काठमाडौं– फिल्म ‘यात्रा’ (अ म्युजिकल भ्लग) को निर्माण घोषणा भएको छ। केशव भट्टराईको लगानी तथा सम्राट शाक्यको निर्देशनमा फिल्म निर्माण हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
‘ए मेरो हजुर २’ बाट नेपाली फिल्म क्षेत्रमा चम्किएका नव अनुहार सलिनमान बनियाँ 'यात्रा'बाट पुन: दर्शकमाझ आउने भएका छन्।
उनले 'यात्रा'को फिल्म युनिट र कथावस्तु मन परेकाले अभिनय गर्ने निर्णय गरेको जानकारी दिए।
फिल्ममा सलिनमानको अपोजिटमा नव–नायिका मलिका महत देखिँदै छिन्। फिल्ममा यो जोडीसँगै सलोन बस्नेत, जाहन्वी बस्नेत, रेयर राई, धीरेन शाक्य लगायतको अभिनय रहनेछ। फिल्ममा एक चिनियाँ नगरिक जुन झाङ र केन्याका बोव्वीले पनि अभिनय गर्ने जनाइएको छ।

बैशाख २५ बाट छायांकनमा जाने फिल्मले असोज ५ गतेलाई प्रदर्शन मिति तय गरेको छ।
सञ्जय लामाले छायांकन गर्ने यस फिल्ममा शम्भुजित बासकोटा, प्रतीक पौडेल, कोबि बज्रको संगीत रहनेछ भने बनिश शाहले सम्पादन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।