• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

यस्ता छन् मेडिकल सामग्री खरिदका 'खलपात्र' र उनीहरूको स्वार्थ-कथा

64x64
उत्तम काप्री सोमबार, असार १, २०७७  ००:४०
1140x725

काठमाडौं- देश कोरोना संक्रमण र सन्त्रासको भुमरीमा परिरहेका बेला सबैभन्दा जिम्मेवार र संवेदनशील हुनुपर्ने सरोकारवाला मन्त्रालय नै अन्योल र विवादको केन्द्र बन्दै गइरहेको छ। संकटको यो घडीमा कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रिया मन्त्रालय र विभागका कर्मचारीको स्वार्थकै कारण गोलचक्करमा फसेको छ। गोलचक्करकै कारण मेडिकल सामग्री खरिद प्रक्रिया प्रभावित भएको मात्र होइन, असामयिक रूपमा कर्मचारी सरुवा–बढुवाका खबरहरू पनि सुन्न थालिएको छ। 

समस्याको जरो के हो त? स्वास्थ्य सामग्री खरिद प्रक्रिया किन र कसरी बारम्बार विवादमा परिरहेको छ? र, यसमा को–को संलग्न छन्? तथा यसभित्रका खेलाडीहरूको कसको स्वार्थ के छ? भन्ने विषयमा हामीले सोधखोज गरेका छौं।

सबैभन्दा पहिला नेपालमा कोरोना संक्रमित देखिएको पहिलो दिनदेखि पछिल्लो समयको २८ करोडको सामग्रीको टेन्डरसम्मको चक्रमा को-को खेलाडी छन् भन्ने चिन्न आवश्यक छ। यो खेलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, मन्त्री ढकालका विज्ञ सल्लाहकार डा खेम कार्की, विभागबाट भर्खरै सरुवा भएका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ, सरुवा भएका स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल, विभागका वर्तमान महानिर्देशक दीपेन्द्ररमण सिंह, विभागका वर्तमान व्यवस्थापन महाशाखा प्रमुख डाक्टर रमेश खरेल र विभागमा लामो समयदेखि व्यवस्थापन महाशाखामा रही काम गरिरहेका शाखा अधिकृत गगन विष्ट विवाद–वृत्तका प्रमुख पात्रका हुन्। जसका कारण स्वास्थ्य सामग्री खरिद प्रक्रिया विवादमा पर्नेदेखि भ्रष्टाचारको आशंका समेत सिर्जना भएको छ।

बुझ्नुपर्ने के छ भने माथि उल्लेख भएका पात्रहरु दुई खेमामा विभाजित छन्। दुई खेमाका आआफ्नै खालका स्वार्थ, दाउपेच र चलखेलका रणनीतिहरू छन्। यही कुत्सित खेलका कारण समयमै स्वास्थ्य सामग्री खरिद हुन सकेको छैन भने टेन्डर सूचना प्रकाशन पनि ‘सेटिङ’मै हुने गरेको छ।

यो अप्रिय खेलको पृष्ठभूमि यस्तो छः 
नेपालमा पहिलो पटक माघ ९ गते कोरोना संक्रमितको पुष्टि भएको थियो। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने माघ १० गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो। यो संख्या जेठ ३२ गते यो समाचार तयार पार्दासम्म कोरोना ५ हजार ७ सय ६० पुगिसकेको छ भने १९ जनाले ज्यान गुमाइसकेका छन्।

एकछिन माघ १० को पत्रकार सम्मेलनपछिकै अवस्थामा पुगौं। नेपालमा पहिलो संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा मन्त्रालयमा बैठक बस्छ। बैठकले तत्काल नै आवश्यक मेडिकल सामग्री खरिद गर्ने निर्णय गर्छ।

यो पनि पढ्नुहोस्

सेनाले जिटुजीमार्फत् किनेका मेडिकल सामग्रीमा एक अर्बभन्दा बढी घोटाला! कुन सामानमा कति?मंगलबार, जेठ २७, २०७७

