• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

किन भने जति हुँदैन इन्टरनेटको स्पिड?

64x64
नेपाल लाइभ शनिबार, भदौ २०, २०७७  १५:३५
1140x725

काठमाडौं- इन्टरनेट सेवा प्रदायकले स्पिड कम हुनुमा आफूहरुको मात्रै कमजोरी नभएको दाबी गरेका छन्। प्रविधि पत्रकार मञ्च (टिजेएफ) नेपालले गरेको भर्चुअल अन्तर्क्रियामा उनीहरुले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारणले गर्दासमेत इन्टरनेटको गति कम भएको हुन सक्ने दाबी गरेका हुन्।

अन्तर्क्रियामा सुबिसु केवल नेट प्रालिका सिइओ विनयमोहन साउदले भारतका टाटा, एअरटेललगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमताभन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताए।

‘ग्राहकको गुनासो जायज नै हो। इन्टरनेट सेवा प्रदायकहरुले चर्को प्रतिष्पर्धाका कारण आफूसँग  भएको क्षमताभन्दा धेरै एमबिपिएस दिन्छु भनेका पनि हुन सक्छन्, तर धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन्। हामी त उपभोक्ता र सर्भर वा एपबीचको पूल मात्रै हौं। तीन वटा पक्षमध्ये एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ, तर गाली खाने हामी मात्रै हुन्छौं,’ सिइओ साउदले भने। 

साउदले ग्राहकको गुनासो सम्बोधनका लागि सबै सेवा प्रदायकले काम गरिरहेको र यसमा आफूहरुको पहलले मात्रै पूर्ण समाधान नआउने जिकीर गरे। ‘कुनै बेला फेसबुक, युट्युब, टिकटकलगायतका प्लेटफर्ममै समस्या आएको हुन्छ। तर उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्नुहुन्छ। हामीले फेसबुक, टिकटक, युट्युबको समस्या समाधान गर्न सक्दैनौं नि,’ उनले अगाडि भने। 

भायनेट कम्युनिकेसन प्रालीका प्रबन्ध निर्देशक विनय बोहोराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताए। ‘अहिले टिकटकको कारण नै इन्टरनेट स्लो भएको छ। भोलि यस्तै अर्को एप आउला। धेरे इन्टरनेट खपत गर्ने साइट आउला। त्यो बेला पनि इन्टरनेट केही स्लो हुन सक्छ। त्यसैले यसको गुनासो पूर्ण रुपमा समाधान हुन सक्दैन। हामीले कम गर्दै लैजाने हो,’ बोहोराले भने।

अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडियोमै रहेको र यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा कसरी गुणस्तरीय इन्टरनेट दिने भन्ने विषय चुनौतीपूर्ण रहेको बोहोराको भनाइ छ। 

‘हामीकहाँ इन्टरनेटको खपत धेरै बढेपनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण छैनन्, व्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्छ। हामीले भारतबाट किन्छौं। उता समस्या आएमा यता नेपालमा इन्टरनेट स्लो हुन्छ वा बन्द हुन्छ। त्यसमाथि नेपालको भौगोलिक विकटताले पनि समस्या पारेको हुन्छ,’ उनले भने। 

प्रबन्ध निर्देशक बोहराले ठूला प्लेटफर्मका सर्भर र एक्सचेञ्ज नेपालमा राख्न सकेमा इन्टरनेट सेवा प्रदायकलाई गरिने आलोचना केही कम हुने आशा व्यक्त गरे। कहिलेकाँही प्रतिस्पर्धाको नाममा इन्टरनेट सेवा प्रदायकबीच हुने अस्वस्थ प्रतिष्पर्धाका कारण पनि ग्राहकले गुणस्तरीय इन्टरनेट नपाएको हुन सक्ने बोहोराको स्विकारोक्ति छ। 

Ncell 2
Ncell 2

कोरोनाका कारण समस्या झनै बढ्दो
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाको कारण सर्वसाधारण घरभित्रै बस्नुपर्दा इन्टरनेटको स्पीडमा थप समस्या भएको छ। विशेषगरी टिकटक, फेसबुक र युट्युबका प्रयोगकर्ताको संख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पुर्‍याउन हम्मे हम्मे परेको सुबिसु साउदको भनाइ छ। 

