काठमाडौं- सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशिलताको अवस्थाको विषयमा केन्द्रीत पिबिएस आइटी करियर कनक्लेभ काठमाडौंमा आयोजना हुने भएको छ।
लिभिङ विथ आइसिटी र प्रेसिडेन्सियल बिजनेस स्कुलको संयुक्त आयोजनामा आगामी शनिबार र आइतबार पिबिएस आइटी करियर कनक्लेभ हुने भएको हो।
कनक्लेभका कार्यक्रम संयोजक पारस डोटेलले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी आइटी क्षेत्रको विकास र प्रवर्द्धनका लागि कनक्लेभ आयोजना गरिएको बताए।
दुई दिनसम्म सञ्चालन हुने कनक्लेभमा आइटी क्षेत्रका २० भन्दा बढी विज्ञहरुले धारणा प्रस्तुत गर्ने कार्यक्रम छ। कार्यक्रममा विभिन्न ५ विषयका सेसन सञ्चालन हुनेछन्।
प्रेसिडेन्सियल बिजनेस स्कुलमा आयोजना हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा करियर बनाउन खोजिरहेको विद्यार्थी तथा शिक्षकले सहभागिता जनाउन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।