काठमाडौं–नेपाल टेकिलमको पोस्टपेड मोबाइल सेवाको बिलिङ प्रणालीमा समस्या आएको छ।
मंगलबार रातिदेखि पोस्डपेडको बिलिङ प्रणालीमा समस्या आएको टेलिकमले जनाएको छ। टेलिकममा अनुसार अहिले समस्या पत्ता लगाउने काम तीव्र गतिमा भइरहेको छ। तर, समस्या अहिलेसम्म पत्ता लागिनसकेको टेलिकमको भनाइ छ।
टेलिकमले हरेक अंग्रेजी महिनाको १५ गते पोस्टपेडको बिलिङ गर्ने गरेको छ। सोही क्रममा समस्या आएका कारण रकम भएका ग्राहकको पनि फोन सेवामा समस्या आएको छ। अहिले समस्या समाधनका लागि काम भइरहेका टेलिकमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।