काठमाडौं- राजा वीरेन्द्र शाहका पूर्व सैनिक सचिव विवेककुमार शाहको पुस्तक 'मैले देखेको दरबार'को अङ्ग्रेजी संस्करण ‘विटनेसिङ प्यालेस, पावर एन्ड पोलिटिक्स’ बजारमा आएको छ।
आठ वर्षअघि प्रकाशित ‘मैले देखेको दरबार’ले राजनीतिक वृत्तमा तरंग फैलाएको थियो।
‘विटनेसिङ प्यालेस, पावर एन्ड पोलिटिक्स’ले दरबार हत्याकाण्ड, राजा ज्ञानेन्द्रको ‘कू’, माओवादी जनयुद्ध र त्यसको जन्म र त्यसलाई मलजल गर्ने शक्ति, माओवादी र मूलधारका सात पार्टीबीच भएको १२ बुँदे सहमति, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना जस्ता पछिल्लो समयका महत्त्वपूर्ण घटनाहरुबारे ‘भित्री दृष्टिकोण’ प्रस्तुत गर्छ।
‘मैले देखेको दरबार’ प्रकाशित हुनेबित्तिकै धैरैले आफूलाई पुस्तक अंग्रेजीमा अनुवाद गर्न आग्रह गरे पनि ढिलै भए पनि अनुवाद आउँदा निकै खुसी लागेको लेखक शाहले बताए।
उनले भने, 'नेपाली पढ्न नसक्ने पाठकहरुले अब मेरो पुस्तक पढ्न पाउनेछन्। यसले हालसालैको नेपाली इतिहासबारे केही अन्तदृष्टि प्रदान गर्छ।’
फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तकको मूल्य एक हजार बाह्र रुपैयाँ राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।