काठमाडौं- शाओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपाली बजारमा रेडमी इयरबड एस सार्वजनिक गरेको छ। इयरबड वायरलेस इयरफोनका रुपमा विश्व बजारमा यसको माग बढिरहेको छ।
बड इयर क्यानेलमा आरमदायक ढंगबाट फिट हुने गरी बनाइएको छ। यसको प्रयोगले कानको थकान कम गर्छ। म्याट ब्ल्याक फिनिसमा कम स्पेस लिनका लागि डिजाइन गरिएको यो गाेजीमा सहज रुपमा राख्न सकिन्छ।
यसको सिङ्गल बटनमार्फत फोन उठाउन, काट्न, गीत सुन्न र रोक्न, भ्वाइस एसिस्टेन्ट र सक्रिय डेडिकेटेड गेमिङ मोडका लागि प्रयोग गर्न सकिन्छ।
रेडमी इयरबड एस प्रयोगकर्ताहरुको श्रवण प्राथमिकता अनुसार ट्युन गरिएको कम्पनीले जनाएको छ। रेडमी इयरबड एस ब्ल्याक कलरमा उपलब्ध छ। यसको मूल्य ३ हजार १ सय ९९ रहेको छ। इयरबड एस देशभरका सम्पूर्ण आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाइन च्यानलमा छिट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।