विभागका तत्कालीन महानिर्देशक डा रोशन पोखरेलले टेन्डर सूचना पनि प्रकाशन गर्छन्। तर, सूचना प्रकाशनसँगै चलखेलको पहिलो अनुक्रमका रूपमा विभागको महानिर्देशक नियुक्तिको प्रहसन सतहमा आउँछ।

nimb
nimb
Ncell 2
Ncell 2

मन्त्री ढकालकै निर्देशनमा माघ १९ गते विभागको १२औं तहको बढुवाका लागि पाँच जनाको नाम सिफरिस हुन्छ। सिफारिसको सूचीमा ११औं तहका महेन्द्रप्रसाद श्रेष्ठको नाम पनि समावेश गर्न मन्त्रीले नाम बढुवा समितिलाई दबाब दिन्छन्। बढुवा समितिले डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह, डा भीमसिंह तिंकरी, डा केदार सेन्चुरी र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गर्छ।

सोही सिफारिसको आधारमा फागुन ८ गते मन्त्री ढकालले विभागका तत्कालीन महानिर्देशक पोखरेलाई मन्त्रालयमा तान्दै महेन्द्रप्रसाद श्रेष्ठलाई विभागको निमित्त महानिर्देशक बनाउँछन्।

मन्त्रालय स्रोतका अनुसार स्वार्थसिद्ध गर्ने तानाबानाको यो खेलमा मन्त्री ढकालसँगै उनका सल्लाकार डाक्टर खेम कार्कीको भूमिका पनि त्यत्तिकै सक्रिय थियो।

स्वार्थपूर्तिको एउटा ‘टुल्स’का रुपमा फागुन ८ गते विभागको बागडोर सम्हाल्न पुगेका महानिर्देशक श्रेष्ठले आफ्नो नियुक्तिसँगै मन्त्री भानुभक्त ढाकल र रक्षामन्त्री पोखरेलको निर्देशनलाई आफ्नो एकमात्र कार्यसूत्र बनाउन थाल्छन्। माथिकै निर्देशन अनुसार उनले माघ २५ गते गरिएको मेडिकल सामग्री खरिदको प्रस्ताव पेस गर्ने व्यवसायीको लिस्ट दराजमा थन्काउँछन्। 

निमित्त भएको ४ दिनपछि बढुवा समितिको रिफारिसमा ५औं नम्बरमा रहेका श्रेष्ठलाई पनि १२औं तहमा बढुवा गरिन्छ। बढुवासँगै उनलाई विभागको महानिर्देशको जिम्मेवारी थमाउने काम हुन्छ। श्रेष्ठसँगै ११औं तहबाट डा दीपेन्द्ररमण सिंहलाई पनि १२औं तहमा बढुवा गरिन्छ।  

श्रेष्ठको सरुवा भएपछि सिंह हालै विभागको महानिर्देशक भएका छन्। 

यसरी स्वार्थपूर्तिका लागि श्रेष्ठलाई महानिर्देशक बनाइएको थियो। श्रेष्ठले पनि महानिर्देशक भएपछि स्वास्थ्यमन्त्री ढकाल र रक्षामन्त्री पोखरेलको निर्देशनमा माघ २५ गते भएको टेन्डर रद्द नै गर्छन्। टेन्डर रद्द गर्नुका अरू कारण बताइए पनि स्वार्थपूर्ति नहुनु नै मुख्य कारण भएको मन्त्रालय स्रोतको भनाइ छ।

टेन्डर रद्द भएको केही दिनपछि सरकारले चैत ११ गतेबाट देशभर लकडाउनको घोषणा गर्ने निर्णय गर्छ। लकडाउन घोषणा भएको भोलिपल्ट नै विभागमा तत्कालीन महानिर्देशक श्रेष्ठले स्वास्थ्यमन्त्री ढकाल र रक्षामन्त्रीको निर्देशनमा पौने २ अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिदका लागि २४ घन्टा म्याद दिएर सूचना प्रकाशन गर्छन्। व्यवसायीसँग विभागले छलफल गरेको जस्तो प्रक्रिया पूरा गर्छ। छलफलको ३ घन्टामै व्यवसायीसँग कोटेसन मागिन्छ। सोही आधारमा ओबिसीआई (ओम्नी)सँग मेडिकल सामग्री खरिद सम्झौता हुन्छ। 

उक्त खरिद प्रक्रियामा हस्ताक्षर गर्नेमा मन्त्रीका विज्ञ सल्लाहकार डा कार्की पनि छन्।

यो पनि पढ्नुहोस्

स्वास्थ्यमा अनियमितता शृंखला : २८ करोडका सामग्री किन्न ३ दिन मात्र समय दिँदै शनिबार टेन्डर आह्वानशनिबार, जेठ ३१, २०७७

