• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता

64x64
पुष्पा थपलिया बुधबार, साउन २०, २०७८  १२:२७
1140x725

काठमाडौं- चलेका कलाकारहरूको जमघट रहेको फिल्म ‘लभ सर्कल’ टेलिभिजनमार्फत् सार्वजनिक गरिने भएको छ। उक्त फिल्म यही साउन २९ गते डिसहोमबाट सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ। कमेडी र सस्पेन्स थ्रिलर विधामा फिल्म तयार पारिएको छ। 

चपली हाइट-३ फिल्मका निर्माता अर्जुन रावल पनि हिसाब मिले टेलिभिजनबाटै भए पनि फिल्म सार्वजनिक गर्ने मुडमा छन्। तर, उनको फिल्म लभ सर्कलजस्तो थोरै बजेटमा बनेको फिल्म हैन। लागेको लगानीसमेत उठाउन नसकिने गरेर रिभिन्यु बेसमा उनी फिल्म दिन चाहँदैनन्। त्यसैले उनको फिल्म थन्किएर बसेको छ।

पहिलो लकडाउनताका रेखा थापा र सविन श्रेष्ठ अभिनित फिल्म ‘हिरो रिटर्नस्’ पनि टेलिभिजनबाट सार्वजनिक भयो। केही समय डिसहोमबाट प्रदर्शन गरेपछि अहिले भने फिल्म थन्किएको छ। उनीहरूले केही समयका लागिमात्रै पैसा तिरेर हेर्न मिल्नेगरी फिल्म प्रदर्शन गरेका थिए।

माथि उल्लिखितबाहेक अन्य केही फिल्म पनि नेटटीभी या डिसहोम जस्ता टेलिभिजन च्यानलबाट सार्वजनिक भएका छन्। यो गुणात्मक हिसाबमा भने छिमेकी देश भारतभन्दा निकै कम हो।

ठूलो पर्दाका लागि बनाइएका यी फिल्मका लागि सानो पर्दा विकल्प बनेको थियो। तर, यसले विभिन्न समस्या निम्त्यायो।

यतिबेला बलिउड पूर्णरूपमा ओटीटीमा निर्भर बनेको छ। फिल्म निर्माताहरू सानो पर्दाको सहारा लिन बाध्य छन्।

भारतमा जुन महिनामा ‘गुलाबो सितावो’ नामको फिल्म पहिलोपटक अनलाइनमा सार्वजनिक भयो। बलिउडका चर्चित कलाकार अमिताभ बच्चनको अभिनय रहेको उक्त फिल्मपछि शकुन्तला देवी, गुञ्जन सक्सेना, सडक-२ लगायतका फिल्म सानो पर्दामा प्रदर्शनमा आए।

ठूलो पर्दाका लागि बनाइएका यी फिल्मका लागि सानो पर्दा विकल्प बनेको थियो। तर, यसले विभिन्न समस्या निम्त्यायो।

Ncell 2
Ncell 2

भारतको एक टेलिभिजनलाई नेटफ्लिक्स इन्डियाकी कन्टेन्ट उपाध्यक्ष मोनिका शेर्गिलले दिएको अन्तर्वार्तामा सानो पर्दामा सेन्सर बोर्डका कारण समस्या झेल्नुपरेको बताएकी थिइन्। भारतमा सानो पर्दामा प्रदर्शन भएको फिल्म ‘राधे’ नेपालमा पनि सेन्सरबिना नै प्रदर्शनमा आएको थियो। सानो पर्दाका कारण हरेक देशले सेन्सरको झमेला बेहोरिरहेको शेर्गिलले बताएकी थिइन्।

त्यसो त कोभिडकै कारण धेरै मानिसले सानो पर्दा र स्ट्रिमिङ भनेको भविष्य हैन, वर्तमान हो भन्ने थाहा पाए। नेटफ्लिक्स र अमेजनको प्राइम भिडियोसँग भारतमा सबभन्दा ठूलो बजार हिस्सा रहेको छ। नेटफ्लिक्सले यो वर्ष अहिलेसम्म भारतमा १८ वटा मौलिक प्रस्तुति पस्किसकेको छ भने प्राइमले सन् २०२० भरिमा १४ वटा मौलिक प्रस्तुति पस्किने बताएको छ। डिज्ने+हटस्टारले जुलाई २४ यता हलमा रिलिज गर्न बनाइएका सातवटा चलचित्र आफ्नो सेवामार्फत् सार्वजनिक गरिने जनाएको छ।

