• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

सरकारले उडान रद्द गर्‍यो, युएईमै प्राण त्यागे रामसजीवनले

64x64
निर्मला घिमिरे मंगलबार, भदौ १६, २०७७  १४:०५
1140x725
अस्पतालमा अन्तिम अवस्थामा रुपन्देहीका रामसजीवन केवत

काठमाडौं-अस्पतालको शय्यामा तारले जेलिएर पल्टिएको एउटा शरीर। अन्तिम सास फेर्न देश फर्कने चाहनाले बढाएको छटपटाहट। आँखाभरि घरपरिवार, छोराछोरीको तस्बिर। 

‘मलाई धेरै रहर छ घर जान। छोराछोरी साना–साना छन्। बाउ-बाउ भनेर बोलाइराख्छन्,’ मुस्किलले निकालिएको आवाजसहितको एउटा भिडियो केही समयदेखि सामाजिक सञ्जालमा आइरहेको थियो। 

संयुक्त अरब इमिरेट्स (युएई) स्थित एक अस्पतालको शय्यामा मुस्किलले सास फेरिरहेका रुपन्देहीका रामसजीवन केवत स्वदेश फर्कन हारगुहार गरिरहेका थिए उक्त भिडियोमार्फत्। 

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान् ठप्प थिए। सरकारले चार्टर उडानमार्फत् विदेशमा रोजगारी गुमाएका, कोरोना बाहेकका अन्य बिरामीलगायत नेपालीलाई स्वदेश फर्काइरहेको थियो। 

तर रामसजीवनले धेरै पहिलादेखि स्वदेश फर्कने चाहना राख्दा पनि टिकट पाएका थिएनन्। 

‘भाइलाई धेरै अगाडिदेखि फर्काउन खोजेको। टिकट पनि कम्पनीले काटिदिने भनेको थियो। धेरै प्रयास गर्दा टिकट मिलेन। बल्लबल्ल टिकट मिलेको टिकट। आउन पाएन। हिजो युएईमै मृत्यु भयो,’ रामसजीवनका दाइ राम शाहले सुनाए। 

यसअघि १७ अगस्टमा युएईमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कनका लागि नेपाल एयरलाइन्सको उडान तय भएको थियो। 

Ncell 2
Ncell 2

सोही उडानमार्फत् स्वदेश फर्कन रामसजीवन ठिक्क परेका थिए। तर सरकारले अचानक उडान रद्द गर्‍यो। रामसजीवनलगायत यात्रु छाडेर जहाज रित्तै फर्कियो ।

जहाज रित्तै फर्किएपछि पनि अझै रामसजीवनको स्वदेश फर्कने चाहना मरेको थिएन। फेरि ३१ अगस्टको टिकट मिल्यो । 

३१ तारिखमा घर फर्कँदैछु भनेर रामसजीवनले परिवारमा समेत खबर गरेका थिए। 

रामसजीवनका दाइ भन्छन्, ‘टिकट मिल्यो अब भाइ आउँछ भनेर खुसी लागेको थियो। तर फेरि अवस्था नाजुक हुँदै गएकोे खबर आयो। जुन दिन आउने भनेको थियो, त्यहीँ दिन भाइको मृत्यु भयो।’ 

झण्डै २ वर्ष अगाडि रोजगारीको खोजीमा युएई पुगेका रामसजीवन ४ महिनादेखि क्यान्सरले अस्पतालमा थलिएका थिए। 

‘भाइ युएई गएको ठ्याक्कै मिति त थाहा छैन। तर गएको दुई वर्ष भएको छैन। सुरुमा त प्यारालाइसिस् भएको भनेर सुनाइएको थियो’, रामसजीवनका दाइ राम शाहले नेपाल लाईभसँग भने।

३६ वर्षिय रामसजीवनका ४ छोरी र २ जना छोरा छन्। श्रीमती घरको काम गर्छिन्। परिवार उनकै भरमा थियो। यो भन्दा अगाडि  पनि उनले वैदेशिक रोजगारीमा गएर नै घर खर्च धान्दै आएका थिए। 

‘पहिले त कतार गएको थियो। कतारमा दुई पटक आउने–जाने गर्‍यो, ३ वर्षजति कतार बसेपछि युएई गएको थियो,’ उनका दाइले भने। कतारमा भन्दा युएईमा कमाई राम्रो हुने भन्दै रामसजीवन युएई हिँडेका थिए। 

कमाई ठीकै भएको बताउँथे। बेलाबेला पैसा पठाइरहेकै थिए। तर अचानक बिरामी परेदेखि उनीसँग परिवारले पैसाभन्दा पनि निको भएर फर्किए हुन्थ्यो भन्ने आशा राखेको थियो । 

उपचारपछि निको हुने छाँटकाँट नदेखिएपछि रामसजीवनले स्वदेश फर्किएर अन्तिम सास फेर्ने  इच्छा राखेका थिए। 

मर्नुभन्दा अगाडि देशको माटो टेकेर परिवार, छोराछोरीको साथ अन्तिम सास फेर्ने सपना थियो उनको। तर सरकारले कहिले चार्टर उडान खुल्ला गर्ने त कहिले बन्द गर्ने गरिरहँदा स्वदेश फर्कन पाएनन् रामसजीवन । 

घरपरिवार र छोराछोरी सम्झँदै छटपटाइरहे। अन्ततः उनले युएईमै प्राण त्याग गरे ।

‘अब शव ल्याउन पहल गर्नुपर्ने छ। दूतावासले जहाज आउँदा शव पठाइदिन्छौँ भनेको छ’ रामसजीवनका दाइले भने। अब कहिल्यै नउठ्ने गरेर रामसजीवन बाकसमा फर्कनेछन्। 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निष्कासनपछि गगनले भने– मैले नेतृत्वलाई कुरा बुझाउनै सकिनँ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्