ओम्नीसँग भएको सम्झौता विवादमा पर्छ। मेडिकल सामान खरिदको विषय विवादमा परेसँगै गुणस्तरहीन सामान ल्याएको र समयमै सामान दिन नसकेको भन्दै मन्त्री ढकालले आफ्नो कमजोरी लुकाउन विभागका तत्कालीन महानिर्देशक श्रेष्ठलाई सम्झौता रद्द गर्न लगाउँछन्। श्रेष्ठले पनि चैत २० गते खरिद सम्झौता रद्द भएको र ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालनी भएको निर्णय भएको बताउँछन्। 

तर त्योभन्दा पहिले नै रक्षामन्त्री ईश्वर पोखरेलले मेडिकल सामान खरिदमा विवाद भएको मौका छोपेर नेपाली सेनालाई जिटुजीमार्फत् मेडिकल सामग्री खरिद गर्ने दिने प्रस्ताव चैत १५ गतेको मन्त्रिपरिषदबाट स्वीकृत गराउँछन्।

सोही आधारमा सेनाले पनि वैशाखको पहिलो साता चीनसँग जिटुजीमा मेडिकल सामान खरिद गर्ने गरी सम्झौता गर्छ। सम्झौता अनुसार सेनाले मेडिकल सामान ल्याइरहेको छ। थप केही सामग्री आउन बाँकी छ।

तर, सेनाले जिटुजी मार्फत खरिद गरेको मेडिकल सामग्रीमा पनि १ अर्बभन्दा बढीको घोटाला भएको तथ्य बाहिरिसकेको छ। सेनालाई मेडिकल खरिदको जिम्मा दिनुको पछाडि रक्षामन्त्री पोखरेल एउटै स्वार्थ थियो, ‘सेटिङ’लाई अख्तियारको ‘रिङ’ बाहिर पार्न सकिन्छ।

अहिले सेनालाई जिम्मेवारी दिएर रमाइरहेका रक्षामन्त्री पोखरेलको अर्को बुर्जामा रहेका स्वास्थ्यमन्त्री ढकालको स्वार्थ–कथाको जरो ओम्नी प्रकरणसँगै जोडिएको छ। ओम्नीसँगको खरिद सम्झौता रद्दले स्वास्थ्य मन्त्री ढकालको स्वार्थ पूर्ति हुन सक्दैन। 

यो बीचमा मन्त्री ढकाल आफ्नो स्वार्थपूर्तिको लागि सल्लाकारलाई उत्प्रेरित गरिहन्छन्। तर, मन्त्री ढकाल र सल्लाहकार डा कार्कीले भने अनुसार पछिल्लो समय विभागमा तत्कालीन महानिर्देशक श्रेष्ठ र व्यवस्थापन महाशाखामा निर्देशक भोगेन्द्र डोटेलले काम गर्दैनन्। काम नगर्नुको एउटै कारण थियो, मन्त्रीको स्वार्थपूर्तिमा लाग्दा आफूहरुकै बदनामी हुने। ‘हामी यसबाट जोगिन पर्छ’ भन्ने विषयमा तत्कालीन महानिर्देशक श्रेष्ठ र तत्कालीन प्रमुख डोटेलको सल्लाह हुन्छ। त्यसभन्दा अगाडि पनि डोटेलले खरिद प्रक्रियामा असहमति जनाउँदै आएका थिए।

बदनामीबाट बच्नकै लागि भए पनि श्रेष्ठले खरिद प्रक्रिया केही पारदर्शी बनाउन लाग्छन्। उनको काममा व्यवस्थापन महाशाखाका प्रमुख डोटेलले सघाउँछन्। तर, तत्कालीन महानिर्देशक श्रेष्ठबाट आफ्नो स्वार्थ पूर्ति नभएको र अब पनि नहुने निश्चित भएपछि पुनः मन्त्री ढकाल विभागका महानिर्देशक र व्यवस्थापन महाशाखाको निर्देशक परिर्वतनको खेलमा लाग्छन्।

मन्त्री ढकालले उनका सल्लाकार डाक्टर खेम कार्कीको सहयोगमा श्रेष्ठसँगै १२औं तहमा बढुवा भएका डाक्टर दीपेन्द्ररमण सिंहलाई विभागको महानिर्देशक र डाक्टर रमेश खरेललाई व्यवस्थापन महाशाखा प्रमुख बनाउँछन्।

