• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली रणनीति : एक अडान, पाँच दाउ

64x64
किशोर दहाल बिहीबार, फागुन १५, २०७६  १९:५४
1140x725

काठमाडाैं- पार्टी र सरकारमा एकछत्र राज गरेका केपी ओली अहिले सरकार र पार्टी दुबैतिर कमजोर देखिएका छन्। पछिल्ला दृष्यहरुले उनको हातबाट अहिले पार्टीको लगाम छुट्दै गएको देखिन्छ। सुरुवातमा अर्का अध्यक्ष प्रचण्डसँग मिलेर आफू अनुकूल निर्णय गर्दै आएका उनी अहिले प्रचण्डसामु कमजोर देखिएका छन्। 

चतुर प्रचण्डका अनेक रणनीतिका अघि ओलीको शक्तिले काम गर्न छाडेको छ। पूर्व एमालेका नेताहरुले साथ छोड्दा ओली अहिले न आफू अनुकूल निर्णय गराउन सक्ने अवस्थामा देखिएका छन्, न त्यसलाई अस्वीकार गर्ने अवस्थामा छन्। बरु प्रचण्डले पूर्व एमालेका नेताहरुको साथ लिएर ओलीलाई अप्ठ्यारोमा पार्न सफल भइरहेको छन्। प्रचण्डले पूर्व एमालेकै नेताहरुको सहयोगमा ओलीमाथि कायम गरेको दबाबकै निरन्तरता पछिल्ला दुई सचिवालय बैठकमा पनि रह्यो।

गत शनिबार बसेको बैठकले संविधान संशोधनसँग सम्बन्धित एक कार्यदल गठन गर्‍यो। बुधबारको बैठकले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गर्‍यो। दुवै निर्णयमा ओलीको खुला सहमति थिएन।

बुधबारको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य डा युवराज खतिवडाको स्थानमा गौतमलाई सदस्य बनाउने आशयसहितको निर्णय सुनाएका थिए। निर्णय सुनाइएको केही बेरमै प्रधानमन्त्रीले सो निर्णय नमान्ने बताएको सचिवालयकै सदस्यहरुले नै मिडियामार्फत सार्वजनिक गरिदिएका छन्। सामान्यतयाः कम्युनिस्ट पार्टीमा पार्टीले नै सरकार चलाउने मान्यता राखिन्छ। नेपालका कम्युनिस्ट पार्टी पनि त्यस्तै ठान्छन्। ओलीको पछिल्लो प्रयासले भने त्यो मान्यतामा प्रश्न चिह्न उठाएको छ।

प्रधानमन्त्रीले डा खतिवडालाई हटाएर गौतमलाई ल्याउनुमा विशेषतः व्यापारीहरुको रुचि रहेको आफू निकटहरुसँग बताएका छन्। त्यस अतिरिक्त सचिवालयका बहुमत सदस्यले बाहिरै भेटघाट गरेर, रणनीति बनाएर, फाइदा बेफाइदा मोलतोल गरेर सचिवालय बैठकमार्फत औपचारिक दिन थालेको उनको बुझाइ छ। त्यसो गरेर आफूलाई पेल्न खोजिएको उनको बुझाइ स्वभाविक हो।

निर्णय अस्वीकार गर्ने प्रयास गर्नुका पछाडि मुख्यतयाः ५ कारण रहेको उनी निकटका नेताहरुसँगको कुराकानीबाट बुझ्न सकिन्छः

खतिवडामा सरकारको अनुहार
अर्थमन्त्रीलाई व्यक्ति मात्रै नभएर संस्था नै ठानिन्छ। त्यस्तो संस्थामा प्रधानमन्त्रीले आफ्नो अनुकूलता चाहनु स्वभाविक हो। ओलीको मात्रै कुरा होइन, बहुदलपछिको मन्त्रिपरिषद्को ढाँचा हेर्ने हो भने केही अपवादबाहेक अर्थमन्त्री प्रधानमन्त्रीकै विश्वासपात्र भएका छन्।