च्याउसरी उम्रिएका ओटीटीकै कारण कन्टेन्टको अभाव हुनु स्वाभाविक हो। त्यसैले नेटफ्लिक्स, अमेजन जस्ता स्ट्रिमिङ कम्पनीहरूले आफैं फिल्म तथा सिरिज बनाउन थालेका छन्। एक सर्भेले कोभिडयताको एक वर्षमा डिज्नेले एक वर्षमा बनाउने फिल्मभन्दा २० गुणा बढी फिल्म तथा सिरिज बनेको देखाएको छ। 

फिल्म धेरै बन्नु समस्या हैन, तर पहिले हलमा लाग्दा जुन गुणस्तरको बन्थ्यो त्यो गुणस्तरको फिल्म नबन्नु समस्या हो। सुपर हिरोको कथालाई निकै रोचक ढंगले फिल्म बनाउने डिज्नेले वर्षमा १० देखि १२ फिल्म बनाउँथ्यो। अहिले नेटफ्लिक्सले मात्रै वर्षमा २५ देखि ३० वटा फिल्म आफैं बनाउँछ। साथमा अरूले बनाएका राम्रा फिल्म पनि सार्वजनिक गर्छ।

नेटफ्लिक्सको तुलनामा केही कम अमेजन, बुट लगायतका स्ट्रिमिङ कम्पनीले आफैं फिल्म र सिरिज बनाउँछ। यसरी बाढीसरह आएको फिल्म तथा सिरिजले गुणस्तरमा समस्या पार्ने नेटफ्ल्क्सि इन्डियाकी कन्टेन्ट उपाध्यक्ष शेर्गिलको भनाइ छ।

थोरै लगानीमा बनेका फिल्म र सिरिजका लागि सानो पर्दा फलदायी बने पनि फिल्मलाई उद्योगको रूपमा विस्तार गर्न यो गतिलो माध्यम नभएको छलफल क्लब हाउसलगायत अन्य सोसल मिडियामा चलिरहेका छन्।

उनका अनुसार, कन्टेन्ट धेरै त छ नै, साथै सानो पर्दाले फिल्मको गुणस्तरमा पनि प्रभाव पार्छ। ‘डिजिटल युगमा आएसँगै हामीले खिच्ने फिल्मको गुणस्तर खस्किरहेको थियो, अहिले सानो पर्दाका कारण काम चलाउन एचडी क्वालिटीमासमेत फिल्म खिच्छन्। यस्ता फिल्महरू हलमा देखाउन लायकका हुँदैनन्,’ उनको तर्क छ।

हालै अन्तर्राष्ट्रिय जगतमा यही कुरालाई इंगित गर्ने घटना घटेको छ। मार्वल इन्टरटेनमेन्ट जुन डिज्नेको एउटा अंग हो, यसले विवाद निम्त्याएको छ।  ‘ब्ल्याक विडो’ नामको फिल्मकी मुख्य अभिनेत्री स्कारलेट जोन्सनले वितरक कम्पनी डिज्नेमाथि मुद्दा हालेकी छन्। मुद्दाका कारण सानो पर्दामा आएर रोकिएको छ।

उनले मार्वल इन्टरटेनमेन्टसँगको सम्झौतामा हलमा प्रदर्शनपछि आएको हिस्सा अनुसार तलब मागेकी रहिछन्। कम्पनीले त्यो समयमा उनको सर्त माने पनि पछि सम्झौतामा नभएको सानो पर्दाको स्ट्रिमिङ पनि राखेछ। सम्झौता अनुसार विश्वभर धेरैभन्दा धेरै स्क्रिनमा प्रदर्शन गर्ने भनिए पनि फिल्म प्रदर्शन भएको दिन नै ओटीटीमा राखेछ। डिज्नेको अहिलेसम्म धेरै कमाइ गर्ने स्ट्रिमिङ फिल्म ब्ल्याक विडो नै भए पनि कूल कमाइको तुलनामा यो निकै कम रकम हो। यही कारण उनी मुद्दा हाल्न बाध्य भइन्।

महामारीपछि फर्कने ठाउँ फिल्म हल नै हो। नायिका रेखा थापा फिल्मका लागि हलको विकल्प नरहेको बताउँछिन्। उनका अनुसार जबसम्म हल चल्दैन, फिल्म क्षेत्र चलायमान बन्नै सक्दैन। सानो पर्दामा देखाइएको फिल्मले केही समय राहत देला तर फिल्मलाई उद्योगको रूपमा विस्तार गर्न भने नदिने उनको बुझाइ छ।

त्यसैले थोरै लगानीमा बनेका फिल्म र सिरिजका लागि सानो पर्दा फलदायी बने पनि फिल्मलाई उद्योगको रूपमा विस्तार गर्न यो गतिलो माध्यम नभएको छलफल क्लब हाउसलगायत अन्य सोसल मिडियामा चलिरहेका छन्।

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्