• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
आरडिटीका नाममा साढे २५ करोड 'स्वाहा', ८८ हजार किट खेर जाँदै
64x64
उत्तम काप्री आइतबार, साउन १८, २०७७  १९:४६
1140x725

काठमाडौं- कोरोना संक्रमितको परीक्षणका लागि भन्दै सरकारले ४ महिनादेखि प्रयोग गर्दै आएको र्‍यापिड डाइग्नोस्टिक किट (आरडिटी) अन्ततः बन्द गर्ने निर्णय गरेको छ। आइतबार स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आरडिटी परीक्षण बन्द गर्ने निर्णय भएको जानकारी दिएका हुन्। योसँगै सरकारले करिब २५ करोड खर्च गरेको आरडिटीको उपलब्धि शून्य जस्तै भएको छ। 

आरडिटी परीक्षण सुरु भएदेखि नै विवादित बनेको थियो। तर, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, उनका विज्ञ सल्लाकार डा खेम काकी, तत्कालीन स्वास्थ्य सचिव यादव कोइराला, कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजकसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य सेवा विभागका कर्मचारीको मिलोमतोमा आर्थिक चलखेल गरी आरडिटी किट खरिद गर्दै कोरोना संक्रमितको अविश्वसनीय परीक्षण सुरु भएको थियो। संक्रमितको पहिचान गर्न आरडिटी विश्वसनीय नभएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले समेत प्रश्न उठाउँदै आएका बेला आर्थिक चलखेलकै लागि गुणस्तरहीन र अवश्वसनीय किट खरिद गरिएको भन्दै व्यापक आलोचना भएको थियो। 

मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले पहिलो पटक ओम्नी (ओबिसिआई)सँग ७५ हजार थान आरडिटी किट खरिद गर्दै २०७६ चैत १७ गतेबाट परीक्षण सुरु गरेको थियो। आरडिटी परीक्षणको विश्वसनीयतामाथि बारम्बार प्रश्न उठ्दा पनि मन्त्रालय र विभागले पटक पटक गरी झन्डै ४ लाख आरडिटी किट खरिद गरेको थियो।

मन्त्रालय मातहतको विभागले पहिलो पटक ओम्नीसँग ७५ हजार थान आरडिटी किट खरिद गरेको थियो। त्यसपछि पनि विभागले आरडिटी परीक्षणको विषयमा प्रश्न उठेपनि पटक-पटक गरी थप ३ लाख २५ हजार थान किट खरिद गरेको थियो। ओम्नीसँगको आरडिटी परीक्षण खरिदको विषय अहिले सार्वजनिक लेखा समितिदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।

विभागले तत्कालीन समयमा ओम्नीसँग प्रतिकिट ८ डलरका दरले झन्ढै ७ करोड २० लाख रुपैयाँ बराबरको ७५ हजार आरडिटी किट खरिद गरेको थियो। यसबाहेक विभागले पटकपटक खरिद गरेको आरडिटी किटको औसत मूल्य भने प्रति किट ५ सय ६५ रहेको छ। सोही हिसाबमा विभागले ३ लाख २५ हजार किट खरिदमा सरदर १८ करोड ३६ लाख २५ रुपैयाँ खर्च गरेको छ। विभागले ओम्नी र विभिन्न समयमा विभिन्न पक्षसँग गरी कुल २५ करोड ५६ लाख २५  हजार रुपैयाँ आरडिटी किट खरिदमा खर्च गरेको छ। तर यसको उपलब्धि भने शून्यजस्तै भएको छ। 

यो पनि पढ्नुहोस्

यस्ता छन् मेडिकल सामग्री खरिदका 'खलपात्र' र उनीहरूको स्वार्थ-कथासोमबार, असार १, २०७७

यसरी खरिद गरेको किट मध्ये अहिले विभागसँग झन्डै ८८ हजार जति बाँकी रहेको छ। यस्तो अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडिटी परीक्षण बन्द गर्ने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको विवरण अनुसार ३ लाख १२ हजार ४ सय २ जनाको आरडिटी परीक्षण भएको छ। तर, परीक्षणको रिपोर्ट भने सार्वजनिक भएको छैन। 