त्यसो त, युवराज खतिवडाको अन्तर्राष्ट्रिय ख्याती छ। देशमा आर्थिक अनुशासन कायम गराउन उनको भूमिकाको प्रशंसा हुने गरेको छ। भ्याट सिस्टम लागू गरेको तथा केही नीतिगत कामहरुका कारण उनको उनले सरकारको छवि जोगाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो त, तत्कालीन एमालेको आर्थिक गोरेटोको खाका कोर्ने काममा उनको भूमिका प्रमुख छ। साथै, बाहिर केही कारणले खतिवडाको विरोध हुने गरेको भए पनि उनी मूलतः सही ठाउँमा छन् भन्ने ओलीको विश्वास छ। उनी भ्रष्ट पनि छैनन्। यस्ता पात्रलाई बाहिर धकेल्न ओलीले चाहँदैनन्।

खतिवडालाई बाहिर धकेल्ने बित्तिकै ओली समूहका लागि अर्थमन्त्री बनाउने अर्को पात्रको अभाव छ। उनले अर्को गुटलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।
त्यस्तै, प्रधानमन्त्री ओली पक्षका नेता मन्त्रिपरिषद्‌मा कम भएको अवस्था छ।

प्रधानमन्त्री ओलीका लागि मन्त्रिपरिषद्मा रहेका धेरै सदस्यमध्ये डा खतिवडा निकै महत्त्वपूर्ण छन्। गोकुल बाँस्कोटाको बहिर्गमन ओलीका निम्ति ठूलो झट्का थियो। मन्त्रिपरिषद्‌मा आफ्नो रुचिका प्रस्तावहरु ओलीले बाँस्कोटामार्फत नै लैजान्थे। आफ्नो तर्फबाट बोल्नुपर्ने कुराहरु पनि उनैमार्फत बोलाउँथे। डा खतिवडाले बाँस्कोटाको स्थान त नलेलान् तर ओलीका निम्ति भरोसायोग्य पात्र भने हुन्। मन्त्रिपरिषद्का त्यस्ता कम पात्र, जसलाई हर कोणबाट विश्वास गर्न सकियोस्, ओलीका निम्ति खतिवडा त्यस्तै पात्र हुन्।

सरकार र पार्टी अलग राख्ने प्रयत्न
नेकपाको हरेकजसो बैठकमा उठ्ने विषय हो- सरकारले पार्टी चलाएको छ कि पार्टीले सरकार? सरकारले पार्टीसँग सल्लाह नगरी निर्णय गर्ने गरेको कारण आफूहरुले सरकारको बचाउ गर्न नसकेको कतिपय नेकपा नेताहरुले खुला रुपमै राखिरहेको धारणा हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पूर्व एमालेले सानासाना सरकारी अवसरमा पनि पार्टीले निर्णय गर्ने गरेको थियो। नेकपामा पनि सोही शैलीको खोजी हुने गरे पनि केपी ओलीले भने त्यस्तो शैलीलाई अपनाएका छैनन्। पार्टीले पनि त्यस्तो परम्परा त्याग गरिसकेको छ। तर, प्रश्न भने उठ्ने गरेकै छ। 

ओलीले पार्टीले नै सरकार चलाउने हो भनेर स्पष्टीकरण दिने गरेको भए पनि व्यवहारमा भने त्यस्तो गर्न चाहँदैनन्। बामदेवलाई सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्य नबनाउने अडानको पछाडि ओलीको सोही चाहनाले भूमिका खेलेको छ। उनले राष्ट्रियसभाका लागि सिफारिस गर्ने अधिकार आफ्नो भएको र त्यसमा पार्टीले हस्तक्षप गर्न नहुने बताउनुको पछाडि सोही मनोविज्ञानले भूमिका खेलेको छ।

कमजोर छैन भन्ने सन्देश
पार्टी निर्णयहरुमा आफ्नो पकड गुम्दै गएपछि ओलीलाई असुरक्षा भाव पैदा हुनु स्वभाविक हो। शक्तिशाली भइकन पनि सरकार ढाल्ने षडयन्त्र भइरहेको भन्ने भाषण गर्नुको कारण त्यही हो। त्यो षडयन्त्रको स्थल अन्त होइन, पार्टीभित्रै हो भन्ने उनको संकेत पनि गलत होइन।

अनेक निर्णयहरुको चेपुवामा परे पनि उनले सचिवालयमा अल्पमत-बहुमतको खेल खेल्न चाहेका छैनन्। पछिल्ला निर्णयमा जसरी प्रचण्डलगायतका सदस्यको गठबन्धन देखिएको छ, त्यसले ओलीलाई बाध्य भएर सहमति जनाउनुपर्ने अवस्थामा पुर्‍याइरहेको छ।

