• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १८, २०८२ Tue, Nov 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बेखुस मेस्सीले कस्तो रहला बार्सिलोना?

64x64
ऋग्वेद शर्मा शनिबार, भदौ २०, २०७७  १४:२७
1140x725

काठमाडौं- अन्ततः लियोनल मेस्सी पुनः एक सिजन बार्सिलोनामा नै रहने भएका छन्। यसले म्यानचेस्टर सिटीको इच्छा पूरा नभए पनि बार्सिलोनाले अझै एक वर्ष आफ्नो सबैभन्दा उत्कृष्ट खेलाडीको साथ पाउने छ। तर के अवस्था पहिले जस्तै होला त?

मेस्सीले खुसी मनले बार्सिलोनामा रहन्छु भनेर बोलेका होइनन्। आफू हुर्किएको क्लबविरुद्ध कुनै पनि मुद्दा मामिला गर्न नपरोस् भनेर नछाड्ने मनस्थितिमा पुगेका हुन्। यसमा लामो समयको द्वन्द्वमा बार्सिलोना ब्यवस्थापनको जित र मेस्सीको हार देखिन्छ। तर यसले बार्सिलोनालाई मैदानको जित निश्चित गर्ला? 

बार्सिलोनाले त्यस्तो खेलाडीलाई छाडेर जान दिएन जो रहनै चाहँदैन थिए। क्लब ब्यवस्थापन जसरी चलिरहेको थियो र जसले चलाइरहेका थिए त्यसमा पछिल्लो मेस्सी घटना कमजोरी देखाइदिने माध्यम पनि बन्यो। असन्तुष्टी पुरानो भए पनि ब्यवस्थापनसँग कुनै योजना नरहेको भन्दै मेस्सीले खुलेर बोलेको यो पहिलोपटक हो। 

बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउको जिम्मेवारी आउने मार्चमा सकिँदैछ। अहिले उनको एउटै ध्यान आफू रहँदै मेस्सीले नछाडुन् भन्ने मात्र देखियो। आफू अध्यक्ष रहँदा मेस्सी चित्त नबुझाएर हिँडे भन्ने बदनामी उनी भोग्न चाहँदैन थिए। क्लबलाई फाइदा हुने योजना बनाएर उनले मेस्सीलाई रोकेका होइनन्। 

मेस्सीले नै भनेजस्तो बार्सिलोनामा अहिले नयाँ योजनाको खाँचो छ। युवा टिमको विकासको खाँचो छ। गएको सिजन एक बिलियन युरोभन्दा बढी घाँटामा रहेको क्लबलाई यो सिजन पनि लगभग सात सय मिलियन युरो घाँटा लाग्ने अनुमान भइरहेका छन्। यस्तोमा मेस्सीका लागि खर्च हुने महँगो तलब क्लब सुधारको प्रमुख आधार बन्न सक्थ्यो। केन्द्रमा ३३ वर्षका मेस्सीलाई मात्र राखेर बार्सिलोना अझै कति यसरी नै बढिरहन सक्ला? 

आउने सिजन नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा एन्टोनियो ग्रिजम्यान, अन्सु फाती, उसमान डेम्बेले, फिलिप कोउटिन्हो, मार्क आन्द्रे टेर स्टेगेन, मिरालेम पियानिच र फ्रान्क डि योङ जस्ता खेलाडीको साथ उत्कृष्ट टिम त हुँदै हो। तर फेरि पनि मेस्सी केन्द्रित टिम बनिरहँदा अरु खेलाडीको भूमिका उसैगरी कमजोर हुने डर छँदैछ। 

०००
शुक्रबार अबेर गोल स्पेनसँगको अन्तर्वार्तामा मेस्सीले आफू पुरानै शैलीमा शतप्रतिसत मेहनतका साथ खेल्ने बताएका छन्। एक खेलाडीले बाँकी परिस्थितिका कारण खेलमा जानाजान कमजोरी त गर्दैन नै, तर पनि मन दुखाएका खेलाडीमार्फत ठूलो अपेक्षा पनि बाञ्छनीय हुँदैन। गोलसँगको उनको १८ मिनेट लामो भिडियो अन्तर्वार्ता यस्तो छ-

