• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

रासायनिक मलमा सरकारले पनि झुक्यायो, बंगलादेशसँग पैचो मागिएको मलको अझै सम्झौता भएन

शैलुङले ल्याउने ३० हजार मेट्रिक टन मलको दोस्रो ठेक्का पनि अलपत्र
64x64
हेमन्त जोशी शुक्रबार, कात्तिक १४, २०७७  १६:००
1140x725

काठमाडौं- रासायनिक मल बिनै बर्षेबाली लगाएका किसानले हिउँदे बालीका लागि पनि मल नपाउने भएका छन्। ठेक्का सम्झौताअनुसार निजी क्षेत्रबाट समयमा मल आउन नसकेपछि आफैं मल ल्याउन लागिपरेको सरकारले पनि हिउँदेबालीका लागि मल ल्याउन नसक्ने देखिएको हो।

दुईवटा ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले युरिया मलका २ वटा ठेक्का अलपत्र पारेपछि किसानलाई हिउँदेबाली लगाउँदा जुनसुकै हालतमा मल उपलब्ध गराउन भन्दै सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल सापट माग्ने निर्णय गरेको थियो। गत भदौ १५ गते सरकारले बंगलादेशसँग सो परिमाणको मल सापट माग्ने निर्णय गरेको थियो। तर २ महिना बितिसक्दा पनि दुई देशबीच सम्झौता हुन सकेको छैन।

सापटमा मल ल्याउने भनेर कृषि सामग्री कम्पनी लिमिटेडमार्फत ढुवानीका लागि ठेक्कापट्टा भइसकेको छ। एलसीसमेत खोलिसकेको छ। तर दुई देशबीच मल सापट लिने–दिने सम्झौता भने हुन बाँकी देखिएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा हरि बहादुर केसीका अनुसार दुई देशबीच सम्झौता गर्ने काम अझै प्रक्रियामै रहेको छ। ‘बंगलादेश पक्षबाटै केही ढिलो हुन पुग्यो। सम्झौता हुन बाँकी छ, हामी प्रक्रियामै छौं’, प्रवक्ता केसीले भने, ‘एमओयुमा हस्ताक्षर गर्नका लागि बंगलादेशले एउटा मस्यौदा पठाएको थियो। हामीले त्यसमा केही संशोधन गरेर पठायौं। उनीहरुले फेरि त्यसमा केही संशोधन गरेर पठाएको छ। अब हामी अर्थ र कानुन मन्त्रालयको सहमति लिएर त्यसलाई पठाउने क्रममा छौं।’

बंगलादेशसँग एमओयु हुन बाँकी रहे पनि यता कृषि सामग्री कम्पनी लिमिटेडले भने ढुवानीका लागि ठेक्का पट्टा र एलसी लगायतका काम सकिसकेको छ। ‘जिटुजी हुनपर्ने सम्झौता लगायत केही काम बाँकी छ। मल लिने–दिने कुरामा बंगलादेश र नेपाल सरकारबीच सम्झौता हुन बाँकी छ। त्यो सम्झौता हुने बित्तिकै ढुवानीको जिम्मा पाएको कम्पनीले मल ल्याउन सुरु गर्छ’, कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले नेपाल लाइभसँग भने, ‘हामीले ठेक्कापट्टाको प्रक्रिया सुरु गरेर एलसी पनि खोल्यौं। सामान प्राप्त हुनासाथ हामी ल्याउनलाई तयारी अवस्थामा छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

बंगलादेशसँग सापट मागेको ५० हजार मेट्रिक टन युरिया मल ढुवानीको जिम्मा संयुक्त अरब इमिरेट्स (युएई) को कम्पनी जेन्ट्रेड एफजेडएफले पाएको छ। मल ढुवानीका लागि कृषि सामग्री कम्पली लिमिटेडले गत असोज ३ गते ग्लोबल टेण्डर आह्वानको सूचना प्रकाशित गरेको थियो। ५ वटा कम्पनीको टेण्डर आवेदन परेकोमा जेन्ट्रेडले सबैभन्दा कम अर्थात् प्रति मेट्रिक टन ८२ दशमलव २४ अमेरिकी डलरमा ढुवानी गर्नेगरी प्रस्ताव हालेको थियो। 

बंगलादेशको चटगाउँ बन्दरगाहबाट मल नेपाल ल्याउनका लागि ब्यागिङ गर्ने, लोड-अनलोड गर्ने र ढुवानी गर्ने गरी उक्त कम्पनीले ठेक्का पाइसकेको छ। तर यता सरकारले भने मल पैचो माग्ने सम्झौताको प्रक्रिया नै टुंगो लगाउन सकेको छैन। कृषि सामग्री कम्पनी लिमिटेड र जेन्ट्रेडबीच भएको सम्झौताअनुसार टेण्डर प्रक्रिया सुरु भएको ६० दिनभित्र मल नेपाल आइसक्नुपर्ने छ। तर यो समयमा मल नेपाल आइपुग्नेमा भने शंका देखिएको छ।

त्यस्तै २५ हजार मेट्रिक टन युरिया मलको ठेक्का अलपत्र पारेर कारबाहीमा परेको ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेजले थप ५० हजार मेट्रिक टन मलको ठेक्का पनि पूरा नगर्ने देखिएको छ। कृषि सामग्री कम्पनीका प्रवक्ता पोखरेलका अनुसार शैलुङले गत असार १८ गते पाएको ३० हजार मेटिक टन मलको ठेक्काका लागि पाएको समयसीमा गुज्रन केही दिन मात्र बाँकी छ। तर यसपटक पनि शैलुङले मल ल्याउने छाँटकाँट नदेखिएको उनको भनाइ छ।

Xtrem
Xtrem

‘शैलुङले पाएको दोस्रो ठेक्काको म्याद सकिन अब हप्ता दस दिन बाँकी छ। तर उसले यसपटक पनि मल ल्याउने पर्याप्त आधार हामीले देखेका छैनौं’, पोखरेलले भने।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्