जनकपुर– दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरधामको रंगभूमि स्थित बाह्र बिघामा नागरिक अभिनन्दन गरिएको छ। उनलाई जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले अभिनन्दन गरेका हुन्।
भारतीय प्रधानमन्त्री मोदीलाई उपमहानगरपालिको सांकेतिक साँचो समेत हस्तान्तरण गरिएको छ।
मोदीलाई १ सय २१ केजीको माला लगाइएको थियो।
४१ सदस्यीय टोलीको नेतृत्व गर्दै आज बिहान जनकपुर आइपुगेका मोदीले जानकी मन्दिरमा विशेष पूजा गरेका थिए।
जानकी मन्दिरमा मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन्। मोदीलाई स्वागत गर्न आज बिहानै जनकपुर पुगेका थिए।
जनकपुरमा मोदीलाई नेपालका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए।
मोदी आजै काठमाडौं प्रस्थान गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।