लकडाउनपछि सुबिसु केवल नेटको मात्रै २२ देखि २५ जिबिपिएस व्यान्डविथको माग बढेको उनले जानकारी दिए। ‘लकडाउनअघि एउटा ग्राहकले महिनाभरमा झण्डै तीन सय जिबिपिएस इन्टरनेट खपत हुन्थ्यो। अहिले पाँचदेखि ६ सय जिबिपिएस खपत भइरहेका छ। प्रायजसो प्रयोगकर्ताकै कारणले पनि इटरनेट केही स्लो भएको हुन सक्छ। यो कुरा उहाँहरुले पनि बुझिदिँदा राम्रो हुन्छ,’ सिइओ साउदले भने। 

कोरोनापछि गुगल ३७ प्रतिशत, फेसबुक ७२ प्रतिशत र टिकटकको प्रयोग ७५ प्रतिशतभन्दा धेरैले बढेको उनले जानकारी दिए। साउदले मनोरञ्जनको लागि चलाइने एप या सर्भरले एचडी तथा उच्च क्षमतामा चलाउँदा इन्टरनेट स्लो हुने भएकाले सकभर त्यसो नगरिदिन आग्रह समेत गरे। 

त्यस्तै भायनेट बोहोरले कोरोनापछि इन्टरनेट सेवा प्रदायकहरुलाई झनै ठूलो समस्या परेको बताए। ‘इन्टरनेटको माग धान्नै नसक्ने गरी बढेको छ, हाम्रा उपकरण बिग्रिरहन्छन्। यस्तो बेलामा विदेशबाट आउने चार्टर जहाजमा सामान ल्याउन समय लाग्छ। भनेको बेलामा जनशक्ति पाइँदैन। कोरोनापछि हामी थप समस्यामा छौं,’ बोहोराले भने। 

अन्तरक्रियामा दूरसञ्चार विज्ञ आनन्दराज खनालले देशमा भइरहेको अनेक अभावका बीच इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरुले दिएको सेवामा सन्तुष्ट हुनुपर्ने बताए। महामारीको बेलामा इन्टरनेटको गुणस्तर सुधारको लागि विकसित देशले व्यान्डविथ बढाउनेदेखि अन्य धेरै पहल गरेको, तर नेपाल सरकारले भने उपभोक्तालाई छूट दिने निर्देशन बाहेक अरु केही नगरेको खनालको आरोप छ। 

‘इन्टरनेटको गुणस्तर सेवा प्रदायकको हातमा मात्रै छैन। इन्टरनेट आफैमा एउटा ठूलो प्रणाली हो। सरकार, नियामक र उपभोक्ताले धेरे बुझ्न बाँकी छ। सेवा प्रदायकका दुःख बुझ्ने हो भने सेवाप्रदायकलाई गाली गर्ने थिएनौं होला,’ दूरसञ्चार विज्ञ खनालले भने। 

आइएसपीले विदेशमा व्यान्डविथको पैसा भुक्तानी गर्नका लागि पनि कयौं दिन यता र उता धाउनुपर्ने बाध्यता रहेको भन्दै खनालले सरकारले निर्देशन मात्रै दिने गरेको तर गुणस्तर सुधारको लागि नीतिगत र व्यवहारिक काममा ध्यान नदिएको बताए। 

उनले राउटर लगायतका सामग्री सेवाप्रदायक स्वयंले उपलब्ध गराउँदै आएको भन्दै कम गुणस्तरको राउटरकै कारण इन्टरनेट स्पीड कम भएको भनेर पन्छिन नमिल्ने उल्लेख गरे।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १५:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
४७ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम
यस्तो रहनेछ देशभरको मौसम
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
सम्बन्धित सामग्री
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ। ती ती दे... मंगलबार, भदौ १७, २०८२
सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प... बिहीबार, साउन १, २०८२
देशभर सामान्यतया बदली, पूर्वी तथा मध्य नेपालका केहि क्षेत्रमा वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बा... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
४७ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम बुधबार, माघ ७, २०८२
यस्तो रहनेछ देशभरको मौसम बुधबार, माघ ७, २०८२
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर बुधबार, माघ ७, २०८२
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्