Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीलाई अप्ठ्यारो पर्दा गौतमको सधैं साथ

64x64
किशोर दहाल बुधबार, साउन १४, २०७७  २१:२५
1140x725
फोटोः नयाँ पत्रिका

काठमाडौं- पार्टी एकतापछि केपी ओली सर्वाधिक प्रतिकूल परिस्थितिबाट ग्रुज्रिरहेका छन्। पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल समूहका नेताहरुको भनाई पत्याउने हो भने यसपटकको संघर्षका परिणाम ओलीले दुईमध्ये एक पद गुमाउनेछन्।

यस्तै अवस्थामा पार्टी उपाध्यक्ष वामदेव गौतमका तर्फबाट मंगलबार ६ वटा बुँदा रहेको प्रस्ताव सार्वजनिक भएको छ। ओलीलाई प्रत्यक्ष राहत पुग्ने सो प्रस्तावको एउटा बुँदा छ- कमरेड केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने।

महाधिवेशनपछि पार्टी नेतृत्वमा हेरफेर हुनसक्ने सम्भावनासहितको यो प्रस्तावले मूलतः ओलीलाई नै त्राण दिन्छ। एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गराउनुको ओलीका अनेक उद्देश्यमध्ये पाँच वर्षे प्रधानमन्त्रीको सुनिश्चितता मुख्य थियो। विगतमा पार्टीभित्रका अनेक जटिलता समाधान गर्दा ओलीले आफ्नो सो उद्देश्यलाई केन्द्रमा राख्ने गरेका छन्। गौतमको प्रस्तावले ओलीको सोही उद्देश्यलाई बल पुर्‍याउँछ।

त्यस्तै, प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पक्षमै रहेका गौतम सो प्रस्तावपछि फेरि ओली पक्षमा पुगेको चर्चा हुन थालेको छ। विपक्षी मोर्चा कमजोर भएको अर्थ्याउन र आफ्नो मोर्चा बलियो भएको देखाउन ओलीलाई सहज भएको छ। सचिवालयमै अल्पमतमा रहेका भनिएका ओलीलाई वामदेवको साथले बहुमतमा पुर्‍याउने छ। ओलीको साथमा रहेका ईश्वर पोखरेल, बिष्णु पौडेल तथा रामबहादुर थापा बादलसँगै गौतम पनि जोडिन आइपुगे भने सचिवालयका ९ मध्ये ५ सदस्य ओली खेमामा हुनेछन्।

वामदेवको प्रस्ताव सार्वजनिक भएलगत्तै ओली पक्ष भने उत्साहित भएको देखिन्छ। मंगलबार दिनभर नै सो पक्षका कतिपय नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा प्रस्तावलाई प्राथमिकता दिएर फैलाएका थिए। मंगलबारै बिबिसी नेपालीसँग कुरा गर्दै ओलीका विश्वास पात्र ईश्वर पोखरेलले त्यसलाई सकारात्मक भएको बताएका थिए। ‘वामदेवजीले अगाडि सार्नुभएको प्रस्तावचाहिँ पार्टी एकताको पक्षमा मूलतः सकारात्मक रुपमा छ। कतिपय विषयहरु उहाँलाई लागेको कुरा लेख्नुभएको छ। त्यसमा हामीले छलफल गर्न सक्छौं। त्यसमा छलफल गरेर अगाडि बढ्न सक्छौं’, उनले भनेका थिए।

गौतमको प्रस्ताव ओलीलाई साथ दिने हिसाबले नआएको उनी निकट नेता बलराम बाँस्कोटाको भनाई छ। 'अहिले पार्टी विभाजनतिर उन्मुख भइरहेको थियो। ओली बरु पार्टी विभाजन गर्ने तर नझुक्ने र प्रचण्ड-नेपालसँग बहुमत छ, झुक्ने कुरै भएन', उनी भन्छन्, 'साँढा गोरुहरुलाई जोत्ने हलोको रुपमा गौतमको प्रस्ताव आएको हो।'

