नेपालमा पनि सेन्सरबिना नै प्रदर्शनमा आएको थियो। सानो पर्दाका कारण हरेक देशले सेन्सरको झमेला बेहोरिरहेको शेर्गिलले बताएकी थिइन्।

त्यसो त कोभिडकै कारण धेरै मानिसले सानो पर्दा र स्ट्रिमिङ भनेको भविष्य हैन, वर्तमान हो भन्ने थाहा पाए। नेटफ्लिक्स र अमेजनको प्राइम भिडियोसँग भारतमा सबभन्दा ठूलो बजार हिस्सा रहेको छ। नेटफ्लिक्सले यो वर्ष अहिलेसम्म भारतमा १८ वटा मौलिक प्रस्तुति पस्किसकेको छ भने प्राइमले सन् २०२० भरिमा १४ वटा मौलिक प्रस्तुति पस्किने बताएको छ। डिज्ने+हटस्टारले जुलाई २४ यता हलमा रिलिज गर्न बनाइएका सातवटा चलचित्र आफ्नो सेवामार्फत् सार्वजनिक गरिने जनाएको छ।

च्याउसरी उम्रिएका ओटीटीकै कारण कन्टेन्टको अभाव हुनु स्वाभाविक हो। त्यसैले नेटफ्लिक्स, अमेजन जस्ता स्ट्रिमिङ कम्पनीहरूले आफैं फिल्म तथा सिरिज बनाउन थालेका छन्। एक सर्भेले कोभिडयताको एक वर्षमा डिज्नेले एक वर्षमा बनाउने फिल्मभन्दा २० गुणा बढी फिल्म तथा सिरिज बनेको देखाएको छ। 

फिल्म धेरै बन्नु समस्या हैन, तर पहिले हलमा लाग्दा जुन गुणस्तरको बन्थ्यो त्यो गुणस्तरको फिल्म नबन्नु समस्या हो। सुपर हिरोको कथालाई निकै रोचक ढंगले फिल्म बनाउने डिज्नेले वर्षमा १० देखि १२ फिल्म बनाउँथ्यो। अहिले नेटफ्लिक्सले मात्रै वर्षमा २५ देखि ३० वटा फिल्म आफैं बनाउँछ। साथमा अरूले बनाएका राम्रा फिल्म पनि सार्वजनिक गर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेटफ्लिक्सको तुलनामा केही कम अमेजन, बुट लगायतका स्ट्रिमिङ कम्पनीले आफैं फिल्म र सिरिज बनाउँछ। यसरी बाढीसरह आएको फिल्म तथा सिरिजले गुणस्तरमा समस्या पार्ने नेटफ्ल्क्सि इन्डियाकी कन्टेन्ट उपाध्यक्ष शेर्गिलको भनाइ छ।

थोरै लगानीमा बनेका फिल्म र सिरिजका लागि सानो पर्दा फलदायी बने पनि फिल्मलाई उद्योगको रूपमा विस्तार गर्न यो गतिलो माध्यम नभएको छलफल क्लब हाउसलगायत अन्य सोसल मिडियामा चलिरहेका छन्।

उनका अनुसार, कन्टेन्ट धेरै त छ नै, साथै सानो पर्दाले फिल्मको गुणस्तरमा पनि प्रभाव पार्छ। ‘डिजिटल युगमा आएसँगै हामीले खिच्ने फिल्मको गुणस्तर खस्किरहेको थियो, अहिले सानो पर्दाका कारण काम चलाउन एचडी क्वालिटीमासमेत फिल्म खिच्छन्। यस्ता फिल्महरू हलमा देखाउन लायकका हुँदैनन्,’ उनको तर्क छ।

हालै अन्तर्राष्ट्रिय जगतमा यही कुरालाई इंगित गर्ने घटना घटेको छ। मार्वल इन्टरटेनमेन्ट जुन डिज्नेको एउटा अंग हो, यसले विवाद निम्त्याएको छ।  ‘ब्ल्याक विडो’ नामको फिल्मकी मुख्य अभिनेत्री स्कारलेट जोन्सनले वितरक कम्पनी डिज्नेमाथि मुद्दा हालेकी छन्। मुद्दाका कारण सानो पर्दामा आएर रोकिएको छ।

उनले मार्वल इन्टरटेनमेन्टसँगको सम्झौतामा हलमा प्रदर्शनपछि आएको हिस्सा अनुसार तलब मागेकी रहिछन्। कम्पनीले त्यो समयमा उनको सर्त माने पनि पछि सम्झौतामा नभएको सानो पर्दाको स्ट्रिमिङ पनि राखेछ। सम्झौता अनुसार विश्वभर धेरैभन्दा धेरै स्क्रिनमा प्रदर्शन गर्ने भनिए पनि फिल्म प्रदर्शन भएको दिन नै ओटीटीमा राखेछ। डिज्नेको अहिलेसम्म धेरै कमाइ गर्ने स्ट्रिमिङ फिल्म ब्ल्याक विडो नै भए पनि कूल कमाइको तुलनामा यो निकै कम रकम हो। यही कारण उनी मुद्दा हाल्न बाध्य भइन्।

महामारीपछि फर्कने ठाउँ फिल्म हल नै हो। नायिका रेखा थापा फिल्मका लागि हलको विकल्प नरहेको बताउँछिन्। उनका अनुसार जबसम्म हल चल्दैन, फिल्म क्षेत्र चलायमान बन्नै सक्दैन। सानो पर्दामा देखाइएको फिल्मले केही समय राहत देला तर फिल्मलाई उद्योगको रूपमा विस्तार गर्न भने नदिने उनको बुझाइ छ।

त्यसैले थोरै लगानीमा बनेका फिल्म र सिरिजका लागि सानो पर्दा फलदायी बने पनि फिल्मलाई उद्योगको रूपमा विस्तार गर्न यो गतिलो माध्यम नभएको छलफल क्लब हाउसलगायत अन्य सोसल मिडियामा चलिरहेका छन्।

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकार... मंगलबार, असोज २७, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्