• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार भएपछि नेकपामा फेरि चर्कियाे विवाद

64x64
नेपाल लाइभ शनिबार, मंसिर ६, २०७७  २३:०६
1140x725

काठमाडौं- स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको विषयले नेकपामा फेरि एकपटक विवाद चर्किएको छ। नेकपाभित्र यसअघि भएका कर्णाली विद्रोह, मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियूक्ति र पर्साका मुकेश चौरसिया हत्यालगायतका घटनापछि पाण्डेमाथि भएको दुर्व्यवहारको घटना थपिएको हो। 

पार्टीमा यसअघि भएका विवाद यथावतै छन्। विवाद सल्टिन नसक्दा पार्टी बैठक समेत सहज रुपमा बस्न सकेको छैन। अब बस्ने सचिवालय बैठकमा यसअघिका विवादसँगै पाण्डेमाथि भएको दुर्व्यवहारको घटना पनि थपिने भएको छ। पार्टी विवाद सल्टनेभन्दा एकपछि अर्को विवाद थपिँदै गएपछि पार्टीमा जटिलता थपिएको हो। यसै विषयलाई लिएर अब बस्ने बैठकमा नेताहरुबीच पक्ष विपक्षमा भाँडिएर विवाद चर्किने देखिएको छ।

पाण्डेमाथि भएको  दुर्व्यवहारको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’‚ वरिष्ठ नेता माधवकुमार नेपाल‚ झलनाथ खनाल‚ नारायणकाजी श्रेष्ठ र वामदेव गौतम दुर्व्यवहारको विपक्षमा उभिएका छन् भने अर्कातिर अर्का अध्यक्ष केपीशर्मा ओली‚ ईश्वर पोखरेल‚ रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल भएकाले विवाद झनै बल्झने देखिएको छ। 

ओली पक्षका नेताहरुले प्रचण्ड-नेपाल पक्षका नेताहरुलाई कार्यक्रममा अवरोध गर्नुका साथै जनताको बहुदलीय जनवाद (जबज) कार्यक्रम विभिन्न क्षेत्रमा गर्दै आएका छन्। यसअघि प्रदेश १ का नेतासँग अध्यक्ष ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेलले ‘जबज’को बहस वडा कमिटीसम्म लैजान जुममार्फत् भर्चुअल बैठक गरेका थिए।

लगत्तै पोखरेलले काठमाडौं जिल्लाका ओली निकट नेताहरुको भेलालाई सम्बोधन गरेका थिए। शनिबार मदन भण्डारी स्पोर्ट्स एकेडेमी नामको ब्यानरमा जबजको बहस कार्यक्रम कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गरिएको थियो। यसैगरी शनिबार नै चितवनको राप्ती नगरपालिकाको नगर कमिटी बैठकमा पूर्वअर्थमन्त्री एवम् पार्टी स्थायी कमिटी सदस्य समेत रहेका पाण्डेलाई ओलीनिकट नेता कार्यकर्ताले दुर्व्यवहार गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालनिकट मानिने पाण्डेलाई उनीहरूलाई कार्यक्रममा बोल्दाबोल्दै नाराबाजी गरी दुर्व्यवहार गरेका थिए। आफूलाई ओलीनिकट नेता/कार्यकर्ताहरुले गैरराजनीतिक चरित्र देखाएको भन्दै पाण्डेले आक्रोश पोखेका छन्। राजनीतिसँग कुनै स्वार्थ नभएका व्यक्तिहरूले कार्यक्रममा मदन भण्डारी फाउण्डेसन जिन्दावाद, राजनेता केपीशर्मा ओली जिन्दावाद, पार्टी एकता जिन्दावादका नारा लगाउँदै कार्यक्रम अवरोध गरेको उनले ताएका छन्।

पार्टी नेता पाण्डेलाई बोल्दा बोल्दै सुनियोजित रुपमा अवरोध गरी अभद्र व्यवहार गरेको भन्दै छानबिन गरी कारबाही गर्न वरिष्ठ नेता नेपालले माग गरेका छन्। शनिबारै एक विज्ञप्ति जारी गर्दै नेपालले सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्न हिँडेको कम्युनिस्ट पार्टीमा यस्ता हर्कत नसुहाउने बताएका छन्।

यस्तै अर्का वरिष्ठ नेता झलनाथ खनालले पूर्वअर्थमन्त्री पाण्डेले कार्यक्रममा बोल्दाबोल्दै अनधिकृत रुपमा प्रवेश गरी केही अराजक व्यक्तिहरुले अभद्र व्यवहारप्रति निन्दा गरेका छन्। उनीमाथि भएको गैरजिम्मेवारपूर्ण घटनाको खनालले भर्त्सना गरेका छन्।

यस्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबारै सामाजिक सञ्जालमा लेख्दै पाण्डेमाथि सुनियोजित दुर्व्यवहारको भर्त्सना गरेका छन्। यस्तो खालको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनमात्रै नभई कसैको हित नहुने भन्दै श्रेष्ठले चेतावनी दिएका छन्।

तर, ओली निकट केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पाण्डेमाथि भएको दुर्व्यवहारलाई होहल्ला गरिरहनुको कुनै अर्थ नभएको बताएका छन्। गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुने भन्दै चितवन घटनाको बाँस्कोटाले बँचाउ गरेका छन्।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  २३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन यसका लागि गठित ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। महामन्त्री एव... आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने पार्टी सचिवालयको आइतबार बसेको बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्र... आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत सेप्टेम्बर २२ देखि २८ सम्म महासभाको सामान्य बहस हुनेछ। यस क्रममा विश्वक... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्