• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाको कहरमा पनि कमिसन चक्कर

सरकारको नाममा व्यापारीको सामान लिन चीन उड्यो वाइडबडी
64x64
उत्तम काप्री शनिबार, चैत १५, २०७६  १९:२८
1140x725

काठमाडौं- कोरोना जोखिम न्यूनीकरण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारी पैसामा जहाज चार्टर गरेर व्यापारीको सामान ल्याउन चीन पठाएका छन्।

चीन सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक सबै सामान आफै दिने भनेर सूची मागेकाे थियो। तर सरकारले आवश्यक सामान चीनसँग माग्नुको साटो ब्यापारीसँग किन्ने गरी आफैंले विमान चार्टर गराएर चीन पठाएका हुन्।

सरकारले शनिबार चीनको गौन्जाउबाट कोरोनाको परीक्षणका लागि मेडिकल सामान ल्याउने भन्दै नेपाल एयरलाइन्सको वाइडबडी चार्टर गरेर चीनतर्फ उडाइसकेको छ। तर, यो चार्टर जहाजमा चीनले नेपाललाई निःशुल्क र निशर्त सहयोग गर्ने भनिएका स्वास्थ्य सामग्री आउने छैनन्। यसमा त व्यवसायीले खरिद गरेको ८० टन सामान आउनेछ।

व्यवसायीकै सामान भएका कारण स्वास्थ्य मन्त्रालयका कुनै पनि प्रतिनिधिसमेत उक्त जहाजमा सामान लिन गएका छैनन्। जसमा व्यवसायीले सरकारलाई तत्काल बेच्ने ३० टन सामान र बाँकी व्यवसायीकै ५० टन सामान आउने स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ।

केन्द्रीय सरकारलाई बेचेर बाँकी रहेको ५० टन सामान पनि व्यवसायीले प्रदेश र स्थानीय तहलाई बेच्नेछन्। नेपाल सरकारले प्रदेश र स्थानीय सरकारलाई कोरोना भाइरसका नामका आउने कुनै पनि सहयोग लिन रोक लगाएको छ। एकद्वार नीति कार्यान्वयन गर्ने भन्दै सरकारले स्वास्थ्य सामग्री किन्न पैसा विनियोजन समेत गरिसकेको छ। प्रदेश र स्थानीय तहलाई पनि यहीअन्तर्गत सरकारले सामाग्री किनाउनेछ। स्थानीय तथा प्रादेशकअन्तर्गतका केही सरकारले सामान खरिदका लागि सूचना प्रकाशन गरिसकेका छन्। शुक्रबारमात्रै सुदूरपश्चिम सरकारले सामान खरिदको लागि सूचना जारी गरिसकेको छ। 

नेपालमा अरु व्यापारीसँग कोरोना परीक्षण तथा रोकथामका लागि प्रयोग हुने सामान नभएका कारण अहिले जहाज चार्टर गरी सामान ल्याउने व्यवासायीले मात्रै बेच्नेछन्। सबै तहलाई एउटै मूल्यमा बेच्ने सामानको कमिसन केन्द्रीय सरकारका सीमित व्यक्तिलाई आउनेछ।

कसरी सेटिङ भयो?
नेपाल एयरलाइन्समार्फत् व्यवसायीको सामान ल्याउने सेटिङमा तीन पात्र रहेका छन्। एक पात्र हुन् स्वास्थ्यमन्त्री भानुभक्त ढकाल। अर्को पात्र कोराना भाइरस रोग रोकताथ तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा रक्षामन्त्री ईश्वर पोखरेल हुन्। तेस्रो व्यक्ति भने प्रधानमन्त्री केपी ओलीका नजिकका व्यवसायी गोविन्द थापा हुन्। 

नेपालको स्वास्थ्य मन्त्रालय निःशुल्क सहयोगमा आएको सामाग्रीभन्दा सामान खरिद गर्दा कमिसन हात लाग्ने हुनाले व्यापारीहरुप्रति बढी आकर्षित भयो।

Ncell 2
Ncell 2
nimb
nimb

चीन सरकारले नेपालसँग 'तिमीहरूलाई चाहिने मेडिकल सामानको लिस्ट देऊ' भनेर एक साताअघि नै भनेको थियो। तर, सरकारले समयमै सामानको लिस्ट दिएन। केही ढिला गरेर मात्रै नेपाल सरकारले सामानको लिस्ट पठायो। सरकारले पठाएको लिस्टअनुसारको केही सामान व्यवस्थापन गरेर चीनले दूतावसको जिम्मा पनि लगाइसकेको छ भने अन्य सामान व्यवस्थापन गर्दैछ। जुन सामान ल्याउन दूतावास आफैं लागिपरेको छ। 

दूतावास चाहन्थ्यो, सहयोग गरिएको सामान यथाशीघ्र नेपाल सरकारले काठमाडौं झार्न तत्परता देखाओस्। तर नेपालको स्वास्थ्य मन्त्रालय निःशुल्क सहयोगमा आएको सामाग्रीभन्दा सामान खरिद गर्दा कमिसन हात लाग्ने हुनाले व्यापारीहरुप्रति बढी आकर्षित भयो।

यसैबीचमा सरकारको बोलपत्र
यही प्रक्रिया चलिरहेको बेला सरकारले आफूलाई चाहिने मेडिकल सामान खरिदको लागि भन्दै सूचना प्रकाशन गर्‍यो। सूचना प्रकाशित भएपछि दुई जना स्वास्थ्य मन्त्रालय तथा मन्त्रीकहाँ पुगे। स्वास्थ्यमन्त्रीले उनीहरूलाई जिम्मा लगाउने तयारी गरे।

