काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले सबै सेवा प्रदायकले अब एउटै सर्ट कोडबाट ब्यालेन्स चेक, रकम ट्रान्सफर तथा रिचार्ज गर्नु पर्ने गरी नयाँ व्यवस्था लागू गरेको छ।
प्राधिकरणले जारी गरेको गरेको ‘दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि २०७७' मा यस्तो व्यवस्था गरेको हो।कार्यविधिमा अहिले सेवा प्रदायकपिच्छे फरक रहेको सर्ट कोड अब समान हुनुपर्ने उल्लेख छ।
अब सबै सेवा प्रदायकले ६ महिनाभित्र लागू गरिसक्नु पर्ने गरी प्राधिकरणले नयाँ सर्ट कोडको व्यवस्था गरको हो। प्राधिकरणले जारी गरेको कार्यविधिमा अनुसार अब रिर्चाच १२२ बाट हुनेछ भने ब्यालेन्स थाहा पाउन १४४ र ट्रान्सफर गर्न १३३ कोड प्रयोग गर्नु पर्ने छ।
अहिले सेवा प्रदायकको फरकफरक सर्ट कोड प्रयोग गर्दै आएका छन्। जसबाट सेवाग्राहीलाई असहज भएको भन्दै प्राधिकरणले सर्ट कोड एउटै बनाएको प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्यालले जनाकारी दिए।
यसैगरी प्राधिकरणले जारी गरेका कार्यविधिका ग्राहक तथा सेवाग्राहीलाई निशुल्क फोनको सुविधामा सेवा प्रदायकले दिँदै आएको नम्बर पनि एकै प्रकृतिको हुनु पर्ने उल्लखे छ। सबै सेवा प्रदायकले अहिले जसरी सेवा दिए पनि अब १८०० बाट सुरु हुने गरी नम्बर दिनुपर्नेछ। टोल फ्रीको नम्बर १० अंकको हुनु पर्ने कार्यविधिमा उल्लेख छ।
सर्ट कोड र सोको प्रयोग हुने सेवाहरू
३ अंकको सर्ट कोड अत्यावश्यक आकस्मिक सेवाहरुका लागि
४ अंकको सर्टकोड जनतासँग प्रत्यक्ष सरोकार राख्ने नेपाल सरकारका विभिन्न निकायका एंव संवैधानिक निकायहरुले प्रदान गर्ने सेवाहरुका लागि
५ अकंको सर्ट कार्ड सेवा प्रदायकहरुलाई अन्य अतिक्ति सेवा उपलब्ध गराउने प्रयोवनका लागि
१० अंकको सर्ट कोर्ड टोल फ्री सेवाका लागि
दूरसञ्चार सेवा प्रदायकहरुले यो कार्यविधि लागू भएको एक महिना भित्र र त्यसपछि आर्थिक वर्षको साउन १५ गते र माघ १५ गते भित्र आफूले प्रयोग गरेको सर्ट कार्ड र टोल फ्री नम्बर र त्यसको प्रयोगसम्बन्धी सम्पूर्ण विवरण प्राधिकरणलाई उपलब्ध गराउनु पर्नेछ।
यस्तो छ कार्यविधि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।