काठमाडौं– सामसुङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर नेपाली बजारमा ल्याएको छ। वर्तमान अवस्थालाई मध्यनजर गर्दै सामसुङका उत्पादनहरुले आफ्ना ग्राहकहरुको घर र परिवारमा खुसी सजाउन, सामसुङले यस अफर प्रस्तुत गरेको जनाएको छ।
यस ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ अफरअन्तर्गत सामसुङका कन्जुमर इलेक्ट्रोनिक्स् उत्पादनहरुमा अधिकतम ३५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिन्छ।
यस ३५ प्रतिशतसम्मको छुट ग्लोबल नं १ सामसुङ टिभी, रेफ्रिजेरेटर र वासिङ्ग मेसिनको खरिदमा लागू हुनेछ।
बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै सामसुङ प्लाजाको आधिकारिक वेबसाइटबाट पनि सामसुङका उत्पादनहरु खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकहरुलाई प्रदान गरिएको कम्पनीले उल्लेख गरेको छ। सामसुङले टिभिहरुमा २ वर्ष (१ वर्ष फूल प्रोडक्ट वारेन्ट र थप १ वर्ष प्यानलमा) को वारेन्टी प्रदान गरेको छ।
त्यस्तै डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी रहेको छ। निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित सामानहरु निःशुल्क जडान गरिदिने सुविधा पनि रहेको छ। सामसुङले उपभोक्ताहरुलाई चाडपर्वहरु सुरक्षित रहेर मनाउन समेत अनुरोध गरेको छ।
यो फेस्टिभ अफर आश्विन १ गतेदेखि कार्तिक ३० गतेसम्म नेपाल अधिराज्यभर सामसुङका आधिकारिक डिस्ट्रीब्युटर हिम इलेक्ट्रोनिक्स् प्रा.लि.र त्रिवेणी ब्यापार प्रा.लि.द्वारा आफ्ना डिलरहरूमार्फत् लागू गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।