यति लामो समय किन केही नबोली बस्नुभयो?
पहिलो कुरा त, लिस्बोनमा भोगेको हारपछि असाध्यै मुस्किल समय थियो। बायर्न म्युनिक धेरै कठिन टिम हो भन्ने हामीलाई थाहा थियो, तर हामी त्यसरी हार्नेछौँ भन्ने त लागेकै थिएन। हाम्रा कारण बार्सिलोनाको छबि असाध्यै नै नराम्रो भयो। त्यो गलत थियो, त्यसपछि त केही गरौँ भन्ने मन नै भएन। केही समयमा सबै कुरा स्पष्ट हुनेछ भन्ने नै लागेको थियो। 

Ncell 2
Ncell 2

तपाइँले किन बार्सिलोनालाई म छाडेर जान चाहन्छु भन्ने बताउनुभयो?
मैले क्लबलाई, अध्यक्षसमेतलाई म छाड्न चाहन्छु भनेको थिएँ। त्यो कुरा अहिले मात्र भनेको होइन। लगभग एक वर्षदेखि नै भनिरहेको थिएँ। अहिले त्यही छाड्ने समय आएको हो भन्ने मलाई लागेको थियो। मेरो विचारमा क्लबलाई अब युवा खेलाडीहरुको आवश्यकता छ, नयाँ खेलाडीको आवश्यकता छ, त्यसैले बार्सिलोनामा सकियो भन्ने लागेको थियो।

त्यसमा म असाध्यै दुःखी छु किनभने म आफ्नो खेल जीवन बार्सिलोनामा नै सकाउँछु भन्दै आइरहेको थिएँ। गएको वर्ष असाध्यै कठिन वर्ष भयो। अभ्यासमा, खेलमा र ड्रेसिङ रुममा पनि पीडित महसुस भयो। त्यसैले सबै कुरा कठिन भइरहँदा अब केही नयाँ उद्देश्यमा लाग्नुपर्छ भन्ने महसुस भएको थियो। यो च्याम्पियन्स लिगमा बायर्नसँगको हारपछि आएको कुरा होइन। छाड्ने विषयमा मैले लामो समयदेखि सोचिरहेको थिएँ। अध्यक्षलाई पनि भनिरहेको थिएँ। अध्यक्षले जहिले पनि भन्ने गर्थे-सिजनको अन्त्यमा तिमी के गर्ने भन्ने निर्णय तिम्रो हुनेछ। तर अहिले आएर उहाँले आफ्ना वचन राख्न सक्नुभएन। 

यो बीचमा कहिल्यै एक्लो महसुस गर्नुभयो?
अहँ गरिनँ। एक्लो महसुस त भएन। धेरै मानिसहरु सधैँ मेरो पक्षमा हुनुहुन्थ्यो। उहाँहरुको साथ मेरा लागि महत्वपूर्ण थियो, जसले म सधैँ उर्जा पाइरहेको हुन्छु। तर केही मानिसहरु, पत्रकारहरुबाट सुनेका केही कुराहरुले चित्त भने दुख्यो। उनीहरुले क्लबप्रतिको मेरो आस्था र मेहनतमा पनि प्रश्न गरिरहेका थिए। म कम्तिमा त्यस्तो आलोचनाको लायक छु भन्ने त लाग्दैन। तर त्यसले मानिसहरुको भित्री सत्यता हेर्ने अवसर भने मिल्यो। गलत मानिसहरु चिन्ने अवसर मिल्यो। क्लबप्रतिको मेरो मायामा प्रश्न गर्दा मन त दुख्छ नै। म यहाँ रहे पनि नरहे पनि बार्सिलोनाप्रतिको मेरो प्रेम त कहिल्यै फेरिँदैन नि। 

हरेक विषयमा कुराकानी भइरहेको थियो, पैसाको कारण भनियो, साथीहरुको कुरा आयो। २० वर्ष जुन जर्सीमा रहनुभयो त्यस्तोमा यस्ता कुराहरु हुँदा सबैभन्दा बढी केले पिरोल्दो रहेछ? 
पैसाका कारण, साथीहरुका कारण छाड्न लाग्यो भन्ने जस्ता हरेक कुराले चित्त दुख्छ। मैले सधैँ हरेक कुराभन्दा अगाडि क्लबलाई राखेको छु। बार्सिलोना छाड्ने सम्भावनामा यसअघि पनि धेरै पटक पुगिसकेको थिएँ। यस्तोमा पैसाको कुरा के गर्नु, म हरेक वर्ष बार्सिलोनाभन्दा अरु क्लबमा जाँदा धेरै कमाउन सक्थेँ। मैले जहिल्यै भनिरहेको बार्सिलोना मेरो घर हो, त्यस्तै महसुस पनि हुन्छ। यसपटक मैले केही परिवर्तनको आश गरेको हुँ, केही नयाँ उद्देश्य र नयाँ वातावरणको आश गरेको थिएँ। 

