काठमाडौं– नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा आफ्नो पहिलो कुटनीतिक भेटघाट अन्र्तगत परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग भेट गरेका छन्। होटल हायातमा मोदी र ज्ञवालीबीच भेटवार्ता भएको हो।
जनकपुरको कार्यक्रमपछि मोदी दिउँसो साढे २ बजे काठमाडौं आएका हुन्। काठमाडौंमा परराष्ट्रमन्त्री ज्ञवालीसँग उनले भेटघाट गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
मोदीलाई शुक्रबार नै सरकारले गार्ड अफ अनर दिदै छ। त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुन तथा राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटघाटको कार्यक्रम छ।
राष्ट्रपतिसँगको भेटघाटपनि उनी द्वारिका होटलमा जाने छन्। जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। आजै साँझ होटल द्वारिकामै अरुण तेस्रोको स्वीच थिचेर शिलान्यासको कार्यक्रम राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।