तत्कालीन महानिर्देशक श्रेष्ठ र डोटेललाई मन्त्रालय तान्दै भूमिकाविहीन बनाउने काम हुन्छ। मन्त्री ढकालले जेठ २२ गते श्रेष्ठको ठाउँमा डाक्टर सिंह र डोटेलको ठाउँमा डाक्टर खरेललाई पठाएका हुन्। विभागको महानिर्देशक भएपछि डा सिंहले मन्त्रीकै निर्देशनअनुसार काम गर्न थाल्छन् भने उनलाई व्यवस्थापन महाशाखाका डाक्टर खरेलको सहयोग हुन्छ।

तर, उनीहरुलाई दुवै जनालाई व्यवस्थापन महाशाखाकै पुराना कर्मचारी अर्थात् खरिद प्रक्रिया सबै बुझेका व्यवस्थापन शाखाका शाखा अधिकृत गगन विष्टले रणभुल्लमा पार्ने काम सुरु गर्छन्। विष्ट लामो समयदेखि विभागमै रहेको कारण अधिकांश व्यवसायीसँग उनको चिनजानमा छ। चिनजानसँगै कुन व्यवसायीको टेन्डरमा सहयोग गर्दा कति रकम आउँछ भनेर विष्टले नाडी छामिसकेका छन्।

यो पनि पढ्नुहोस्

सेनाले जिटुजीमार्फत् किनेका मेडिकल सामग्रीमा एक अर्बभन्दा बढी घोटाला! कुन सामानमा कति?मंगलबार, जेठ २७, २०७७

तर, मन्त्रीको निर्देशनमा महानिर्देशक सिंह र डाक्टर खरेल भने ओम्नीकै आडमा टेन्डरमा सहभागी भएको कम्पनीलाई टेन्डर पार्न लागि पर्छन्। जसमा शाखा अधिकृत विष्टबाट सहयोग हुँदैन। विष्टले अहिले महानिर्देशक र व्यवस्थापन महाशाखा प्रमुखलाई नै आफ्नो प्रभावमा राख्ने यत्न गरिरहेका छन्, जसका कारण मेडिकल सामग्री खरिद प्रक्रियामा एकपछि अर्को विवाद आउन थालेको छ। अर्कोतिर, कोरोना परीक्षणका लागि आवश्यक मेडिकल सामग्री अभाव हुन थालेको छ। यसको पुष्टिका लागि पछिल्लो समय भएका दुई वटा टेन्डरलाई लिन सकिन्छ। 

१. बिहीबार हुनुपर्ने सम्झौता अन्योलमा
जेठ २९ गते बिहीबार हुनुपर्ने दुई वटा खरिद सम्झौता ३२ गते आइतबारसम्म निर्णय हुन सकेको छैन। विभागले २९ गते १ लाख ७० हजार भिटिएम र १ लाख ५० हजार पिसीआर परीक्षणका लागि खरिद गर्न लागेको आरएनए एक्स्ट्र्याक्सन किट खरिदको सम्झौता गर्न नसकेको हो। मन्त्रीको निर्देशनमा विभागका महानिर्देशक डा सिंह र व्यवस्थापन महाशाखा प्रमुख डा खरेल एकातिर छन् भने शाखा अधिकृत गगन विष्ट अर्कोतिर छन्। जसका कारण यो सम्झौता हुन नसकेको हो। 

यता परीक्षण नै रोक्नुपर्ने अवस्था आइसकेको छ। यो खेलमा आरएनए एक्स्ट्र्याक्सन किट खरिदको टेन्डर हाम्रो बालाजी जेभीलाई दिनुपर्ने भन्दै विष्टले खेल खेलिरहेका छन् भने फेयर ट्रेडलाई दिनुपर्ने पक्षमा मन्त्री ढकाल र मन्त्रीका सल्लाहकार खेम कार्कीले विभागका निर्देशक डा खरेललाई निर्देशन दिएरहेका छन्। 

दुई कम्पनीमध्ये हाम्रा बालाजीको कबुल रकम कम छ भने दोस्रोमा स्थानमा फेयर ट्रेडको रहेको छ। तर, दुई कम्पनीलाई छोडेर सबैभन्दा बढी रकम कबुल गरेको ओम सर्जिकललाई टेन्डर दिने तयारी गरिएको छ। ताइवानी कम्पनीका उत्पादन उपलब्ध गराइदिने भनेकाले ओम सर्जिकललाई टेन्डर दिने तयारी भएको बताइएको छ। यसमा मन्त्रीको स्वार्थ जोडिएको स्रोतले बताएको छ।

