काठमाडौं- चार जिल्लाका एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको छ।
डम्बर विकको धादिङ, जीवन श्रेष्ठको सिरहा, राजन अधिकारीको सुनसरी र लोकेन्द्र श्रेष्ठको मकवानपुरमा सरुवा भएको हो। मकवानपुरका एसपी विकास खनाल ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परिसकेकाले उनको ठाउँमा श्रेष्ठलाई पठाइएको हो।
बलात्कारीलाई उम्काएको आरोपमा निलम्बनमा परेका सुनसरीका एसपी विद्यानन्द माझीको ठाउँमा अधिकारीलाई सरुवा गरी पठाइएको हो।
यस्तै एसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।