• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
ब्रिफिङ

ओलीको तराजुमा गौतम र खतिवडा

64x64
किशोर दहाल बुधबार, भदौ १७, २०७७  १७:३७
1140x725

राष्ट्रियसभामा युवराज खतिवडालाई निरन्तरता दिने कि वामदेव गौतमलाई लैजाने? निर्णय लिनलाई प्रधानमन्त्री केपी ओलीसँग अब धेरै समय बाँकी छैन।

राष्ट्रियसभाको आफ्नो दुई वर्षे अवधि पूरा गरेसँगै मन्त्रीबाट राजीनामा दिएका खतिवडाले गत फागुन २१ गते दोस्रो कार्यकालका लागि सपथ लिएका थिए। संघीय संसदको सदस्य नभए पनि ६ महिना मन्त्री हुन पाइने संवैधानिक प्रावधान अनुसार उनको मन्त्री पदको अवधि आगामी २० गतेसम्मका लागि हो।

मन्त्री पदमा निरन्तरताका लागि खतिवडाले २० गतेअघि नै संघीय संसद सदस्य बन्नुपर्ने छ। उनको दुई वर्षे पदावधि सकिएसँगै सो सभामा राष्ट्रपतिबाट मनोनित हुने एक स्थान रिक्त पनि छ। संघीय संसद सदस्य बन्न उनका लागि सोही स्थानमा मनोनित हुने उपाय अहिले छ। तर, यो विषय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र किचलोको विषय बन्दै आएको छ। जसले गर्दा उनको निरन्तरताका विषयमा प्रशस्तै आशंका उब्जिएका छन्।

खतिवडाको निरन्तरतामा आशंका उब्जिनुको कारण भने वामदेव गौतम हुन्। उनलाई गत फागुन १४ गते बसेको सचिवालय बैठकले केही दिनपछि नै रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यमा गौतमलाई सिफारिस गर्न मन्त्रिपरिषद्लाई अनुरोध गर्ने निर्णय गरेको थियो।

गौतम र सचिवालयका बहुमत सदस्यहरुको भनाइअनुसार, सो निर्णय अझै सान्दर्भिक छ। उनलाई नै राष्ट्रियसभा सदस्य बनाउनुपर्छ। अहिलेकै परिस्थितिमा गौतम राष्ट्रिय सभा सदस्य बने भने खतिवडाको सम्भावना सकिन्छ।

निर्णय दुई तीन दिन मात्रै बाँकी रहेकाले प्रधानमन्त्रीले अब लामो मन्थन, छलफल, आश्वासन, दबाब जस्ता उपाय अपाउने अवस्था छैन। उनले आफ्नो तराजुमा राखेर खतिवडा र गौतमको मूल्यांकन गर्नुपर्ने छ। मूल्याकंनको केन्द्रमा पार्टीभित्रको शक्ति संघर्षदेखि सरकार सञ्चालनमा सहजताका विषय हुन्छन् नै।

यो पनि पढ्नुहोस्

ओली रणनीति : एक अडान, पाँच दाउबिहीबार, फागुन १५, २०७६

चाहनामा खतिवडा
ओलीको चाहना खतिवडालाई नै अर्थमन्त्रीको रुपमा निरन्तरता दिने छ। पार्टीका मुख्य नेताहरुका सामु उनले त्यो विषय राखिसकेका छन्। खतिवडालाई निरन्तरता दिन खोज्नुको कारण सरकार सञ्चालनसँग जोडिएको छ।

