• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

तिहारमा घरमै बनाउनुस् यी ९ परिकार, के चाहिन्छ सामग्री, बनाउने कसरी?

आरबी बुढाथोकी शनिबार, कात्तिक २९, २०७७  १७:१३
1140x725

यस पटकको तिहार विगतभन्दा अलि फरक छ कोरोना कहरका कारण। दसैंजस्तै तिहार पनि केही खुम्चिएर सुरक्षित रुपमा सीमित घेराभित्र मनाउनुपर्ने बाध्यता छ।

कोरोका कारण समाजमा एक किसिमको त्रास हुँदा हर्षोल्लासका साथ तिहार मनाउने समय पनि छैन। बाहिर निस्केर मिठाइ किन्ने, मगाउनेभन्दा आफैंले सानो बजेटमा घरमै तयार गरेर सामान्य रुपमा तिहार मनाउँदा उत्तम हुन्छ।

तिहार, झिलिमिलीको चाड, मिठाइको चाड। तिहारमा खाइने परिकार हो, मिठाइ र त्यसमा पनि सेलरोटी। बजारमा किनेका मिठाइहरु ताजा र स्वस्थ्यकर नहुने हुँदा घरमा केही समय खर्चेर आफूलाई आवश्यक केही सामान्य र ताजा बनाउनु उत्तम मानिन्छ। यहाँ  सेल रोटी लगायत  तिहारमा प्रयोग हुने केही मिठाइका परिकारका विवरण र बनाउने तरिका छोटकारीमा पेस गरिएको छ।

सेलरोटी 
सामग्री : चामलको पिठो १ केजी, चिनी २५० ग्राम, सोडा अथवा बेकिङ पाउडर आधा चम्चा, काजु १५० ग्राम, दूध आवश्यकता अनुसार, केरा २ कोसा, घिउ ५०० ग्राम तेल आवश्यकता अनुसार। 

विधि : चामललाई घटिमा २ घण्टा पानीमा भिजाएर राख्नूस् र दूध हालेर ब्यालेन्डरमा केही खस्रो हुने गरी ब्ल्यान्ड गर्नूस्, चिनी, काजु, केरा र पगालेको २ चम्चा घिउ पनि हालेर एक छिन अरु ब्ल्याण्ड गर्नूस् र सोडा र मैदा हालेर एक रात छोड्दिनूस्। भोलिपल्ट तातेको तेलमा बाँकी घिउ हालेर सेल बनाउन थाल्नूस्। सकेसम्म नरम सेल राम्रो मानिन्छ। 

फिनी/पत्रे रोटी
सामग्री : १ केजी मैदा, ५० ग्राम घिउ, २ कप पानी, आधा कप चिनी पाउडर, एक र आधा लिटर तेल (तार्नको लागि) साठोको लागि २०० ग्राम बटर या घिउ,१ कप चामलको पिठो। 

विधि : मैदा घिउ हालेर विस्तारै विस्तारै मुछ्दै जाने र पानी पनि थप्दै जानुपर्छ र पिठो मुछिसकेपछि एक साइड लगाएर राख्ने। केही समयपछि पिठोको डल्लालाई ठिक्क ठिक्कको पेडा बनाएर मिलाउने र बटर या घिउलाई एउटा कचौरामा मुछेर चामलको पिठो मिसाउने जसलाई साठो भनिन्छ र यो रोटीलाई पत्रपत्र पार्न प्रयोग गरिन्छ। पेडालाई राम्ररी बेलनाले बेल्ने र साठो लगाएर रोल गर्ने अनि चक्कुले काटेर फेरि दोहोर्‍याएर बेल्ने र तातो तेलमा एक एक गरी तार्ने अनी चिनीको धुलो छरिदिने फिनी तयार हुन्छ र तातोतातो य धेरै दिन राखेर पनि खान सकिन्छ।

काजु बर्फी 
सामग्री : काजुको पेस्ट-४०० ग्राम, खुवा ४०० ग्राम, चिनी-१८० ग्राम, पानी आवश्यकता अनुसार, नेपाली घ्यु-२ चम्चा, गुलाब जल २ ड्रप। 

Ncell 2
Ncell 2
nimb
nimb

विधि : नन स्टिक प्यानमा घ्यु तताउनूस् र काजुको पेस्ट हालेर मज्जाले भुट्नूस्। केही समयपछि खुवा हालेर पज्जाले चलाउनूस्। अर्को प्यानमा चिनी र पानी मिसाएर बाक्लो खालको चास्नी तयार गर्नूस्। चास्नीलाई काजु र खुवा भुटेको भाडोमा मिसाउनूस् र अन्त्यमा जुलाब जल हालेर चलाउनूस्। एउटा सफा ट्रेमा मिक्चरलाई सम्याएर राख्नूस् र फ्रिजमा चिस्याउनूस्। भोलिपल्ट लाग्ने चक्कुले आफूले चाहेको साइज र सेभमा काट्न सक्नुहुन्छ र एक एक पिसमा आधाआधा रोस्ट गरेको काजुले गार्निस गरेर सर्भ गर्न सकिन्छ। काजुको बर्फी चिनी बिना सुगर फ्री पनि बनाउन सक्नुहुन्छ। 

बुन्दीको लड्डु 
सामग्री : डेढ कप बेसनको पिठो, आवश्यकता अनुसार पानी, २ पिन्च साफ्रन कलर, ६ पिस सुकमेल, एक कप चिनी, एक टेबल चम्चा मेलन सिड्स, डेढ कप शुद्ध घिउ।