यद्यपि, ओलीले वामदेवको प्रस्तावबाट कृतज्ञता महसुस गरेको कुरा मंगलबार साँझको डिनर भेटघाटले पनि पुष्टि गर्छ। प्रधानमन्त्री ओलीले ७ बजेदेखि ९ बजेसम्म गौतम निवास भैंसेपाटीमा बिताए। उनको साथमा पत्नी राधिका शाक्य पनि थिइन्। व्यक्तिगत र पारिवारिक भनिएको सो भेटघाटमा ओलीका अर्का विश्वासपात्र बिष्णु पौडेल पनि सहभागी थिए। संक्रमणबाट जोगिन सानातिना व्यवहारमा पनि अति सचेचता अपनाइरहेका ओलीको बालुवाटारदेखि भैंसेपाटीसम्मको यात्रा अनुहार देखाउन र डिनरका लागि मात्रै थिएन भन्ने कुरा विगतका राजनीतिक समीकरणका सेतु पहिल्याउने जो कसैले सहजै बुझ्न सक्ने कुरा हो।

ओलीलाई वामदेवको निरन्तर साथ
ओली र गौतमको पहिलो भेट २०३४ सालमा सेन्ट्रल जेलमा भएको थियो। तर, पञ्चायतकालका कठिन जेल जीवनका समयमा उनीहरुको सम्बन्धले खास स्वरुप लिन नपाउँदै गौतम दमौली सारिएका थिए। जेलबाट बाहिरिएपछि खुला राजनीति गर्ने क्रममा उनीहरुको सम्बन्ध जोडिँदै गएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

उनीहरु दुवैको सम्बन्ध पुरानो भएको बाँस्कोटाको भनाई छ। 'उहाँहरु दुवै मदन भण्डारीले विश्वास गर्ने नेता हुन्। त्यस हिसाबले पनि उहाँहरुको सम्बन्ध राम्रै हो', उनको भनाई छ।

महाकाली सन्धिताका भने पार्टीभित्रका दुई धारको नेतृत्व गर्न सुरु गरेका ओली-गौतम सम्बन्ध पार्टी विभाजनसँगै पर धकेलियो। पुनः पार्टी जोडिएपछि उनीहरुको बीचको सम्बन्ध उतारचढावपूर्ण रह्यो। पार्टीभित्रका दुई मुख्य नेता हुनुको कारण सहयोग र प्रतिस्पर्धाको राजनीति चलिरह्यो। जसमा ओलीलाई गौतमको साथ भने विशेष चर्चाको विषय बन्ने गरेको छ। ओलीलाई अप्ठ्यारो परेको बेला गौतमले साथ दिने विषय आफ्ना लागि पनि रोचक भएको बाँस्कोटा बताउँछन्।

पछिल्लो सम्बन्धको सुरुवात भने अघिल्लो संविधानसभा-संसद रहेका बेला तत्कालीन एमालेको संसदीय दलको नेता चयनपछि सुरु भएको हो। त्यतिबेला दुवै नेताबीच लामो समयसम्म सँगै जाने भद्र सहमति भएको थियो। जसअनुसार, संसदीय दलको नेतामा वामदेवले ओलीलाई सघाउने, महाधिवेशनमा पनि गौतमले ओलीलाई सघाउने, ओली अध्यक्ष भएपछि संसदीय दलको जिम्मेवारी गौतमलाई दिने र ओली प्रधानमन्त्री बनेपछि गौतमलाई कार्यवाहक अध्यक्ष दिने लगायतका भद्र सहमति त्यतिबेला भएको नेताहरुले बताउने गरेका थिए।

गौतमले ओलीलाई साथ दिए। जसअनुसार, ओलीले संसदीय दलको नेता, पार्टी अध्यक्ष हुँदै प्रधानमन्त्रीसम्मको पद हासिल गरे। पार्टीमा शक्ति बढाए।

पार्टी एकताको क्रममा पनि वामदेवले ओलीलाई बलियो बनाउन भूमिका खेले। जेठ २ गते भएको गोप्य सहमतिको सूत्राधार पनि उनी नै थिए भन्ने एकताको आन्तरिक प्रक्रियाका बारेमा जानकार कतिपय नेताहरुको भनाई छ। अन्यौलमा परेको एकतालाई सोही सहमतिले सम्भव तुल्याएको थियो। यद्यपि, सो सहमतिमा ओलीले बिष्णु पौडेल र प्रचण्डले जनार्दन शर्मालाई साक्षी राखे। 