ओलीको पछिल्लो अडान त्यही गठबन्धनप्रति आफ्नो शक्ति देखाउने प्रयत्न हो। उनी आफूलाई बाध्य बनाएर निर्णय गराइरहने हो भने त्यसलाई मानिरहन बाध्य छैन भन्ने सन्देश दिन चाहन्छन्। यो निर्णयमा ओलीले जिते भने उनका लागि तीनवटा जित एकसाथ हात लाग्छ। पहिलो, आफ्नो चाहनाअनुसार खतिवडालाई निरन्तरता दिने। दोस्रो, बामदेवलाई रोक्ने। तेस्रो, गठबन्धनविरुद्ध नैतिक विजय।

गठबन्धन फुटाउने दबाब
पछिल्ला निर्णयहरुमा ओलीको पक्षमा बोल्ने नेता ईश्वर पोखरेल मात्रै हुन्। विष्णु पौडेलले ओलीका तर्कमा साथ दिन छाडेका छन्। बादल हत्तपत्त बोल्दै बोल्दैनन्। बाँकी सदस्यहरु प्रचण्डको रणनीतिको सहयोगी भएजस्ता देखिन्छन्। बुधबारको बैठकमा ओलीले 'तपाईंहरु निर्णय गरेरै आउनुभएको होला' भन्दै गरेको कटाक्षमा सत्यता छ।

गत पुस अन्तिम हप्ता भैंसेपाटीस्थित बामदेव निवासमा बसेको प्रचण्डलगायतका नेताहरुको गोप्य बैठककै कारण सभामुखमा अग्नि सापकोटाको यात्रा सम्भव भयो। ओलीले नचाहँदा नचाहँदै एमसिसीबारे अध्ययन गर्न कार्यदल बन्यो। त्यस्तै, संविधान संशोधन कार्यदल बन्यो (जुन भंग पनि भइसकेको छ)।

गठबन्धनकै आड र रणनीतिमा बामदेवको यो यात्रा सहज भएको ओलीले बुझेकै कुरा छ। नत्र, सर्त तेर्स्याएर माघमा भएको चुनावमा भाग नलिएका बामदेव अहिले सर्तबिना नै सहमत हुन सम्भव थिएन।

ओलीका निम्ति यो गठबन्धनको प्रभाव निस्तेज गराउनु प्रमुख चुनौती छ। पछिल्लो अडानले त्यो गठबन्धन नै फुटाउने सम्भावना त छैन। तर, कुनै समय जुध्नु नै छ भने अहिल्यै किन नजुध्ने भन्ने ओलीको रणनीति देखिन्छ।

'म पनि अध्यक्ष हुँ'
ओलीलाई सरकार र प्रचण्डलाई पार्टी चलाउने अधिकारको सीमारेखा तय गरेदेखि पार्टी निर्णयमा प्रचण्ड हाबी हुँदै गएका छन्। उनको चाहनाअनुसारका निर्णय हुँदै आएका छन्। पूर्व एमालेका केही नेताहरुको साथ पनि पाएकाले उनी शक्तिशाली हुनु स्वभाविक हो। कमजोर अवस्थाबाट माथि उठ्दै गएकाले उनका निम्ति उत्साहजनक अवस्था रहेको छ।

सरकारका कामकारबाही पनि आलोचित हुँदै जानु, पार्टीभित्र पनि पकड गुम्दै जानुको कारण ओलीमा भने चिटचिटाहट देखिन्छ। हिजोसम्म आफ्नो बोली नै अन्तिम हुने पार्टीमा उनी जटिलता महसुस गरिरहेका छन्।

सचिवालयको निर्णय मान्दिनँ भन्नुको एउटा कारण अध्यक्षको शक्ति प्रयोग गर्ने चाह हो। उनी आफू पनि अध्यक्ष भएको अन्य सदस्यलाई स्मरण गराउन चाहन्छन्। यो प्रकरणमा उनले जिते भने उनको निशानाको सही ठाउँमा लागेको पनि पुष्टि हुने छ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भासामा बोल्न रुलिङ गरेका छन् । मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे विराटनगरमा आयोजित मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। मंगलबार, असोज २७, २०८३
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन कोशी प्रदेश सरकारको आयोजनामा भएको दुईदिने अन्तरप्रदेश समन्वय तथा अनुभव आदानप्रदान सम्मेलनको मंगलबार बिहान मुख्यमन्त्रीहरूले संयुक्त... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्