२० वर्षको साथ छाडेर जान कठीन त भइनै हाल्छ। सम्पूर्ण जीवन, यहिँ रहेका परिवार, सहर जस्ता विषय पनि त छाड्ने निर्णयमा गहन भूमिकामा हुन्छन्। तपाइँ छाडेर जानुहुन्न भन्ने त मलाई लागेको थियो, छाड्नु पनि त भएन...
पक्कै पनि छाड्ने निर्णय लिन त मलाई निकै कठीन भएको थियो। यो बायर्नसँगको नतिजाले आएको कुरा पनि होइन। त्यसमा धेरै विषयहरु कारण छन्। मैले खोजेको के हो भने जितको आधार हुने गरी क्लबमा राम्रो तयारी होओस् भन्ने हो। बार्सिलोनालाई सधैँ माथिल्लो स्तरमा अब्बल बनाइरहन पाउँ भन्ने नै हो। तर दुःखको कुरा बार्सिलोनामा लामो समयदेखि सुधारको कुनै योजना छैन। ब्यवस्थापन बाजी जिते जस्तो सोच्छ र देखिएका प्वाल छोपेर पुरानो कुरा बिर्सन्छ। मैले भनेँ नि, मेरो परिवार र क्लबको राम्रो होस् भन्नेबाहेक मैले अरु केही सोचेको छैन। 

बार्सिलोना छाड्छु भन्ने निर्णय सुनाउँदा परिवारको प्रतिक्रिया कस्तो थियो? 
छाड्ने सोचमा पुगेको कुरा परिवारलाई बताउँदा त कस्तो कस्तो माहोल बनेको थियो, सबैजना रोइरहेका थिए। मेरो बच्चाहरु बार्सिलोना छाड्न चाहँदैनन्। तर म माथिल्लो स्तरमा राम्रो प्रतिस्पर्धा गरौँ भन्ने चाहिरहेको थिएँ। उपाधि जित्न चाहिरहेको थिएँ। च्याम्पियन्स लिगमा राम्रो गर्न चाहिरहेको थिएँ।

हुन त जित्नैपर्छ भन्ने होइन, तर कम्तिमा प्रतिस्पर्धा त राम्रो होस् भन्ने हो। कम्तिमा रोम, लिभरपुल र लिस्बोनमा लगातार जे भयो त्यस्तो हुनु हुँदैन। मलाई भनिएको र मैले सोचेको कुरा पनि म छाड्न सक्छु भन्नेमा नै थियो। अध्यक्षले पनि सिजनको अन्त्यमा निर्णय तिम्रो हातमा हुनेछ भनिरहेका हुन्थे। तर अहिले उनीहरु मैले जुन १० भन्दा अगाडि जानकारी गराइनँ त्यसैले छाड्न पाउँदैनौ भन्न थाले। तर जुन १० तिर त हामी ला लिगामा प्रतिस्पर्धा गरिरहेका थियौँ, सिजन सकिएकै थिएन। अहिले आएर अध्यक्षले ७०० मिलियन युरोको रिलिज क्लज नतिरि जान नपाउने बताए। त्यत्रो पैसा तिर्न कसैलाई पनि सम्भव नै छैन।

अर्को उपाय अदालत जानेमा थियो। तर म बार्सिलोनाविरुद्ध मुद्दा मामिला गर्न चाहँदिनँ। मलाई सानोदेखि जुन क्लबले सबैथोक दियो, त्यही क्लबविरुद्ध अदालत जाने सुहाउने कुरा पनि होइन। मैले यही क्लबमा नै आफ्नो जीवन बनाएको हुँ। बार्सिलोनाविरुद्ध मुद्दामा जाने कुरा त मेरो सोचमा सम्म नि आएन। 

