काठमाडौं- ‘म्युचुअल्ली एग्रिड नर्म्स फर राउटिङ सेक्युरिटी’ (मान्स)मा हस्ताक्षर गर्ने नेपालको पहिलो आइएसपी सुबिसु कम्पनी बनेको छ। राउटिङ सेक्युरिटीसम्बन्धी परामर्श दिनका लागि इन्टरनेट सोसाइटीले सुरु गरेको ग्लोबल इनिसिएटिभ मान्समा हस्ताक्षर भएसँजै इन्टरनेट राउटिङमा हुने समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सुबिसुले जनाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको साइबर सेक्युरिटी कानुनले ‘मान्स’लाई हरेक आइएसपी, एनएसपी र टेलकोसले अनिवार्य रुपमा कार्यान्वयन गर्नु पर्ने प्रावधान राखेको छ। जसमा हस्ताक्षर गरी सुबिसु नेपालको पहिलो आइएसपी कम्पनी बन्न सफल भएको हो।
इन्टरनेट जगतमा हरेक दिन साइबर सुरक्षासम्बन्धी थुप्रै खालका घटनाहरु भइरहेका हुन्छन्। जसका कारण ग्लोबल इन्टरनेटमा नै विभिन्न समस्याहरु आइपर्ने गर्छन्। रुट ह्याकिङ, रुट लिक, आइपी एड्रेस स्पोफिङ लगायतका नकारात्मक गतिविधिहरुले गर्दा डिडिओएस आक्रमण, ट्राफिक इन्सपेक्सन, लस अफ रिभेन्यु, रेपुटेसनल ड्यामेजजस्ता समस्याहरु निम्त्याउँछ। यस्ता समस्या समाधान गर्न यस संस्थासँग हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।