काठमाडौं–नेपाल टेलिकमले दैलेख सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ।
गत कात्तिक १५ गते स्तरोन्नति सम्पन्न भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम (एफटीटीएच) मार्फत् सञ्चालन गरिएको टेलिकमले जनाएको छ। पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिकासमेत भएको टेलिकलमे जनाएको छ।
हाल सो क्षेत्रमा जम्मा १ हजार २४ लाइन एफटीटीएच नेटवर्क क्षमता छ। पुरानो तामाको तार अर्थात् कपरबाट सञ्चालित करिब ४१५ लाइन एफटीटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ १ सय ६ लाइनसमेत वितरण गरिएको टेलिकमले जनाएको छ। सो नगरपालिकामा एफटीटीएच लाइन प्रयोगकर्ताको संख्या ५ सय २१ पुगेको टेलिकमले जनाएको छ। यसै वर्ष दैलेखको दुल्लुमा पनि एफटीटीएच सेवा विस्तार गर्ने कार्यक्रम रहेको टेलिकलमे जनाएको छ।
नेपाल टेलिकमले मुलुकका विभिन्न सहरी र घना बसोबास भएका क्षेत्रमा एफटीटीएच सेवाको वृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरणमा पनि जोड दिँदै आएको छ। एफटीटीएच सेवाको माध्यमबाट इन्टरनेट सेवा तथा आईपी प्रविधिमार्फत् चल्ने भ्वाइस टेलिफोन सेवासमेत प्रयोग गर्न सकिन्छ । त्यसैगरी केही समयमा यसबाटै आइपी टिभी (टेलिभिजन सेवा) समेत उपलब्ध हुनेछ ।
परम्परागत तामाको तारको सट्टा ग्राहकहरुका घरसम्म अप्टिकल फाइबर पु¥याई आइपीमा आधारित ट्रिपल प्ले (अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र श्रव्यदृश्य सेवाहरु) प्रदान गर्न सकिने टेलिकलमे जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।