पार्टी एकतापछि पनि ओलीलाई अप्ठ्यारो परेका बेलामा साथ दिँदै आएका छन्। त्यसको सबैभन्दा ठूलो परिणाम भने गत वैशाखमा देखियो। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको र पार्टी कमिटीमा पहिलोपटक प्रधानमन्त्रीको राजीनामा मागिँदा सुरुवातमा गौतम पनि राजीनामा माग्ने समूहमै थिए। कतिसम्म भने, प्रधानमन्त्री ओलीले 'अबको प्रधानमन्त्री वामदेव' भन्दा उनले 'पहिले राजीनामा दिनुस्' भन्ने जवाफ फर्काएका थिए।

जटिल बन्दै गएको समीकरणमा अन्ततः ओलीले बाजी मारे। उनी अर्को समूहलाई अलमल्याउन सफल भए। त्यसको कारण थियो, ओलीलाई गौतमको साथ। बदलिएको समीकरणबाट आफ्नो समूह कमजोर भएपछि प्रचण्ड-नेपाल लगायतका नेताहरु पनि नरम भए। ओली बलियो बनेसँगै सामान्य आत्मालोचना सहित सो विवाद अन्त्य भयो। वैशाख २० गते बसेको सचिवालय बैठकमा केही मुख्य नेताहरुले आत्मालोचना गरे र गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरे।

गौतमको मुड परिवर्तनका लागि घनश्याम भुसाल, योगेश भट्टराई, पद्मा अर्याल, लेखराज भट्ट लगायतका नेताहरु उनको निवास भैंसेपाटीमै पुगेर पहल गरेका थिए। 'पहिले पनि एमाले विभाजन हुँदा तपाईंलाई कलंक लागेको थियो', उनीहरुको सामूहिक आग्रह थियो, 'यसपटक पार्टी विभाजन भयो भने तपाईंमाथि पनि कलंक  लाग्छ। त्यसैले तपाईंले विशेष भूमिका निर्वाह गर्नुपर्‍यो।'

आफूले पहिले गौतमलाई भेटेरै पहल एकताको लागि पहल गर्न आग्रह गरेको अर्यालको भनाई छ। गौतमले यसपटक आफ्नो सक्रियतामा ल्याएको प्रस्ताव पार्टी विभाजन रोक्ने सेतु हुनसक्ने उनको बुझाई छ।

राजनीतिक रुपमा मात्रै होइन, ओली बिरामी हुँदा समेत गौतमले स्वास्थ्य लाभको कामना गर्न विशेष सक्रियता देखाएका थिए। अघिल्लो वर्ष भदौमा ‘प्लाज्माफेरेसिस’ पद्धतिमार्फत शरीरमा देखिएको एन्टीबडी हटाउन सिंगापुरमा रहेका प्रधानमन्त्रीलाई भेट्न गौतम उहीँ पुगे। त्यतिबेला उनी प्रधानमन्त्रीले बोलाएको भन्दै सिंगापुर पुगेका थिए।

तर ओलीबाट धोका
ओलीको व्यवहार भने वामदेवको ठीक विपरित देखिन्छ। गौतमसँगको वाचा पूरा गर्ने, सहयोग गर्ने भन्दा पनि उनलाई प्रयोग गरेर आफू अगाडि बढ्ने ओलीको शैली विगतका कतिपय घटनाक्रमले स्पष्ट पार्छ।

ओलीलाई संसदीय दलको नेता बनाउन सहयोग गर्दा भएका भद्र सहमति अनुसार ओलीले सबैथोक पाए। उनी संसदीय दलको नेता त भए नै, कालान्तरमा प्रधानमन्त्री पनि भए। पार्टीभित्र थप बलियो बन्ने आधार पनि तयार पारे। तर, गौतमले केही पाएनन्।

वामदेवमाथिको धोकाको रुपमा यी प्रसंगलाई उनी निकटका नेताहरु सधैं चर्चा गरिरहन्छन्। 'ओलीले गौतमसँग जेजे प्रतिबद्धता गर्नुभएको छ। कुनै पनि पूरा गर्नुभएको छैन', बाँस्कोटाको भनाई छ। 