साढे २५ करोडभन्दा बढी खर्च भएको आरडिटी परीक्षण बन्द गर्ने निर्णय सरकारले गरेको छ। तर, बन्द गर्नुको कारण भने मन्त्रालयले खुलाइएको छैन। आरडिटी परीक्षणका विषयमा हालसम्म भएका गतिविधि र उपबल्धिबारे जिज्ञासा राख्ने प्रयास गर्दा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह र निर्देशक डा रमेश खरेल सम्पर्कमा आउन चाहेनन्। 

परीक्षण सुरु भएसँगै विवादित
केही समय अगाडिदेखि स्वतःस्फुर्त सडकमा निस्केका स्वतन्त्र युवा समूह ‘इनफ इज इनफ’लगायत अभियन्ता र विज्ञहरूले आरडिटी परीक्षण बन्द गर्नु पर्ने आवाज उठाउँदै आएका थिए। उक्त अभियान अझसम्म निरन्तर जारी छ। सरकारले कारोना संक्रमितको पहिचानका लागि गर्दै आएको र्‍यापिड डाइग्नोस्टिक किट (आरडिटी)को विश्वसनीयतामाथि निरन्तर रुपमा  एकपछि अर्को प्रश्न उठ्ने क्रम रोकिएको थिएन। आरडिटी परीक्षण बन्द गर्नुपर्ने लगायतका माग राख्दै अभियन्ताहरू दोस्रो पटक आमरण अनशनमा बसेपछि सरकारले बाध्य भएर आर्थिक चलखेलका लागि शुरु गरेको आरडिटी बन्द गरेको छ। 

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

डब्लुएचओले मान्यता नै नदिएको आरडिटी नेपाल छिराउने को हुन् खेलाडी?मंगलबार, असार २, २०७७

सुरुवाती चरणमा सरकारले पनि भारतबाट नेपाल प्रवेश गरेका युवालाई क्वारेन्टाइनमा राखेको १४ दिनपछि आरडिटी परीक्षण गर्दै घर पठाउँदै आएको थियो। आरडिटीको मात्र भर परेर क्वारेन्टाइनमा रहेकालाई घर पठाउँदा देशभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको थियो। जनताको जीवनमाथि सरकारले नै खेलबाड गरिरहेको भन्दै सर्वत्र आलोचना भइरहेको छ। आरडिटी परीक्षणमा नेगेटिभ आएको भन्दै घर पठाएकाहरूमा पनि पिसिआर परीक्षण गर्दा पुनः कोराना पोजेटिभ देखिरहेको थियो।  

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाहकार डा खेम कार्कीले भने आरडिटी परीक्षणको दायरा बढाउँदै कमिसनका लागि किट खरिद गर्न छाडेका थिएनन्। जेठको अन्तिम सातामा पनि मन्त्री ढकालले मन्त्रिस्तरीय निर्णयबाट आरडिटी किट खरिद गर्ने निर्णय गराउँदा आफ्नो विरोध हुने भएपछि कोरोना निणन्त्रण, रोकथाम तथा उपचार उच्चस्तरीय समितिबाट पुनः थप आरडिटी किट खरिद गर्ने निर्णय गराएका थिए। 

यो पनि पढ्नुहोस्

अविश्वसनीय आरडिटी : काठमाडौंका ९४ पोजेटिभको पिसिआर रिपोर्ट नेगेटिभमंगलबार, जेठ ६, २०७७

साथै नेपालमा पहिलो पटक आरडिटी किट आएपछि भएको विरोध सामान्य बनाउन मन्त्री ढकाल र उनका सल्लाहकार कार्कीले आफूअनुकूल निर्णय गराउन सक्ने गरी नेपाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‍लाई आरडिटी किटको गुणस्तर परीक्षण गर्न पठाउने निर्णय गरेका थिए।  मन्त्री ढकालले आफूअनुकूल निर्णय गराउन डा कार्कीकै सल्लाहमा परिषद्को जनशक्ति र ल्याब नहुँदानहुँदै पनि गुणस्तर जाँच गर्ने जिम्मा दिएका थिए। तर, उक्त विषय पनि विवादमा पर्‍यो। आरडिटी किटको गुणस्तर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा गर्नुपर्ने भन्दै विभिन्न संघसंस्थाले आवाज उठाउन थाले। विरोध थेग्ने नसकेपछि अन्ततः मन्त्री ढकालले पनि प्रयोशालाबाट नै आरडिटी किटको गुणस्तर ल्याबबाट नै गर्ने निर्णय गर्न बाध्य भएका थिए। 

