काठमाडौं–केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले फाइभ गिगाहर्ज डुअल ब्याण्ड राउटरसहितको इन्टरनेट सेवा सुरु गरेको छ।
यसअघि २.४ गिगाहर्ज सेवा दिँदै आएको कम्पनीले ग्राहकको इन्टरनेट अनुभवलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यका साथ फाइभजी सेवा सुरु गरेको हो। इन्टरनेटको बदलिँदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्न कम्पनीले फाइभ गिगाहर्ज डुअल ब्याण्ड राउटरसहितको सेवा सञ्चालनमा ल्याइएको जनाएको छ।
कम्पनीका अनुसार फाइभ गिगाहर्ज ब्याण्डको राउटरले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाई कम गर्दै ग्राहकको इन्टरनेट अनुभवलाई अझ गुणस्तरीय बनाउने दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।