• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बंगलादेशसँग मल खरिदमा पूर्णविराम, मन्त्रिपरिषदले दियो प्रतिस्पर्धामार्फत् जाने विकल्प

64x64
हेमन्त जोशी बिहीबार, मंसिर ११, २०७७  १४:२८
1140x725

काठमाडौं-जिटुजी (सरकार–सरकार) प्रकृयामार्फत् बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्ने सरकारको तयारीमा पूर्णविराम लागेको छ।

मन्त्रिपरिषदले ‘टेण्डर प्रतिस्पर्धा’मार्फत् मल खरिद गर्नसक्ने विकल्प दिएपछि बंगलादेशसँग जिटुजी प्रकृयामा खरिद गर्ने विषय रोकिएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार मन्त्रालयले जिटुजी प्रकृयामा मल खरिद गर्न भन्दै लगेको प्रस्तावमा मन्त्रिपरिषदले ‘जिटुजी वा प्रतिस्पर्धामार्फत् खरिद गर्न’ भनेको हो।

‘मन्त्रिपरिषदले जिटुजीमा मात्रै खरिद गर्ने भनेर निर्णय गरेन। प्रतिस्पर्धाबाटसमेत मल ल्याउन सकिने विकल्प दिएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीेले भने, ‘जिटुजी प्रकृयामा पनि बंगलादेशसँग मात्रै मल किन्नुपर्ने बाटो मन्त्रिपरिषदको निर्णयबाट बन्द भयो। दुवै प्रकृयामा विकल्प देखिए। तर कुन विकल्प छान्ने तय हुन बाँकी छ।’

यता सरकारमातहतकै कम्पनी कृषि सामग्री कम्पनी लिमिटेडले भने बंगलादेशबाटै मल ढुवानी गर्नका लागि भन्दै संयुक्त अरब इमिरेट्स (युएई) को कम्पनी जेन्ट्रेड एफजेडएफसँग ठेक्का सम्झौता गरिसकेको छ। बंगलादेशसँग पैंचोमा मल ल्याउने भन्दै सरकारले गत भदौ १५ गते गरेको निर्णय अनुसार यो ढुवानी सम्झौता भएको थियो। तर अहिले बंगलादेशसँग पैंचोमा नभई खरिद गरेर ल्याउनसमेत कानुनी प्रश्न देखिने गरि मन्त्रिपरिषदले निर्णय गरिदिएको छ।

‘बंगलादेशबाटै मल ल्याउने भनेर ढुवानीका लागि सम्झौता भईसक्यो। तर २ महिना पनि अरु विकल्प पनि छन् भन्नुले मल खरिदमा सरकारबाटै चलखेल भयो भन्ने पुष्टि हुन्छ।’ मन्त्रालयका ती अधिकारी भन्छन्। 

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको जिटुजी प्रकृयामा जाने प्रस्ताव मन्त्रिपरिषदबाट सिधै स्वीकृत नहुनु र ढुवानी सम्झौता एकातिर गरेर ग्लोबल टेण्डरमा जाउ भन्नु मन्त्रिपरिषद तथा सरकारभित्रकै चलखेल रहेको पनि ती उच्च अधिकारी बताउँछन्। युएईको कम्पनी जेन्ट्रेडले प्रति मेट्रिक टन ८२ दशमलब २४ अमेरिकी डलरमा ढुवानी गर्ने गरी गत असोजमा ठेक्का पाईसकेको छ।

बंगलादेशसँग मल खरिद गर्ने विषयमा कसरी लाग्यो पूर्णविराम?  
जिटुजी प्रकृयामा खरिद गर्ने भन्दै कृषि मन्त्रालयले थालेको तयारी मन्त्रिपरिषदको निर्णयबाट रोकिएको छ भने ग्लोबल टेण्डरमार्फत् प्रतिस्पर्धा गर्न गत असोजमा भएको ढुवानी सम्झौताले रोकेको छ। मल खरिद प्रकृया टुंगिनु अगावै ढुवानीको ठेक्का सम्झौता हुनु र मन्त्रिपरिषदले गरेको निर्णयबाट विषय थप बल्झिनुले यो समग्र खरिद प्रकृयामाथि नै कानुनी वैधताको प्रश्न उठिसकेको छ।

कृषि तथा पशुपन्छी विकास मन्लालयका प्रवक्ता डा हरिबहादुर केसी ढुवानीका लागि जुनसुकै समयमा पनि बंगलादेशबाट मल ढुवानी गर्नेगरी जेन्ट्रेडसँग सम्झौता भएको बताउँछन्। ‘त्यो ठेक्का कायमै छ। तर खरिदको प्रकृया दोहोरो भयो। मन्त्रिपरिषदले पनि जिटुजी वा प्रतिस्पर्धामार्फत् नै जाने भनेर भन्यो। यो प्रकृयाको उल्झन टुंगिसकेको छैन।’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