मन्त्रिपरिषद्‌मा ओली र खतिवडाका सम्बन्धका बहुआयाम छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रिपरिषद्‌मा ओली पक्षका नेताहरु कम र कमजोर भएको अवस्था छ अहिले। भएकाहरु कतिपय विवादित भएका छन्, कतिपय ओलीको निकट भए पनि उनको इशारा बुझ्ने क्षमता राख्दैनन्। गोकुल बाँस्कोटाको बहिर्गमनपछि नै ओलीका निम्ति मन्त्रिपरिषद्‌मा इशारा बुझ्ने मन्त्रीको अभाव खड्किन थालेको हो। मन्त्रिपरिषद्‌मा आफ्नो रुचिका प्रस्तावहरु ओलीले बाँस्कोटामार्फत नै लैजान्थे। आफ्नो तर्फबाट बोल्नुपर्ने कुराहरु पनि उनैमार्फत बोलाउँथे।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीका लागि विकल्पविहीन पात्र हुन् डा युवराज खतिवडा?आइतबार, भदौ १४, २०७७

डा खतिवडाले बाँस्कोटाकै स्थान लिन सक्ने अवस्था त छैन तर ओलीका निम्ति भरोसायोग्य पात्र भने हुन्। ओलीको मन जित्ने गरी नीति बनाउनेदेखि नियुक्ति गर्ने सम्मको काम गर्न सकेका छन्। आवश्यक पर्दा ओलीलाई ‘कन्भिन्स’ गराउने क्षमता पनि उनले राख्छन्। मन्त्रिपरिषद्का त्यस्ता कम पात्र, जसलाई हर कोणबाट विश्वास गर्न सकियोस्, ओलीका निम्ति खतिवडा त्यस्तै पात्र हुन्। विश्वास गर्न सकिने भएरै ओलीले सञ्चार जस्तो महत्त्वपूर्ण मन्त्रालय पनि उनैलाई जिम्मा लगाएका छन्।

अर्थमन्त्रीलाई व्यक्ति मात्रै नभएर संस्था नै ठानिन्छ। त्यस्तो संस्थामा प्रधानमन्त्रीले आफ्नो अनुकूलता चाहनु स्वभाविक हो। ओलीको मात्रै कुरा होइन, बहुदलपछिको मन्त्रिपरिषद्को ढाँचा हेर्ने हो भने केही अपवादबाहेक अर्थमन्त्री प्रधानमन्त्रीकै विश्वासपात्र भएका छन्। ओलीले आफ्ना विश्वास पात्रको निरन्तरता खोज्नु अनौठो होइन। खतिवडा बाहिरिने बित्तिकै ओली समूहमा अर्थ मन्त्रालय हाँक्ने अर्को पात्रको अभाव छ। उनले अर्को गुटलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।

तत्कालीन एमालेको आर्थिक गोरेटोको खाका कोर्ने काममा खतिवडाको भूमिका प्रमुख छ। उनी नै अर्थमन्त्री भएका कारण ओली सरकारको आर्थिक नीतिको जुन क्रमबद्धता कायम भएको थियो, उनले निरन्तरता पाएमा त्यस खालका नीतिले पनि निरन्तरता पाउँछ। उनको ठाउँमा अन्यलाई ल्याउने बित्तिकै त्यो भत्किन्छ। किनकि, अन्य सम्भावित अर्थमन्त्रीहरु खतिवडाको शैली र प्राथमिकताको आलोचना गर्नेहरु छन्। त्यो ‘चेन’ टुट्ने बित्तिकै आजसम्म ओलीले प्रशंसा र बचाउ गर्दै आएका नीति र कार्यपद्धतिको विश्वसनीयतामा प्रश्न उठ्छ।

युवराज खतिवडाको अन्तर्राष्ट्रिय ख्याती छ। देशमा आर्थिक अनुशासन कायम गराउन उनको भूमिकाको प्रशंसा हुने गरेको छ। विश्वबैंक, एडिबी लगायत अन्य दाता राष्ट्रसँग सहयोग ल्याउनका लागि उनैले भूमिका खेल्न सक्छन्। मुख्यतः कोरोनाले ध्वस्त पारेको अर्थतन्त्रलाई पुनर्जीवन दिनका लागि खतिवडाको बाहिरी ख्याती सहायकसिद्ध हुने बुझाइ प्रधानमन्त्री ओलीको छ। 

