काठमाडौं- सरकारले विदेशी च्यानलको क्लिन फिड (विज्ञापनरहित प्रसारण)को निर्णयबाट पछि हट्न नसक्ने भन्दै सम्पूर्ण विदेशी च्यानललाई क्लिन फिड च्यानल प्रसारण गर्न आग्रह गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन नियमन गर्ने ऐन र नियमावलीअनुसार कात्तिक ८ गतेबाट क्लिन फिड लागू हुने व्यवस्था कार्यान्वयन हुने बताएका छन्।
विहीबार पत्रकार सम्मेलन गर्दै गुरुङले क्लिनफिड लागू गर्ने निर्णय ऐतिहासिक भएको भन्दै सरकार यसबाटपछि नहट्ने बताए। 'यसको तयारी पहिलेदेखि नै थियो, अहिले ऐन र नियमावली बनेको छ,' उनले भने, 'सरकार ऐन र नियमावलीको भावनाअनुसार यो व्यवस्था कार्यान्वयन गर्छ।'
विज्ञापन ऐनअनुसार ऐन प्रमाणीकरण भएको एक वर्षभित्र क्लिनफिड लागू हुनुपर्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष कात्तिक ७ गते ऐन प्रमाणीकरण गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।