काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यंग्यात्मक शैलीमा लेखिएको स्वागत ब्यानर विवेकशील साझा पार्टीको कार्यालयबाट हटाइएको छ। ललितपुरस्थित पार्टी कार्यालयमा टाँगिएको ‘मोदीजी स्वागत छ। तर नाकाबन्दी बिर्सेका छैनौं’ उल्लेख गर्दै पार्टीले राखेको ब्यानर प्रहरीले हटाएको हो।
‘यस्तो तुल राख्न पाउने हाम्रो राजीतिक र कानुनी अधिकार हो, प्रहरीको कदमको हामी विरोध गर्छौं,’ विवेकशील साझाका केन्द्रीय सदस्य मिलन पाण्डेले भने।
प्रहरीले लगेको तुल फिर्ता ल्याउन आफूहरू जिल्ला प्रशासन कार्यालय जान लागेको र तुल फिर्ता नदिए अर्को बनाएर राख्ने बताए। यस्तो कार्य ओली सरकारको अत्यन्तै अलोकतान्त्रातिक कदम भएको उनले टिप्पणी गरे। 'शान्तिपूर्ण विरोधमाथि प्रहरीको यो ठाडो हस्तक्षेप हो,' उनले भने।
केन्द्रीय कमिटी बैठक हुँदै गरेको बेला यस्तो घटना भएपछि बैठक स्थगित गरेर जिल्ला प्रशासन जान लागेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।