आरडिटी किटको गुणस्तर निर्धारण प्रयोगशालाबाट नै गरियो। प्रयोगशालाले आरडिटी किट कोरोना पहिचानमा प्रयोग गर्नु नहुने र उचित पनि नभएको रिपोर्ट दियो। प्रयोगशालाको रिपोर्टकै आधारमा परिषद्‍ले ’कोरोना पहिचानमा आरडिटी परीक्षण नगर्नू’ भन्दै मन्त्री ढकाललाई रिपोर्ट बुझाएको थियो।

shivam cement

shivam cement

मन्त्री ढकालले विवाद बढ्दै गएपछि  रिपोर्ट नै सार्वजनिक नगरी आरडिटी परीक्षण सुरु भएको ४ महिनापछि परीक्षण नै बन्द गर्ने निर्णय गरेका हुन्। तर, मन्त्री ढकाल र उनका विज्ञ सल्लाहकार डा कार्कीले कमिसन लिनकै लागि आरडिटी किट खरिदलाई निरन्तरता दिन उक्त रिपोर्ट मन्त्रालयकै दराजमा थन्काएर राखेका थिए।  

कमिसनकै लागि ओम्नीसँग गुणस्तरहीन किट खरिद 
मन्त्री ढकाल र  विज्ञ सल्लाहकार डा कार्कीले कमिसनका लागि महँगोमा आरडिटी किट खरिद गरेको समेत पुष्टि भइसकेको छ। ओम्नीसँग खरिद गरिएका आरडिटी किटको मूल्य प्रतिथान ८ डलर अर्थात् ९ सय ६० रुपैयाँ परेको छ। जुन आरडिटी किटले आरडिटी परीक्षणमा देखाउनु पर्ने दुई वटा आइजिजी र आइजिएम नै छुट्याउँदैनथ्यो। आरडिटी किटमार्फत हुँदै आएको परीक्षणको विरोध नरोकिए पनि पुनः मन्त्री ढकालकै निर्देशनमा विभागले २ लाख २१ हजार आरडिटी किट खरिद गर्‍यो। तर विभागले त्यस पटक भने ओम्नीसँग खरिद गरेको भन्दा फरक र सस्तो मूल्यमा किट खरिद गरेको थियो। दोस्रो पटक खरिद भएका किटको मूल्य ५ सय ६८ रुपैयाँ (प्रतिथान) छ। 

उक्त किट खरिद आवश्यक नभए पनि मन्त्रीकै दबाबमा खरिद गरिएको विभाग स्रोत बताउँछ। विभागले २ लाख २१ हजार थान आरडिटी किट खरिद गर्दा भने आइजिजी र आइजिम दुवै थाहा पाउन सकिने खालका किट खरिद गरेको छ।

३ लाख १२ हजार आरडिटीको रिपोर्ट लुकाउँदै सरकार
सरकारले अहिलेसम्म ३ लाख १२ हजार ४ सय २ जनाको आरडिटी परीक्षण गरिसकेको छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त परीक्षणको रिपोर्ट आजसम्म सार्वजनिक गरेको छैन। परीक्षणको रिपोर्ट सार्वजनिक नगर्नुको एउटै कारण हो( विरोध र गुणस्तरमाथि उठेको प्रश्न। तर मन्त्रालयले पिसिआरको परीक्षणको रिपोर्ट भने सार्वजनिक गरेको छ। मन्त्रालयलाई अहिले किन आरडिटी रिपोर्ट सार्वजनिक नगरेको भनी जिज्ञासा राख्दा जवाफ दिन भने सकेको छैन।

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १९:४६
  • #आरडिटी
  • #rdt
  • #corona-test

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवद्र्धनका लागि ‘स्पार्क एडभेञ्चर’ शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारमा कतार गएका समसुद्दीन पत्नी बलात्कारको आरोपमा इन्टरपोलमार्फत पक्राउ शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्