तर, त्यसको विरोध भयो। पार्टीभित्रबाटै भिम रावल र माधवकुमार नेपालले समेत विरोध गरे। विरोधको आवाज बढ्न थालेपछि मन्त्रालयले त्यो प्रक्रिया रोक्यो। यो खेलमा स्वास्थ्यमन्त्री र रक्षामन्त्री लागिपरे। पहिले उक्त सामान बाटो खोल्ने निर्णय गरेका स्थल नाकाबाट ल्याउन ढिलो हुने भएपछि सरकारी पैसामै जहाज चार्टर गरेको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ।

Xtrem

Xtrem

केही दिनअघिमात्रै रक्षामन्त्री ईश्वर पोखरेलले शनिबार साँझसम्म जसरी र जहाँबाट भएपनि सामान ल्याउने ठोकुवा गरेका थिए। यो सबै सेटिङअनुसारकै काम थियो। तर, सरकारले भने यीबीचमा व्यवसायीलाई सामान संकलन गर्न भनेको थियो। सोहीअुनसार व्यवसायीले ८० टन सामान गोन्जाउमा जम्मा पारेका छन्। त्यही सामान लिएर नेपाल एयरलाइन्स चीनबाट आउनेछ।

यसरी व्यवसायीले ल्याएको सामानमध्ये ३० टन तत्काल नै केन्द्रीय सरकारले खरिद गर्नेछ। त्यसपछिको बाँकी रहेको ५० टन सामान पनि प्रदेश सरकारले केन्द्रीय सरकारसँग मागेपछि टेन्डरमा उनै व्यवसायीहरुसँग खरिद गरेर दिने प्रपञ्च छ।

अलिबाबा डटकमको नेतृत्वको व्यापारीको सामान मंगलबार आउँदै
सरकारले आज व्यापारीको सामान ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज चार्टर गरेको हो भन्ने विषयमा यसबाट पनि पुष्टि हुन्छ। किनकी झन्डै एक साताअघि चिनियाँ अर्बपति व्यापारीहरुले नेपाललाई सहयोग गर्न लागेको सामान नेपाल ल्याउन जहाज सहयोग गर्न उनीहरुले स्वास्थ्य मन्त्रालयमा पत्र दिएका थिए।

व्यवसायीले ल्याएको सामानमध्ये ३० टन तत्काल नै केन्द्रीय सरकारले खरिद गर्नेछ। त्यसपछिको बाँकी रहेको ५० टन सामान पनि प्रदेश सरकारले केन्द्रीय सरकारसँग मागेपछि टेन्डरमा उनै व्यवसायीहरुसँग खरिद गरेर दिने प्रपञ्च छ।

पत्रसँगै उनीहरुका प्रतिनिधिले समेत मन्त्रालयका उच्च पदस्थ कर्मचारीलाई भेटका थिए। उनीहरुलाई स्वास्थ्यमन्त्री भेट्न जाँदा मन्त्री सचिवको चेम्बरमा मिटिङमा व्यस्त थिए। व्यवसायीले ५० टन सामान सहयोग गर्ने र जहाजको भाडा पनि आफैं तिर्ने भनेका थिए। तर, सरकारले यसमा कुनै चासो दिएन। त्यसपछि व्यवसायीहरुले चाइना साउर्दनको विमानबाट ‍सामान ल्याउने तयारी गरे। स्रोतका अनुसार उक्त सामान मंगलबार नेपाल आइपुग्नेछ। यी सामग्री चिनियाँ अर्बपति व्यवसायीको नितान्त सहयोग हो।

जिटुजीको प्रस्ताव चीनबाट अस्वीकार
सरकारले चीनसँग मेडिकल सामान जिटुजीमा खरिद गर्ने प्रस्ताव राखेको थियो। तर, चीनले 'तिमीहरुलाई आवश्यक सबै सामान हामी आफैंले सहयोग गर्ने' भनेपछि किन जिटुजी गर्न आवश्यक भन्दै अस्वीकार गरेको थियो।

त्यसपछि सरकारमा सहभागी केही व्यक्तिले व्यवसायीसँगको कमिसनको लोभमा परेर चीनबाट सामान ल्याउने भन्दै नेपाल एयरलाइन्सको जहाज चार्टर गरेका हुन्।

चीनले दिएको सामान ल्याउन दूतावासको तयारी
चिनियाँ दूतावास अहिले नेपाल सरकालाई चीनले सहयोग गर्न लागेको मेडिकल सामान नेपाल ल्याउने तयार गरिरहेको छ। कतिपय सामान रसुवागढी नाका भएर नेपाल आउने क्रममा छन् भने कतिपय सामान केही दिनमा जहाज चार्टर गरेर ल्याउने तयारी छ। चीनले कोरोनाको नमूना परीक्षणलगायत पिपिईलगायतका उपकरण ठूलो मात्रामा सहयोग गर्ने भएको छ। 

नेपालबाट गोन्जाउ गएर आउन जहाजलाई करिब १० घन्टा समय लाग्छ। चार्टरमा २ करोडभन्दा बढी रकम खर्च हुनेछ।

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १९:२८
  • ##coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रास्वपा बैठकका मुख्य निर्णय : पार्टीका सबै सांसद ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा अनिवार्य रूपमा खटिने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह आइतबार, असोज १८, २०८३
कांग्रेसको १५औं महाधिवेशनका लागि खुलामञ्चमा भव्य तयारी आइतबार, असोज १८, २०८३
बाढी र पहिरोका कारण पाँच जिल्लाका प्रमुख सडक अवरुद्ध आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्