• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

सरकारले उडान रद्द गर्‍यो, युएईमै प्राण त्यागे रामसजीवनले

64x64
निर्मला घिमिरे मंगलबार, भदौ १६, २०७७  १४:०५
1140x725
अस्पतालमा अन्तिम अवस्थामा रुपन्देहीका रामसजीवन केवत

काठमाडौं-अस्पतालको शय्यामा तारले जेलिएर पल्टिएको एउटा शरीर। अन्तिम सास फेर्न देश फर्कने चाहनाले बढाएको छटपटाहट। आँखाभरि घरपरिवार, छोराछोरीको तस्बिर। 

‘मलाई धेरै रहर छ घर जान। छोराछोरी साना–साना छन्। बाउ-बाउ भनेर बोलाइराख्छन्,’ मुस्किलले निकालिएको आवाजसहितको एउटा भिडियो केही समयदेखि सामाजिक सञ्जालमा आइरहेको थियो। 

संयुक्त अरब इमिरेट्स (युएई) स्थित एक अस्पतालको शय्यामा मुस्किलले सास फेरिरहेका रुपन्देहीका रामसजीवन केवत स्वदेश फर्कन हारगुहार गरिरहेका थिए उक्त भिडियोमार्फत्। 

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान् ठप्प थिए। सरकारले चार्टर उडानमार्फत् विदेशमा रोजगारी गुमाएका, कोरोना बाहेकका अन्य बिरामीलगायत नेपालीलाई स्वदेश फर्काइरहेको थियो। 

तर रामसजीवनले धेरै पहिलादेखि स्वदेश फर्कने चाहना राख्दा पनि टिकट पाएका थिएनन्। 

‘भाइलाई धेरै अगाडिदेखि फर्काउन खोजेको। टिकट पनि कम्पनीले काटिदिने भनेको थियो। धेरै प्रयास गर्दा टिकट मिलेन। बल्लबल्ल टिकट मिलेको टिकट। आउन पाएन। हिजो युएईमै मृत्यु भयो,’ रामसजीवनका दाइ राम शाहले सुनाए। 

यसअघि १७ अगस्टमा युएईमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कनका लागि नेपाल एयरलाइन्सको उडान तय भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सोही उडानमार्फत् स्वदेश फर्कन रामसजीवन ठिक्क परेका थिए। तर सरकारले अचानक उडान रद्द गर्‍यो। रामसजीवनलगायत यात्रु छाडेर जहाज रित्तै फर्कियो ।

जहाज रित्तै फर्किएपछि पनि अझै रामसजीवनको स्वदेश फर्कने चाहना मरेको थिएन। फेरि ३१ अगस्टको टिकट मिल्यो । 

३१ तारिखमा घर फर्कँदैछु भनेर रामसजीवनले परिवारमा समेत खबर गरेका थिए। 

रामसजीवनका दाइ भन्छन्, ‘टिकट मिल्यो अब भाइ आउँछ भनेर खुसी लागेको थियो। तर फेरि अवस्था नाजुक हुँदै गएकोे खबर आयो। जुन दिन आउने भनेको थियो, त्यहीँ दिन भाइको मृत्यु भयो।’ 

Xtrem

Xtrem

झण्डै २ वर्ष अगाडि रोजगारीको खोजीमा युएई पुगेका रामसजीवन ४ महिनादेखि क्यान्सरले अस्पतालमा थलिएका थिए। 

‘भाइ युएई गएको ठ्याक्कै मिति त थाहा छैन। तर गएको दुई वर्ष भएको छैन। सुरुमा त प्यारालाइसिस् भएको भनेर सुनाइएको थियो’, रामसजीवनका दाइ राम शाहले नेपाल लाईभसँग भने।

३६ वर्षिय रामसजीवनका ४ छोरी र २ जना छोरा छन्। श्रीमती घरको काम गर्छिन्। परिवार उनकै भरमा थियो। यो भन्दा अगाडि  पनि उनले वैदेशिक रोजगारीमा गएर नै घर खर्च धान्दै आएका थिए। 

‘पहिले त कतार गएको थियो। कतारमा दुई पटक आउने–जाने गर्‍यो, ३ वर्षजति कतार बसेपछि युएई गएको थियो,’ उनका दाइले भने। कतारमा भन्दा युएईमा कमाई राम्रो हुने भन्दै रामसजीवन युएई हिँडेका थिए। 

कमाई ठीकै भएको बताउँथे। बेलाबेला पैसा पठाइरहेकै थिए। तर अचानक बिरामी परेदेखि उनीसँग परिवारले पैसाभन्दा पनि निको भएर फर्किए हुन्थ्यो भन्ने आशा राखेको थियो । 

उपचारपछि निको हुने छाँटकाँट नदेखिएपछि रामसजीवनले स्वदेश फर्किएर अन्तिम सास फेर्ने  इच्छा राखेका थिए। 

मर्नुभन्दा अगाडि देशको माटो टेकेर परिवार, छोराछोरीको साथ अन्तिम सास फेर्ने सपना थियो उनको। तर सरकारले कहिले चार्टर उडान खुल्ला गर्ने त कहिले बन्द गर्ने गरिरहँदा स्वदेश फर्कन पाएनन् रामसजीवन । 

घरपरिवार र छोराछोरी सम्झँदै छटपटाइरहे। अन्ततः उनले युएईमै प्राण त्याग गरे ।

‘अब शव ल्याउन पहल गर्नुपर्ने छ। दूतावासले जहाज आउँदा शव पठाइदिन्छौँ भनेको छ’ रामसजीवनका दाइले भने। अब कहिल्यै नउठ्ने गरेर रामसजीवन बाकसमा फर्कनेछन्। 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्