काठमाडौं– नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूको भेला सुरू भएको छ।
आज दिउँसो प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भेला भएको हो।
भेलामा केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरूङ, अजयबाबु शिवाकोटी पनि सहभागी छन्। साथै लुम्बिनी कांग्रेस सभापति अम्मरसिंह पुन र गण्डकी सभापति शुक्रराज शर्मा पनि उपस्थित छन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका थिए।
विशेष महाधिवेशन पक्षधरले २०१४ सालमा भएको कांग्रेसको प्रथम विशेष महाधिवेशनमा सहभागी रहेका नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भेला गरेका हुन्।
विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेका छन्। २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको माग सहित लिखित प्रस्ताव पेश गरिएको छ।
कांग्रेस विधान अनुसार प्रस्ताव पेश गरेको मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। यसलाई आधार बनाई जसरी पनि विशेषमहाधिवेशन गर्न दवाद दिने नेताहरुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।