विधि : बेसनमा पानी र सफरन कलर हलेर मजाले चलाउने र केही समय राख्ने त्यसपछि घिउ तताएर सानोसानो प्वाल भएको झाजरको सहायताले बेसनको लेदोलाई फ्राई गर्ने र एउटा प्लेटमा राख्दै जाने अर्को भाँडोमा पानी र चिनी हालेर चास्नी बनाउने र मज्जाले पाकेपछि सुकमेल, मेलन सिड र फ्राई गरेको बेसनको बुन्दीलाई हालेर चलाउने केही समयपछि आगोको रापबाट निकालेर चिसो हुन दिने र गोलो गोलो गरी लड्डु बनाउन थाल्ने एवं तरिकाले बुन्दीको लड्डु तयार गर्न सकिन्छ र यो लड्डु धेरै दिनसम्म चोसोमा राखेर पनि खान सकिन्छ।

गुलाब जामुन 
सामग्री : एक कप दूध पाउडर, १ कप मैदा, आधा कप खुवा, ५० ग्राम पनिर, २ चम्चा घिउ वा तेल, आधा कप दूध, २ चम्चा दही या कागतीको रस, आधा चम्चा सोडा, फ्राईका लागि तेल या घिउ आवश्यकता अनुसार, गार्निसका लागि चप पिस्ता २ चम्चा, सुगर सिरपका लागि एक कप चिनी, ३ कप पानी, आधा चम्चा सुक्मेलको धुलो, एक चम्चा गुलाब जल।  

Xtrem

Xtrem

विधि : माथिका सम्पूर्ण सामग्रीलाई एक साथ मिक्स गरेर डो बनाउनूस् र केही समय छाडिदिनूस्, केही समयपछि ठिक्क ठिक्कको गोलो बनाएर तेल या घिउमा सानो आँचमा खैरो हुने गरी फ्राई गर्नूस् र अर्को भाँडोमा सुगर र पानी हालेर सिरप पकाउनूस्, सुकमेलको धुलो र गुलब जल हालेर उमालेपछि फ्राई गरेका
डल्लालाई सिरममा केही बेर पकाउनूस् र पिस्ता गार्निस गरेर तातो तातो सर्व गर्नूस्। 

रसबरी
सामग्री  : ४ कप दूध, कागतीको रस या भिनेगर एक चम्चा, दुई कप चिनी, ७५० एम एल पानी, थोरै मैदा।

विधि : दूधलाई उमाल्नूस् र कागतीको रस हालेर फटाउनूस्, जाली या सफा कपडामा छान्नूस्। यसरी दूध फटाएर निस्केको छोक्रालाई छिना भनिन्छ। छिनामा मैदा हालेर १० मिनेट मज्जाले रगटेर मुछ्नूस् र गोलागोला गुच्चा बनाउनूस् र अर्को भाँडोमा चिनी हालेर तयार गरिएको सिरममा पकाउनूस्। केही बेर पकाएपछि रसगुल्ला तयार हुन्छ। अन्त्यमा जाफरन लिफ गार्निस गारेर सर्ब गर्न सकिन्छ।

जेरी 
सामग्री : ३ कप मैदा,२ कप दही, अधा कप घिउ, ३ कप चिनी, आधा चम्चा सुक्मेल, आधा कप कर्न फ्लोर, साफ्रन पाउडर पिन्च, थोरै बेकिङ पाउडर, २ कप फ्राई वयल, ४ ड्रप रोज एसेन्स, पिन्च फुड कलर अरेन्ज, पानी आवश्यकता अनुसार। 

विधि : माथि उल्लेखित सम्पूर्ण सामग्री मिक्स गरेर ८ देखि १० घण्टा या एक रात रुम टेम्पेचरमा छाडिदिनूस् र भोलिपल्ट तेलमा जेरी फ्राई गर्नुस् र पाकेको चास्नीमा डुबाएर तातोतातो खुवाउनूस्।  

गाजरको हलुवा
सामग्री : गाजर १० पिस, २ कप दूध, ४ टेबल चम्चा घिउ, ३ टेबल चम्चा चिनी, ३० ग्राम काजु, ५  वटा इलाइची, ५० ग्राम किसमिस। 

विधि :  गाजरलाई राम्ररी सफा गरेर, ग्रेटरले ग्रेट गर्नूस् र दूधमा मज्जाले पकाउनूस्। ७५ प्रतिशत दूध घटेपछि घिउ, चिनी र अन्य सामग्री हालेर चलाउनूस्। राम्ररी गाजर बानिदै गएपछि तातोको रापबाट हटाउनूस् र तातोतातो खुवाउनूस्। गाजरको हलुवा जस्तै चुकन्दर, सुजी, दाल, पालक, भेडे खुर्सानीको पनि हलुवा बनाउन सकिन्छ। 

थेकुआ 
सामग्री : एक कप (२५० ग्राम) गहुँको आटा, ८० ग्राम गुद, ७० ग्राम नरिबल, ५ टेबल चम्चा घिउ, ५ वटा इलाइची पिठो मुछ्नका लागि आवश्यक दूध या पानी, सोप एक चम्चा, तार्नको लागि तेल आवश्यकता अनुसार।

विधि : माथि दिएका सम्पूर्ण सामग्री हालेर आटा माज्जाले मुछ्ने र साइड लगाएर राख्ने। केही समयपछि ठिक्क ठिक्कको गोलाई बनाउने र काटाको सहायताले बुट्टा भर्ने। त्यस लगत्तै तातो तेलमा खैरो हुने गरी तार्ने र तातोतातो या लामो समयपछि पनि खान सकिन्छ। यो मिठाइ तराईमा निकै प्रसिद्ध मानिन्छ।  

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  १७:१३
  • #घरमै-परिकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन
सम्बन्धित सामग्री
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार, असोज १४, २०८३
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्