काठमाडौं– चितवन राइनोजले विराटनगर किङ्सलाई १७५ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङमा उत्रिएको चितवनले ५ विकेट गुमाएर १७४ रन बनायो। चितवनका लागि लागि रवि बोपराले ६५ रन बनाएर आउट भए भने डेविड मिलन १७, देव खनाल २७, सैफ जैव ३२, दीपक बोहरा ५ रन बनाए। कप्तान कुशल मल्लले नटआउट २० रन बनाए।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्छ दे लेंगाले समान दुई दुई विकेट लिए भने सुभम रन्जनेले एक विकेट लिए।
नेपाल प्रिमियर लिग (एनपीएल)मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ।
दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो। दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो।
विराटनगर सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ। यता, पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।