एकपछि अर्का मन्त्रीहरु व्यक्तिगत लाभको विवादमा फसिरहेका बेला खतिवडाले आफ्नो छवि धेरै हदसम्म जोगाएका छन्।  साथै, बाहिर केही कारणले खतिवडाको विरोध हुने गरेको भए पनि उनी मूलतः सही ठाउँमा छन् भन्ने ओलीको विश्वास छ। यस्ता पात्रलाई बाहिर धकेल्न ओलीले चाहँदैनन्।

बाध्यताका वामदेव
वामदेव गौतम सांसद बन्ने सम्बन्धमा नेकपा सचिवालयले दुईवटा निर्णय गरिसकेको छ। फागुन १४ गते गरिएको राष्ट्रिय सभा सदस्य बनाउने र वैशाख २० मा गरिएको उपयुक्त समयमा प्रतिनिधि सभा सदस्य बनाउने निर्णय। दोस्रो निर्णयले पहिलोलाई प्रतिस्थापन गर्ने प्रधानमन्त्री र उनी निकट नेताहरुको भनाइ छ।

गौतम र उनी पक्षका नेताहरुले वैशाखको निर्णयले फागुनको निर्णयलाई प्रतिस्थापन गरेको चर्चालाई पनि अस्वीकार गर्ने गरेका छन्। फागुन १४ को निर्णयको औचित्य अझै कायम रहेको गौतम लगायतका केही सचिवालय सदस्यको भनाइ छ।

परिस्थिति अन्य बेलाको जस्तै भएको भए परिणामको बेवास्ता गरेर आफू अनुकूलको निर्णय गर्दै अघि बढ्न सक्थे। तर उनी अहिले रक्षात्मक बन्नुपरेको अवस्था छ। अध्यादेश प्रकरणपछि दिनहरु उनलाई सजिला भइरहेका छैनन्। यसबीच उनले पार्टी कमिटीमा राजीनामाको माग पनि सुन्नुपरेको छ।

यो पनि पढ्नुहोस्

ओलीलाई अप्ठ्यारो पर्दा गौतमको सधैं साथबुधबार, साउन १४, २०७७

असार १० गतेदेखि सुरु स्थायी कमिटी बैठक पनि ओलीका निम्ति सुखद रहेका छैनन्। पार्टी नै विभाजन हुने हो कि भन्नेसम्मको आशंका भइरहेको बेलामा गत साउन ३० गते कार्यदल गठन गरिएको थियो। सो कार्यदलको प्रतिवेदनले पार्टीको तत्कालको विवादलाई निरुपण गरेको छ नै, आगामी दिनमा पनि पार्टी र सरकारको कार्यशैलीको खेस्रा तयार गरेको छ। सरकार र पार्टीबीचको नियमित संवादलाई प्रतिवेदनले सुनिश्चित गरिदिएको छ।

पार्टीलाई फुटबाट जोगाउन सूत्रको रुपमा हेरिएको प्रतिवेदनको मूल मर्मलाई ओलीले बेवास्ता गर्ने अवस्था अहिले छैन। अर्थात्, पार्टी कमिटीको निर्णयलाई बेवास्ता गरेर अघि बढ्न सक्ने अवस्थामा ओली देखिँदैनन्। सचिवालय निर्णय र बहुमत सदस्यको अडान एकातिर भइरह्यो भने प्रधानमन्त्रीको ढिपी अर्कोतिर हुने देखिँदैन। त्यसो भयो भने सहज हुँदै गरेको वातावरणलाई खलबलिन सक्छ। जुन फेरि उनकै निम्ति प्रत्युत्पादक बन्न सक्छ।

