काठमाडौं- नेपाली भाषामा उपलब्धब हुने किबोर्ड मोबाइल एप्लिकेसन ‘हाम्रो नेपाली किबोर्ड’ले दसैँ विशेष स्टिकर ल्याएको छ। दशैंतिहार तथा छठको अवसरमा एपमा आकर्षक स्टिकर थप गरिएको जानकारी हाम्रो नेपाली किबोर्डले दिएको छ।
किबोर्डका प्रयोगकर्ताले पर्वीय उल्लासको समयमा खोजेजस्तो नेपालीपन समेटिएका मौलिक स्टिकर समावेश गरिएको कम्पनीले बताएको छ। बिहीबारदेखि नयाँ स्टिकर सबैले प्रयोग गर्न पाउने गरी सार्वजनिक गरिएको छ।
हाम्रो पात्रो इंकका संस्थापक तथा सीईओ शंकर उप्रेतीले चाडबाड झल्काउने र त्यसमा रौनकता थप्ने गरी दशैं स्टिकर तयार पारिएको बताए।
एप्लिकेसनमा समेटिएका विभिन्न स्टिकरहरु जस्तैः 'बस यात्रा, नयाँ बाइक, चङ्गा, पिङ, लक्ष्मी पूजा, टीका, जमरा, दक्षिणा, तास, खसी, नयाँ जुत्ता लगायतका स्टिकरले अवश्य पनि चाडबाडको रौनकता झल्काउने छन्,' उनले भने।
प्रयोगकर्ताले दशैं स्टिकर प्रयोग गर्न हाम्रो किबोर्डमा तल बायाँतर्फ अंक र झण्डाको बीचमा रहेको स्टिकर बटनमा ट्याप गर्नुपर्नेछ। त्यसपछि देखिने स्टिकर आइकनको दोस्रो बटनलाई ट्याप गरेर दशैंलगायतका हाम्रो नेपाली किबोर्डमा उपलब्ध स्टिकर प्रयोग गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।