जनकपुर– रामायणका सर्किट अन्तर्गत जनकपुर-अयोध्या बस सेवाको शुभारम्भ गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अवसरमा प्रधानमन्त्री केपी ओलीसमेत सहभागी भई संयुक्त रुपमा शुक्रबार बस सेवाको उद्घाटन गरिएको हो। दुवै प्रधानमन्त्रीले हरियो झन्डा हल्लाएर जनकपुर मन्दिर परिसरमा बस सेवाको उद्घाटन गरे। सो बस अयोध्या पुग्नेछ।
सन् २०१४ मा मोदीको नेपाल भ्रमणका क्रममा अयोध्या र जनकपुरबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रवर्द्धन र विकासका लागि नेपाल सरकारसँग रामायण सर्किट परियोजनाको सम्झौता भएको थियो।
समृद्ध सांस्कृतिक विविधताको संरक्षण गर्ने अभियानअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार एवं तीर्थाटनको प्रवर्द्धन परियोजनाको उद्देश्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।