मल आपूर्तिमा सरकार र निजी क्षेत्र दुवै असफल     
रासायनिक मलको आपूर्तिमा सरकार र निजी क्षेत्र दुवै असफल देखिएका छन्। राजनीतिक पहुँच र सरकारी कर्मचारीको मिलेमतोमा ठेक्का पाएका कम्पनीले मल ल्याउन सकेनन्। कोभिड–१९ को कारण देखाएर निजी क्षेत्रले किसानलाई धोका दिएको बुझेपछि कृषिमन्त्री भुसालले सरकार आफैले मल आपूर्ति गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लगे। मन्त्रिपरिषदबाट पारित भएको बंगलादेशसँग मल पैंचो माग्ने निर्णय बंगलादेशले ‘खरिद गरेर मात्र मल लैजान’ भनेपछि तुहियो। पैंचोको प्रकृया तुहिएपछि विषय बंगलादेशसँगै खरिद गर्नेतर्फ मोडिएको थियो। तर यसमा पनि मन्त्रिपरिषदको निर्णयले ब्रेक लागिसकेको छ। जिटुजी प्रकृयामा खरिद गर्ने वा प्रतिस्पर्धामार्फत् ठेक्का लगाएर खरिद गर्ने भन्ने विषय अझै टुंगिसकेको छैन।

बर्षेबालीका लागि ल्याउन लागिएको मल हिउँदेबाली लगाउने बेलासम्म पनि किसानले पाउन नसकेपछि कृषि मन्त्री भुसालको छविलाई पनि यो विषयसँग दाँजेर हेर्न थालिएको छ। दुई नेपाली कम्पनी शैलुङ इन्टरप्राईजेज र होनिको मल्टिपलले समयमा मल ल्याउन नसकेपछि कारबाही गरेका मन्त्री भुसालले जिटुजी प्रकृयाबाट आफै मल ल्याउन पनि असमर्थ भएका छन्। 

शैलुङ शैलीः मल नल्याउने, कारबाही गर्दा अदालत धाउने
युरिया मल आपूर्तिको जिम्मा पाएको ठेकेदार कम्पनी शैलुङ इन्टरप्राईजेज कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयविरुद्ध उच्च अदालत पाटन धाईरहेको छ। ५ हजार मेट्रिक टन युरिया मलको पहिलो ठेक्का अलपत्र पारेपछि गत भदौमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल आफैले शैलुङलाई कारबाहीको प्रकृया अगाडि बढाएका थिए।

कालोसूचीमा नराख्न र धरौटी जफत नगर्न मागसहित शैलुङले उच्च अदालत पाटनमा हालेको रिट निवेदनमाथि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। उक्त मुद्दामाथि अझै फैसला हुन बाँकी छ। त्यस्तै शैलुङले ३० हजार मेट्रिक टन बराबरको अर्को ठेक्का पनि अलपत्र पारेपछि कृषि सामग्री कम्पनीले दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय गरेकाे छ। उच्च अदालत पाटनले बुधबार दुवै पक्षलाई थप छलफलका लागि बोलाएको छ भने शैलुङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

Xtrem

Xtrem

सम्बन्धित समाचार

मलको दोस्रो ठेक्कामा पनि जमानत जफत भएपछि फेरि अदालत पुग्यो शैलुङ

शैलुङसँग रासायनिक मलको दोस्रो ठेक्का पनि रद्द, जमानत जफत

मल ठेक्का प्रकरणमा अदालतले भन्यो-महामारीको कारण देखाएर ठेकेदार कम्पनीले उन्मुक्ति पाउँदैनन्

रासायनिक मलमा सरकारले पनि झुक्यायो, बंगलादेशसँग पैचो मागिएको मलको अझै सम्झौता भएन

मलको ठेक्का अलपत्र पार्ने प्रचण्डका घरबेटीको कम्पनीलाई कालोसूचीमा राख्ने बाटो खुल्यो

सरकारका ‘आफ्ना मान्छे’ले सवा ४ अर्बको ठेक्का अलपत्र पारेपछि रासायनिक मलमा पैंचोको भर

नेपाललाई मल पैँचो दिन बंगलादेश तयार

५० हजार मेट्रिक टन मलका लागि किन बंगलादेश पुग्यो कृषि मन्त्रालय?

मलकाे ठेक्का ठेकेदारले अलपत्र पारेपछि बंगलादेशसँग पैंचो माग्ने सरकारको तयारी

प्रचण्डका घरबेटीलाई ८० हजार टन मल आयातको ठेक्का, अबका सबै टेन्डर दिन 'ग्रान्ड डिजाइन'

ठेकेदारको योग्यता नै नतोकी अर्बौंको मल खरिद

 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १४:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्