काठमाडौं–ओप्पोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्माणका लागि आफ्नो हैदरावाद आरएण्डडी सेन्टरमा फाइभजी ईन्नोभेशन ल्याब स्थापना गरेको छ। फाइभजीको व्यवसायीकरण तथा तीव्र गतिमा विकासोन्मुख क्षेत्रमा भारतको सटिक प्राविधिक उपस्थिति दर्शाउन यो पहल गरिएको कम्पनीले जनाएको छ।
‘ओप्पोको प्राविधिक विकासका लागि फाइभजी एक अपरिहार्य दिशाका रुपमा रहँदै आएको छ। भारतमा फाइभजी ल्याबको स्थापनासँगै फाइभजी ईकोसिस्टमका लागि अत्यावश्यक मुलभूत प्रविधिहरुको निर्माण हाम्रो प्रमुख उद्देश्य हो’, ओपो रिसर्च इन्सिच्युटका प्रमुख लेभिन ल्यूले भने, ‘साथै हाम्रा साझेदारका साथमा औद्योगिक रुपान्तरणलाई थप अगाडि बढाउन यसले उल्लेख्य टेवा पुर्याउने हाम्रो विश्वास छ।’ ओप्पोको यो कदमले ब्राण्डद्वारा भरखरै घोषित थ्रींएनंएक्स रणनीतिको सटिक प्रतिनिधित्व पनि गरेको जनाइएको छ।
फाइभजी क्षेत्रकै एक सक्रिय कम्पनीका रुपमा ओप्पोले फाइभजी मानक, उत्पादन विकास, एप्लिकेशन विकास तथा नवप्रवर्तनका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।
वैश्विक बजारमा फाइभजीको व्यावसायिकरणलाई तिब्रता दिन ओप्पोले एरिक्शन र क्वालकमजस्ता औद्योगिक क्षेत्रमै अग्रणी पार्टनर्ससँग नजिक रही सहकार्य अघि बढाइरहेको जनाएको छ । यस वर्ष कम्पनीले स्वीट्जरल्याण्डमा कमर्सियल स्ट्यान्डअलोन फाइभजी नेटवर्कमार्फत् भ्वाइस तथा डाटा कल्स गर्ने कार्यमा सफलता पनि हात पारिसकेको छ । यसका साथै, ओप्पोले भारतबाट पहिलो फाइभजी ह्वाट्सएप कलमा पनि सफलता हात पारिसकेको छ। हालसम्म ओप्पोले विश्वभरका ५० भन्दा बढी संस्थासँग फाइभजी सेवा उपलब्ध गराउनका लागि सहकार्य गरिरहेको छ। ओप्पोले विशेषतः क्यामेरा, ऊर्जा तथा ब्याट्री र पर्फरमेन्स समर्पित थप तीन फङसनल ल्याब भारतमा सञ्चालनमा ल्याउने तयारी पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।