काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रम राष्ट्रिय सभागृहमा सुरु भएको छ। काठमाडौं महानगरपालिकाको आयोजनामा मोदीको अभिनन्दन हुन लागेको हो।
हिजो जनकपुरबाट नेपाल भ्रमण सुरु गरेका मोदी मुक्तिनाथसम्म पुगेर फर्किएका छन्। उनले यसअघि विभिन्न दलका नेताहरुसँग भेट गरे। नागरिक अभिनन्दनपछि उनी आजै स्वदेश फर्किंदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।