बार्सिलोनालाई असर पर्ने गरी मेस्सीले आफ्नो बारेमा मात्र सोच्यो भन्ने कुराहरुले तपाइँको चित्त दुख्यो? जब कि क्लबका लागि तपाइँ वर्षौंदेखि लागिरहनुभएको छ। तपाइँको प्रतिबद्धतामा शंका हुँदा कस्तो लाग्यो?
मेरोविरुद्धमा आएका कुराहरुले असाध्यै चित्त दुख्यो, जुन कुनै पनि सत्य थिएनन्। मैले आफ्नो स्वार्थ हेरेर बार्सिलोनालाई असर पर्ने काम गर्छु भनेर उनीहरुले सोच्नसम्म कसरी सके। म त्यस्तो त कहिल्यै गर्ने छैन। म छाड्न चाहन्थे किनभने त्यो मेरो अधिकारको कुरा थियो, सम्झौतामा पनि त्यही कुरा उल्लेख थियो। तर मुद्दा मामिलामा जान मन लागेन र मैले नछाड्ने निर्णय गरेँ। मैले आफ्नो खेल जीवनको अन्तिम वर्षहरु खुसीले बिताउँ भन्ने सोचेर जान चाहेको थिएँ। किनभने पछिल्लो समय बार्सिलोनामा मैले त्यो खुसी पाइरहेको छैन। 

खुसी रहनु त असाध्यै महत्वपूर्ण कुरा हो। तपाइँ विजेता छबि भएको मानिस पनि हो। सुरुदेखि उपाधिमा प्रतिस्पर्धा गर्ने टिममा नै खेल्नुभयो। तर पछिल्लो समय बार्सिलोना कमजोर भइरहेको छ। अब फेरि टिमको नेतृत्व गरेर नै बढ्दै हुनुहुन्छ। अब बार्सिलोनामा खेल योजनामा केही परिवर्तन आवश्यक नै छ होइन त? 
म बार्सिलोनामा नै निरन्तर गर्दै छु, म छाडेर जान जति नै चाहेको भए पनि अब बस्ने भएपछि मेरो मेहनतमा कमि हुने छैन। मैले आफूले सक्दो राम्रो गर्नेछु। जितका लागि बढ्नेछु। मैले सधैँ क्लबका लागि राम्रो गरौँ भन्ने नै चिताइरहेको छु। मैले पहिले पनि भनिरहेको कुरा हो, च्याम्पियन्स लिग जित्ने गरी हामीले सहयोग पाइरहेका छैनौँ। वास्तवमा अब पनि क्लबमा के हुन्छ भन्ने मलाई थाहा छैन। नयाँ प्रशिक्षकमा नयाँ सोच त होला, त्यो राम्रो हो। तर टिम कस्तो छ र यसले माथिल्लो स्तरमा कस्तो प्रतिस्पर्धा गर्छ भन्ने विचार गर्नैपर्छ। अब अहिले मैले भन्न सक्ने म आफ्नो तर्फबाट सक्दो मेहनत गर्नेछु। 

मेस्सीले जे गरेर भए पनि छाड्छ, उसले आफ्नो बारेमा सोचिरहेको छ क्लबको मतलब छैन भन्ने कुरा सुन्दा कस्तो लागेको थियो? 
त्यस्ता कुराले त असाध्यै पीडा महसुस भयो। यो क्लबप्रति म असाध्यै कृतज्ञ छु। राम्रो र सहज वातावरणबिना म छाडेर जाने त सोच्दै सोच्दिनँ। योभन्दा राम्रो ठाउँ मेरो लागि अर्को छँदा पनि छैन। तर अझै पनि मेरो भनाइ के हो भने, मैले आफ्नो निर्णय आफै लिन पाउनुपर्छ। नयाँ उद्देश्यमा लाग्न पाउनुपर्छ। जहाँ गए पनि म आउने बार्सिलोनामा नै हो। यहाँ नै मेरो घर परिवार छन्। बच्चाहरु यहाँ नै हुर्किएका हुन्। मैले छाडेर जाने कुरामा केही पनि नराम्रो कुरा थिएन। मलाई त्यो चाहिएको पनि थियो, मैले छाड्नु क्लबका लागि पनि राम्रो विषय थियो। सबैका लागि राम्रो हुने थियो।  

