वासिङ्टन- भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ। एक्सडिए–डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ।
छानिएका गूगल प्रयोगकर्ताले यी सुविधा परीक्षण गरिसकेको दि भर्जले जनाएको छ। प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाज, आवाजमार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टर प्रयोग गर्न पाउने छन्।
प्रिमियम सेवा लिन ग्राहकले प्रतिमहिना करिब १२ अमेरिकी डलर तिर्नु पर्नेछ। ग्राहकले विज्ञापनरहित, पृष्ठभूमिका अन्य सामग्री हटाएर पनि भिडियो हेर्न सक्नेछन् भने युट्युब म्युजिक च्यानलमा समेत अलग पहुँचको सुविधा लिन सक्नेछन्। -रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।