२०७४ मंसिरमा भएको प्रतिनिधिसभामा चुनावमा बर्दियाबाट उम्मेदवार बनेका गौतम पराजित भए। स्थानीय चुनावमा पार्टीले प्राप्त गरेको मत र गठबन्धनलाई आधार मान्ने हो भने उनको जीत सुनिश्चित जस्तै थियो। तर हारे। केपी ओली पक्षले सहयोग नगरेको र धोका दिएको गौतमको बुझाई थियो। खासमा त्यसअघि देखि नै पार्टीभित्र प्रधानमन्त्री बन्न बाँकी शिर्ष नेता भएकाले गौतमलाई प्रधानमन्त्री बनाउने चर्चा गरिएकै थियो, गौतमले पनि आफूलाई सोही रुपमा प्रस्तुत गरे। चुनाव जितेर आएमा द्वन्द्व बढ्ने ठानेका विरोधीहरुले योजनावद्ध ढंगले आफूलाई हराएको उनले चुनावपछि नै भन्ने गरेका थिए।

चुनाव हारेपछि उनलाई पुनःनिर्माण प्राधिकरणको नेतृत्व दिने र विकासका कामको नेतृत्व दिने भनियो। त्यसका पनि गौतम उत्साहित भए। तर, अहिले त्यसको अत्तोपत्तो छैन।

त्यसो त गौतमले प्रतिनिधिसभामा जान पनि जोड गरे। कैयौं सांसदलाई फकाए। अन्तिममा काठमाडौंका उम्मेद्‍वार रामवीर मानन्धरलाई राजीनामा दिन सहमत गराए। तर, ओलीले त्यसको विरोध गरे। ओली पक्षका नेताहरुले यो विषयलाई यति धेरै नकारात्मक चर्चामा ल्याइदिए कि उनी चुनाव लड्नु पहिल्यै पराजित भएजस्ता भए। अन्ततः उनी पछि हटे। मानन्धर सांसदमा यथावत् रहे।

गौतमको जोड राष्ट्रियसभामा जानेमा पनि रह्यो। सुरुवातमा चुनाव लड्न तयार नभएका उनले पछि सचिवालयबाट नै राष्ट्रपतिबाट मनोनित हुने गरी राष्ट्रियसभा सदस्य बन्न निर्णय गराए। तर, ओलीले वामदेवको सट्टा युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिइदिए। फलस्वरुप उनी राष्ट्रियसभा सदस्यको दौडबाट बाहिरिए।

गौतमलाई ओलीले पूर्णरुपमा बेवास्ता नै गर्छन् भन्ने पनि होइन। अघिल्लो वर्ष गौतमको जन्मदिनमा ओलीले बालुवाटारमै बोलाएर ‘केक’ काटेर शुभकामना दिएका थिए। आफू विरुद्धको गठबन्धन बलियो हुँदै गएको सन्दर्भमा त्यसलाई फुटाउन उनले गौतलाई उपाध्यक्ष पद पनि थमाएका थिए। विधानमै नभएको पद सिर्जना गरेर ओलीले गौतमलाई उपहार दिएका थिए। जुनपछि केन्द्रीय कमिटीबाट पनि अनुमोदन भयो।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  २१:२५
  • #वामदेव-गाैतम
  • #bamdev_gautam

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
संसदीय समितिका निर्वाचनमा एमाले र नेकपाका उम्मेदवारलाई समर्थन गर्न काँग्रेसको निर्देशन उक्त निर्देशन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयनको अनुगमन तथा मूल्... शुक्रबार, वैशाख ४, २०८३
संसदका सबै गतिविधि पारदर्शी बनाउँछु : सभामुख शुक्रबार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आबद्ध सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सभामुख अर्यालले आफूले संसदका सबै गत... शुक्रबार, वैशाख ४, २०८३
दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै यसका लागि गठित निर्वाचन संयन्त्रले सांसदहरूलाई औपचारिक बैठकमा सहभागी हुन आह्वान गरेको हो । शुक्रबार, वैशाख ४, २०८३
ताजा समाचारसबै
संसदीय समितिका निर्वाचनमा एमाले र नेकपाका उम्मेदवारलाई समर्थन गर्न काँग्रेसको निर्देशन शुक्रबार, वैशाख ४, २०८३
संसदका सबै गतिविधि पारदर्शी बनाउँछु : सभामुख शुक्रबार, वैशाख ४, २०८३
दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै शुक्रबार, वैशाख ४, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा शुक्रबार, वैशाख ४, २०८३
दीपेन्द्रको कप्तानीमा यूएईसँग टी-२०आई खेल्ने नेपाली टोली घोषणा शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्