ओमलाई नै टेन्डर दिलाउन व्यवस्थापन विभागका प्रमुख खरेल लागिपरिरहेका छन्। यो कम्पनीसँग ओम्नी पनि  जोडिएको विभागकै कर्मचारीहरू बताउँछन्। 

यसैगरी भिटिएम खरिदमा पनि लफडा सुरु भएको छ। भिटिएम भनेको स्वाब संकलन गरी पिसीआर परीक्षणका लागि पठाउन प्रयोग गर्ने मेडिकल सामान हो। यसलाई एक प्रकारको किट (बट्टा) भनेर बुझ्दा पनि हुन्छ। यसको काम प्रयोगशालासम्म पुर्‍याउँदा भाइरस नमरोस् र संक्रमण नफैलियोस भन्ने हो।

यो पनि पढ्नुहोस्

कोरोनाको कहरमा पनि कमिसन चक्करशनिबार, चैत १५, २०७६

भिटिएम खरिद सम्झौताका लागि मन्त्री ढकालको निर्देशनमा महानिर्देशक डा सिंहले गुणस्तरहीन सामान दिन लागेको कम्पनी जनमुक्ति हेल्थ इन्टरप्राइजेजसँग सम्झौता गर्न लागेका थिए। उक्त  कम्पनीले दिन लागको सामग्री गुणस्तरहीन रहेको विषय बाहिर आएसँगै दोस्रो कम्पनी लुम्बिनी हेल्थ प्रालिलाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि दुईपक्षीय विवाद उत्पन्न भएसँगै उक्त सम्झौता पनि हुन सकेका छैन।

२. तीन दिनको समय दिएर सेटिङमा शनिबार टेन्डर
एकपछि अर्को खरिद प्रक्रिया विवाद भइरहेको बेला पुनः विभागले मन्त्री र मन्त्रीका सल्लाकारको दबाबमा आफूनिकट व्यवसायीलाई २८ करोड रुपैयाँ बराबरका सामग्री किन्न टेन्डर मिलाइदिने गरी शनिबार तीन दिनको समय दिँदै टेन्डर सूचना प्रकाशन भएको छ। 

यो पनि पढ्नुहोस्

स्वास्थ्यले ७ करोडमा किनेको कोरोना परीक्षण किट कामै नलाग्नेमंगलबार, चैत १८, २०७६

विभागले ७ वटा आरएनए एक्स्ट्र्याक्सन मेसिन र ५ लाख किट खरिदका लागि एक दिन मात्रै (तीन दिन भनिए पनि शनिबार नेपालमा बिदा र आइतबार विदेशका अधिकांश स्थानमा बिदा हुने भएकाले) 'वर्किङ डे'को समय दिएर टेन्डर सूचना प्रकाशन गरेको छ।

यसबाट पनि के प्रष्ट हुन्छ भने मेडिकल सामग्री खरिद प्रक्रिया मन्त्री, मन्त्रीका सल्लाहकार, विभागका महानिर्देशक, व्यवस्थापन महाशाखा प्रमुख र शाखा अधिकृतको गोलचक्करमा घुमिरहेको छ। जसका कारण कोरोना परीक्षणको दायरा बढाउनुपर्ने बेला मेडिकल सामग्री नै अभाव छ।

यो पनि पढ्नुहोस्

स्वास्थ्यमा अनियमितता शृंखला : २८ करोडका सामग्री किन्न ३ दिन मात्र समय दिँदै शनिबार टेन्डर आह्वानशनिबार, जेठ ३१, २०७७

प्रकाशित मिति: सोमबार, असार १, २०७७  ००:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सुनको मूल्य सामान्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो। मंगलबार, भदौ ९, २०८३
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभा हलमा बिहान ११ बजे... मंगलबार, भदौ ९, २०८३
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने बेनी हाइड्रोपावर लिमिटेडले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी मंगलबार, भदौ ९, २०८३
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ मंगलबार, भदौ ९, २०८३
भारतको सहयोगमा निर्मित श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन मंगलबार, भदौ ९, २०८३
रोहिङ्ग्या संकट झन् गहिरिँदै, गुटेरेसले मागे विश्व समुदायको तत्काल पहल मंगलबार, भदौ ९, २०८३
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्