काठमाडौं– शुक्रबार लाइभ ह्याकिङ अर्थात् (लाइभ ह्याकाथन) हुने भएको छ। साइबर सेक्युरिटी कम्पनी सिनिकल टेक्नोलोजीको लाइभ ह्याकिङसँगै ‘बगभी’ पनि सार्वजनिक गर्ने भएको छ।
काठमाडौंको एक होटलमा हुने आयोजनामा आयोजनामा हुने सो लाइभ ह्याकाथनमा दुई दर्जनभन्दा बढी टप र्यापिङ्क ह्याकरहरु सहभागी हुनेछन्। २४ घण्टाभन्दा लामो समयसम्म चल्ने सो ह्याकाथनमार्फत् बगभीमा सुरक्षा लुपहोल पत्ता लगाउन ह्याकरले लाइभ पेनिट्रेसन टेस्टसमेत गर्ने भएको छ।
लाइभ ह्याकाथनसँगै साइबर सेक्युरिटी कम्पनी सिनिकल टेक्नोलोजीले नेपालकै पहिलो बग हन्ट क्राउड सोर्स प्लेटफर्म ‘बगभी’ समेत सार्वजनिक गर्ने बताएको छ।
नेपालसहित दक्षिण एशियाली क्षेत्रमा साइबर सुरक्षालाई सस्तो र सहज बनाउन उद्देश्यका साथ बगभी प्लेटफर्म सार्वजनिक गर्न लागिएको कम्पनीका संस्थापक नरेश लाम्गादेले बताए। दक्षिण एशियाका जुनसुकै कम्पनीले साइबर सुरक्षाका लागि आफ्नो साइट बगभीमा राख्न सक्ने उनको भनाइ छ।
उक्त प्लेटफर्ममा नेपाललगायत विश्वका जुनसुकै ह्याकरले पेनटेस्ट गरेर बग पत्ता लगाई साइट सुरक्षा प्रदान गर्नेछ। उक्त प्लेटफर्मको प्रयोग गरी कम्पनीहरुको साइटमा बग पत्ता नलागेको खण्डमा कम्पनीले शुल्कसमेत तिर्नु नपर्ने उल्लेख गरिएको छ। तर बगभीमा सूचिकृत कुनै पनि कम्पनीको साइटमा भ्यालिडेट बग फेला परेको अवस्थामा उसले इथिकल ह्याकरलाई न्युनतम २५ डलरको रिवार्ड प्रदान गर्नु पर्ने उल्लेख गरिएको छ। कुनै पनि कम्पनीले आफ्नो प्रोडक्ट तत्काल सार्वजनिक गर्नुपर्ने अवस्था आएमा कम्पनीले लाइभ ह्याकिङको सुविधासमेत प्रदान गर्ने लाम्गादेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।