काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अब प्रधानमन्त्री बन्ने धेरै रुचि नभएको बताएका छन्।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देशले मागे जिम्मेवारीबाट भने नपन्छिने बताएका हुन्।
उनले भने, ‘राजेन्द्र पाण्डेजीले मलाई केही भारी बोकाउँछु भन्दै उठ्नुभएको थियो। बोकाउनु पनि भयो। उहाँले आगामी निर्वाचनपछि मलाई फेरि एक पटक प्रधानमन्त्रीको रूपमा देख्न चाहेको र प्रधानमन्त्रीको रूपमा गर्नुपर्ने कामको बारेमा केही कुरा राख्नुभयो। प्रधानमन्त्री बन्ने र त्यसका लागि मरिमेट्ने इच्छा छैन। तर देश र जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो बानी छैन।’
उनले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान नै चलाएको दाबी गरेका छन्। उनले आफूले राम्रो काम गर्न खोज्दा खोज्दै सङ्ख्याको बलमा आफूलाई सरकारबाट हटाइएको बताए।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको कारणले जेनजी विद्रोह भएको भन्दै जेन जेडले उठाएको माग जायज रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।