काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। शीतलनिवासमा पुगेर मोदीले भण्डारीलाई भेटेका हुन्।
त्यसअघि उनले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेका थिए। टुँडिखेलमा ‘गार्ड अफ अनर’को सम्मान ग्रहणपछि उनले राष्ट्रपति र उपराष्ट्रपतिलाई भेटेका हुन्। भेटपछि मोदी द्वारिका होटल पुगेका छन्। जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको औपचारिक भेटवार्ता हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।