दुनै, डोल्पा- हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैध संकलन गर्न पाटन पुगेका सात जना पक्राउ परेका छन्।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोइजुम र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले निकुञ्जको मुख्य क्षेत्र कागमारा हिमालबाट उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा पाँच महिला र दुई जना पुरुष रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाले जनाएको छ।
उनीहरू अवैध रुपमा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैध संकलन गर्न गए पनि उनीहरूले यार्सागुम्बा टिप्न नपाएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुई जना महिलाको स्वास्थ्य अवस्था कमजोर भएकाले निकुञ्जले दोषी ठहर गरेर बोलाएको खण्डमा उपस्थित हुने गरी प्रतिव्यक्ति रु १० हजार धरौटीमा छोडिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।