बार्सिलोना समर्थकका लागि केही भन्न मन छ?
सधैँ जस्तै म आफूले सक्दो राम्रो गर्नेछु। सबै उद्देश्यहरु पूरा गर्ने प्रयासमा हुनेछु। कोरोना माहामारीको यो कठिन परिस्थितिबाट बढिरहेका सबैका लागि म आफ्नो खेल समर्पित गर्न चाहन्छु। मेरो लागि यो वर्ष दुःखद रह्यो, तर योभन्दा ठूलो दुःखमा कोरोनाको कठीन परिस्थिति भोगिरहेकाहरु छन्। मानिसहरुले परिवारका सदस्य गुमाएका छन्, धेरैथोक गुमाएका छन्। आश छ उनीहरुका लागि म केही जित दिलाउन सकुँ। खराब समयबाट एकदिन हामी सबै बाहिर निस्कने छौँ र पहिलेको जस्तै सामान्य जीवन बाँच्न पाउने छौँ। 

०००
मेस्सीले क्लब छाड्न चाहेको र नछाडेको यो पहिलोपटक होइन। तर यसअघि उनले छाड्न चाहँदा क्लब ब्यवस्थापनले राजी गराएर उनलाई रोकेको थियो। यसपटक भने बार्सिलोनाप्रतिको मेस्सीको प्रेमलाई प्रयोग गर्दै उनको इच्छा विपरीत परिस्थिति बनाएर रोकिएको छ। जसले मेस्सीले बोलेका हरेक कुराले देखाइरहेको छ-उनी खुसी छैनन्। 

क्लबमा भइरहेका कामहरुले उनी खुसी छैनन्। अहिलेको लागि मात्र होइन भविष्यलाई लिएर के योजनामा काम भइरहेको छ भन्ने विषय अन्योल नै छ। यस्तोमा मेस्सी आउने सिजन सित्तैमा क्लब छाडेर गए पनि अहिले छाडेको भन्दा ठूलो घाँटा बार्सिलोनालाई हुनेछ। 

अहिले म्यानचेस्टर सिटीसँग उचित रकममा सम्झौता गरेर मेस्सी बेचेको पैसाले युवा टिममा राम्रो लगानि गर्न सक्ने अवसरमा बार्सिलोना थियो। जसले बार्सिलोनाको भविष्य राम्रो बनाउन नै सहयोग हुने थियो। कोरोनाका कारण कमजोर बनेको फुटबल बजारमा उपादेयता बढ्ने थियो। जुन आउने सिजन मेस्सीले सित्तैमा छाडेमा हुने छैन। 

मेस्सी जित चिनेका खेलाडी हुन्। उनलाई हार्न गाह्रो लाग्छ। हार सहन कठीन पर्छ। मेस्सीका उपाधि र गोलका कीर्तिमानहरुले पनि त्यही पुष्टि गर्छन्। यसैले आफ्नो खेल जीवनको अन्तिम वर्षहरु अझ प्रतिस्पर्धी होस् भन्ने उनको चाहना अनुचित मान्न सकिँदैन। यस्तोमा जसरी हुन्छ बार्सिलोनामा नै रोक्ने ब्यवस्थापनको योजना सफल भए पनि अब अगाडि के त? 

त्यसैले बार्सिलोना ब्यवस्थापन र मेस्सीबीच पछिल्लो समय देखिएको ‘युद्ध’को अन्त्य यो होइन। मैदानले दिने नतिजामा मात्र त्यो जित हार निर्भर हुनेछ। यदि बार्सिलोना जितमा बढ्न सकेमा यो समय पक्कै भुलिनेछ तर उस्तै कमजोर भइरहे? बेखुस मेस्सीले कस्तो रहला बार्सिलोना?

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
हितेन्द्रको रिटमा कारण देखाउ आदेश मंगलबार, कात्तिक १८, २०८२
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान,नेपाल’ मंगलबार, कात्तिक १८, २०८२
निकोलस भुसाल पक्राउ मंगलबार, कात्तिक १८, २०८२
ज्ञानेन्द्र शाहीको राजेन्द्र लिङ्देन र धवल शमशेरलाई चेतावनीपूर्ण अपिल: "मिलेर जान सक्दैनौ भने युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार छैन" मंगलबार, कात्तिक १८, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना मंगलबार, कात्तिक १८, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्