• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी

64x64
नेपाल लाइभ मंगलबार, असोज २०, २०८३  १८:१२
1140x725

काठमाडौं– लामो समयदेखि नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग राजनीतिक सहयात्रा गरिरहेका युवा नेता डिल्लीराम सुवेदीले पार्टीको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी दर्ता गरेका छन्।

गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका उनले नयाँ र पुरानो पुस्ताबीच पर्खाल खडा गर्ने नभई दुवै पुस्तालाई जोड्ने ‘सेतु’ बन्ने उद्देश्यले उम्मेदवारी दिएको बताए।

उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै उनले पुस्तान्तरणको चरणमा रहेको कांग्रेसमा नयाँ पुस्ताले नेतृत्वमा हस्तक्षेप बढाइरहेको र पुरानो पुस्तासँग लामो राजनीतिक अनुभव रहेको अवस्थामा यी दुईबीच द्वन्द्व नभई अनुभव र ऊर्जाको संयोजन आवश्यक रहेको मान्यताका आधारमा उम्मेदवारी दिएको बताए।

विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा आएका सुवेदीले नेपाल विद्यार्थी संघबाट सक्रिय राजनीति सुरु गरेका थिए। सुवेदी काठमाडौं शिक्षा क्याम्पसको स्ववियु सभापति हुँदै नेविसंघको केन्द्रीय उपाध्यक्षसम्म भएका थिए। २०७३ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक बनेयता उनी कांग्रेसको संगठन र वैचारिक राजनीतिमा सक्रिय छन्।

२०७९ को प्रदेशसभा निर्वाचनमा बागलुङ–१(२) बाट उनी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

कांग्रेसभित्र अध्ययन, लेखन र वैचारिक बहसमा रुचि राख्ने नेताका रूपमा चिनिने सुवेदी पार्टीको इतिहास, लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणसँग सम्बन्धित सामग्रीको लेखन तथा सम्पादनमा सक्रिय छन्।

सभापति थापासँगको सहलेखनमा प्रकाशित ‘नेपाली कांग्रेस र संविधानसभा’ उनको वैचारिक–लेखन यात्रासँग जोडिएको पुस्तक हो। गगन थापाले नै कांग्रेसका ऐतिहासिक दस्तावेज संकलन तथा सम्पादनमा सुवेदीलगायतको भूमिकाको उल्लेख गरेका छन्।

विद्यार्थी राजनीतिमा रहँदा सुवेदीले शैक्षिक तथा वैचारिक बहसलाई प्राथमिकता दिएका थिए। कांग्रेसको वैचारिक धरातल र समसामयिक राजनीतिक प्रश्नमा बहस गर्ने उद्देश्यले प्रकाशित ‘विचार विशेष’ जस्ता प्रकाशनसँग उनको संलग्नता रहँदै आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले पार्टीको २०७२ सालमा सम्पन्न १३औँ महाधिवेशनको पूर्वसन्ध्यामा युवालाई नेतृत्वमा पर्याप्त स्थान दिनुपर्ने आवाज उठाएका थिए। उनी बागलुङबाट यस पटकसमेत गरी तेस्रोपटक महाधिवेशन प्रतिनिधि भएका हुन्।

प्रदेशसभामा रहँदा सुवेदीले गण्डकीको बजेटमा टुक्रे आयोजना र पहुँचका आधारमा योजना छनोट हुने प्रवृत्तिमाथि प्रश्न उठाउँदै आएका छन्।

को हुन् सुवेदी?

नेविसंघबाट राजनीति सुरु गरेका सुवेदी २०५३ सालमा जनता माध्यमिक विद्यालय, नारायणस्थानको नेविसंघ इकाइ अध्यक्ष, २०६० सालमा काठमाडौं शिक्षा क्याम्पसको इकाइ अध्यक्ष र २०६२ सालमा स्ववियु सभापति बनेका थिए।

२०५९ सालपछि प्रतिगमनविरुद्धको आन्दोलनमा काठमाडौंका सडकमा उनी निकै सक्रिय देखिएका थिए। २०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुग्ने बेला स्ववियु सभापतिको भूमिकामा रहेका उनी पार्टीका विभिन्न आन्दोलन र अभियानमा सक्रिय हुँदै नेविसंघको केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकको जिम्मेवारीसमेत सम्हालेका थिए।

Xtrem

Xtrem

डिल्लीराम राजनीतिक तथा शैक्षिक आन्दोलनमा निरन्तर अग्रपंक्तिमा सक्रिय देखिनुका साथै २०७२ र २०७८ सालमा पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका छन्।

राजनीतिक नेतृत्वका अलावा कुशल राजनीतिक प्रशिक्षक, सामाजिक अभियन्ता तथा विभिन्न पुस्तक र पत्रिकाको लेखन तथा सम्पादनमा समेत उनी सक्रिय छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नेतृत्व तथा स्वर्गीय समाजवादी चिन्तक प्रदीप गिरी र नरहरि आचार्यको सल्लाहमा प्रकाशित ‘विचार विशेष’ जर्नलको सम्पादकसमेत रहिसकेका छन्।

२०७२ सालको भूकम्पपछि क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माण गर्न सहयोगी संस्थाहरूसँग हातेमालो गर्दै ‘मिलेर बनाऔँ विद्यालय’ अभियानमार्फत २०० भन्दा बढी विद्यालयमा स्थायी तथा अस्थायी संरचना निर्माणको संयोजन गरेका छन्।

डिल्लीराम तराई क्षेत्रमा बाढी आएका बेला ‘मायाले भरिएको बाल्टिन’ बोकेर दर्जनौँ बस्तीमा पुगेका थिए। कोभिड महामारीका बेला बागलुङका विभिन्न स्वास्थ्यचौकी एवं संस्थामा अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री लिएर पुगेका थिए।

शिक्षाका क्षेत्रमा काम गर्ने ५०० भन्दा बढी संस्थाको नेतृत्व गर्दै ‘शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल’को अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका उनी भौतिक विकाससँगै मानवीय विकासको मुद्दालाई प्राथमिकतामा राख्छन्।

देशका ७० भन्दा धेरै जिल्लामा राजनीतिक अभियानका क्रममा पुगेका उनी विभिन्न सभा–समारोहमा प्रस्तुति दिन वा सहभागी हुन अमेरिका, बेलायत, युरोप, भारत, चीनलगायतका देशमा पुगेका छन्।

अंग्रेजी र समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी वैचारिक राजनीतिका माध्यमबाट सकारात्मक परिवर्तन ल्याउन सकिने हुटहुटी बोकेर हिँडिरहेका छन्।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा
सम्बन्धित सामग्री
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी उनले नयाँ र पुरानो पुस्ताबीच पर्खाल खडा गर्ने नभई दुवै पुस्तालाई जोड्ने ‘सेतु’ बन्ने उद्देश्यले उम्मेदवारी दिएको बताए। मंगलबार, असोज २०, २०८३
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश न्यायाधीश उमेश लुइँटेलको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्