काठमाडौं– दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई 'गार्ड अफ अनर' प्रदान गरिएको छ।
शुक्रबार नेपाल भ्रमणमा आएका मोदीलाई सैनिक मञ्च टुँडिखेलमा १९ तोपको सलामीबाट सम्मान गरिएको हो।
पञ्चायतकालपछि टुँडीखेलमा गार्ड अफ अनर प्रदान गरिएको यो दोस्रो अवसर हो। यसअघि पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीलाई टुँडिखेलमै यो सम्मान प्रदान गरिएको थियो। त्यसभन्दा अघि त्रिभुवन विमानस्थलमै गार्ड अफ अनर प्रदान गरिन्थ्यो।
आजै जनकपुरमा मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो। मोदी शनिबार ४ बजे स्वदेश फर्किनेछन्।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।