जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताले आफूलाई गरेको सम्मानमा खुसी व्यक्त गरेका छन्।
उनले आफूलाई गरिएको यो सम्मान सवा सय हिन्दुस्तानीको सम्मान भएको बताए।
जनकपुरको जानकी मन्दिरमा पूजा अर्चनापछि बोल्दै प्रधानमन्त्री मोदीले नेपाल, प्रदेश सरकार, मन्दिर व्यवस्थापन समिति तथा आफ्ना समकक्षी केपी ओलीलाई धन्यवाद ज्ञापन गरे। सम्बोधनका क्रममा मोदीले अयोध्या र जनकपुरको परापूर्वकालदेखि नै सम्बन्ध रहिआएको स्मरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।