• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २, २०८२ Wed, Dec 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

रासायनिक मलमा सरकारले पनि झुक्यायो, बंगलादेशसँग पैचो मागिएको मलको अझै सम्झौता भएन

शैलुङले ल्याउने ३० हजार मेट्रिक टन मलको दोस्रो ठेक्का पनि अलपत्र
64x64
हेमन्त जोशी शुक्रबार, कात्तिक १४, २०७७  १६:००
1140x725

काठमाडौं- रासायनिक मल बिनै बर्षेबाली लगाएका किसानले हिउँदे बालीका लागि पनि मल नपाउने भएका छन्। ठेक्का सम्झौताअनुसार निजी क्षेत्रबाट समयमा मल आउन नसकेपछि आफैं मल ल्याउन लागिपरेको सरकारले पनि हिउँदेबालीका लागि मल ल्याउन नसक्ने देखिएको हो।

दुईवटा ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले युरिया मलका २ वटा ठेक्का अलपत्र पारेपछि किसानलाई हिउँदेबाली लगाउँदा जुनसुकै हालतमा मल उपलब्ध गराउन भन्दै सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल सापट माग्ने निर्णय गरेको थियो। गत भदौ १५ गते सरकारले बंगलादेशसँग सो परिमाणको मल सापट माग्ने निर्णय गरेको थियो। तर २ महिना बितिसक्दा पनि दुई देशबीच सम्झौता हुन सकेको छैन।

सापटमा मल ल्याउने भनेर कृषि सामग्री कम्पनी लिमिटेडमार्फत ढुवानीका लागि ठेक्कापट्टा भइसकेको छ। एलसीसमेत खोलिसकेको छ। तर दुई देशबीच मल सापट लिने–दिने सम्झौता भने हुन बाँकी देखिएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा हरि बहादुर केसीका अनुसार दुई देशबीच सम्झौता गर्ने काम अझै प्रक्रियामै रहेको छ। ‘बंगलादेश पक्षबाटै केही ढिलो हुन पुग्यो। सम्झौता हुन बाँकी छ, हामी प्रक्रियामै छौं’, प्रवक्ता केसीले भने, ‘एमओयुमा हस्ताक्षर गर्नका लागि बंगलादेशले एउटा मस्यौदा पठाएको थियो। हामीले त्यसमा केही संशोधन गरेर पठायौं। उनीहरुले फेरि त्यसमा केही संशोधन गरेर पठाएको छ। अब हामी अर्थ र कानुन मन्त्रालयको सहमति लिएर त्यसलाई पठाउने क्रममा छौं।’

बंगलादेशसँग एमओयु हुन बाँकी रहे पनि यता कृषि सामग्री कम्पनी लिमिटेडले भने ढुवानीका लागि ठेक्का पट्टा र एलसी लगायतका काम सकिसकेको छ। ‘जिटुजी हुनपर्ने सम्झौता लगायत केही काम बाँकी छ। मल लिने–दिने कुरामा बंगलादेश र नेपाल सरकारबीच सम्झौता हुन बाँकी छ। त्यो सम्झौता हुने बित्तिकै ढुवानीको जिम्मा पाएको कम्पनीले मल ल्याउन सुरु गर्छ’, कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले नेपाल लाइभसँग भने, ‘हामीले ठेक्कापट्टाको प्रक्रिया सुरु गरेर एलसी पनि खोल्यौं। सामान प्राप्त हुनासाथ हामी ल्याउनलाई तयारी अवस्थामा छौं।’

Ncell 2
Ncell 2

बंगलादेशसँग सापट मागेको ५० हजार मेट्रिक टन युरिया मल ढुवानीको जिम्मा संयुक्त अरब इमिरेट्स (युएई) को कम्पनी जेन्ट्रेड एफजेडएफले पाएको छ। मल ढुवानीका लागि कृषि सामग्री कम्पली लिमिटेडले गत असोज ३ गते ग्लोबल टेण्डर आह्वानको सूचना प्रकाशित गरेको थियो। ५ वटा कम्पनीको टेण्डर आवेदन परेकोमा जेन्ट्रेडले सबैभन्दा कम अर्थात् प्रति मेट्रिक टन ८२ दशमलव २४ अमेरिकी डलरमा ढुवानी गर्नेगरी प्रस्ताव हालेको थियो। 

बंगलादेशको चटगाउँ बन्दरगाहबाट मल नेपाल ल्याउनका लागि ब्यागिङ गर्ने, लोड-अनलोड गर्ने र ढुवानी गर्ने गरी उक्त कम्पनीले ठेक्का पाइसकेको छ। तर यता सरकारले भने मल पैचो माग्ने सम्झौताको प्रक्रिया नै टुंगो लगाउन सकेको छैन। कृषि सामग्री कम्पनी लिमिटेड र जेन्ट्रेडबीच भएको सम्झौताअनुसार टेण्डर प्रक्रिया सुरु भएको ६० दिनभित्र मल नेपाल आइसक्नुपर्ने छ। तर यो समयमा मल नेपाल आइपुग्नेमा भने शंका देखिएको छ।

त्यस्तै २५ हजार मेट्रिक टन युरिया मलको ठेक्का अलपत्र पारेर कारबाहीमा परेको ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेजले थप ५० हजार मेट्रिक टन मलको ठेक्का पनि पूरा नगर्ने देखिएको छ। कृषि सामग्री कम्पनीका प्रवक्ता पोखरेलका अनुसार शैलुङले गत असार १८ गते पाएको ३० हजार मेटिक टन मलको ठेक्काका लागि पाएको समयसीमा गुज्रन केही दिन मात्र बाँकी छ। तर यसपटक पनि शैलुङले मल ल्याउने छाँटकाँट नदेखिएको उनको भनाइ छ।

‘शैलुङले पाएको दोस्रो ठेक्काको म्याद सकिन अब हप्ता दस दिन बाँकी छ। तर उसले यसपटक पनि मल ल्याउने पर्याप्त आधार हामीले देखेका छैनौं’, पोखरेलले भने।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष पक्राउ, बबरमहल विस्फोटको घटनामा बसिसकेका थिए जेल मंगलबार, पुस १, २०८२
सिरियल नम्बर नभएका ४ लाख फारम रद्द गर्ने कांग्रेसको निर्णय मंगलबार, पुस १, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति रोक्न आदेश मंगलबार, पुस १, २०८२
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, पुस १, २०८२
ओलीको समूहमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्