त्यसो त गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएर मात्रै ओलीले सुख पाउने सम्भावना कम छ। उनी राष्ट्रिय सभा सदस्य बन्दैमा चुप लागेर बस्लान् भन्ने कुरा उनलाई नजिकबाट चिन्नेहरु पत्याउँदैनन्। उनको चाहना प्रधानमन्त्री बन्ने नै हो। त्यसका लागि संविधान बाधक बन्ने भएकाले शक्तिशाली मन्त्री बन्ने उनको प्रयास रहनसक्छ। नेकपाभित्रको कुनै सम्भावित शक्ति संघर्षलाई पार लगाउने उपाय खोज्ने सवालमा गौतममा मन्त्रीको रहर नजाग्ला भन्न सकिन्न। गौतम सधैंको टाउको दुखाइ बन्न सक्ने प्रधानमन्त्री ओलीले पक्कै बुझेका छन्।

अर्कोतिर अहिलेको  अवस्थामा गौतमसँगको सम्बन्ध नबिगार्नु पनि ओलीका निम्ति आवश्यक छ। किनकि, सचिवालयमा गौतम बहुमत र अल्पमतका बीचका सेतु हुन्। उनी जुन पक्षतिर जोडिन्छन्, त्यतै बहुमत पुग्छ। त्यसैले गौतमको कुरा काट्ने अग्रसरता नेकपामा कसैले देखाउँदैनन्। नत्र, प्रतिनिधिसभाको चुनाव हारेको नेताले पुनः सांसद बन्ने प्रयास गरिरहँदा ‘त्यसो गर्नु जनमतको अपमान हो’ भनेर कसैले किन भन्न सक्दैन? किनकि, उनलाई उपयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्न सकिने बाँकी नेतालाई थाहा छ।

गौतम ओलीका यस्ता सारथी हुन्, उनलाई अप्ठ्यारो परेका बेला साथ दिन सधैं तयार देखिन्छन्। त्यसैले गौतमलाई चिढ्याएर अघि बढ्नु कालान्तरमा दुःखको साथी गुमाउनु जस्तै हो। यस्तो परिस्थितिका बीच गौतमको नाममा भएको पुरानै निर्णय कायम रहँदासम्म ओली उनकै पक्षमा निर्णय गर्न बाध्य हुन्छन्। त्यसैले गौतम पनि नबिच्कने र खतिवडालाई पनि निरन्तरता दिन सकिने उपायको खोजी नै अहिले प्रधानमन्त्रीको चुनौती हो।

खतिवडालाई नै निरन्तरता दिनका लागि ओलीले गौतमको तगारो सुखद निर्णयबाट पन्छाउनुपर्ने हुन्छ। त्यसका लागि सबैभन्दा सहज उपाय भनेको उनलाई नै यो राष्ट्रिय सभा जाने अडानबाट फिर्ता गराउनु हो। उनले नै यो रहर त्यागे भने ओलीका निम्ति सहजता हुन्छ। त्यही प्रयोजनका लागि ओलीले केही प्रस्तावहरु राखेका गौतम निकट नेताहरुको भनाइ छ। तर, त्यसले मूर्त रुप लिने विषयमा प्रशस्तै सन्देह छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १७:३७
  • #नेकपा
  • #युवराज-खतिवडा
  • #केपी_ओली
  • #बामदेव
  • #राष्ट्रियसभा-सदस्य

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
सरकारले देश जलाउने काम गर्‍यो, राजसंस्थाबिना राष्ट्रको रक्षा हुन सक्दैन : प्रसाईं मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशै... मंगलबार, भदौ ३०, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीयमामिला तथा... मंगलबार, भदौ ३०, २०८३
अर्थमन्त्री वाग्ले असाेज १ गते भारत भ्रमणमा जाने दुईदिने भ्रमणका क्रममा वाग्लेले नेपाल–भारत आर्थिक सहकार्य तथा विपद्पछिको पुनर्निर्माणबारे छलफल गर्ने बताइएकाे छ । सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीमा १ हजार ३९७ जनाको शव फेला मंगलबार, भदौ ३०, २०८३
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा, बिहीबारदेखि यातायात सञ्चालनको तयारी मंगलबार, भदौ ३०, २०८३
इन्टरको शतप्रतिशत जित मंगलबार, भदौ ३०, २०८३
रोमा शीर्षस्थानमा मंगलबार, भदौ ३०, २०८३
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्