• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २९, २०८२ Sun, Jul 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोनाको कहरमा पनि कमिसन चक्कर सरकारको नाममा व्यापारीको सामान लिन चीन उड्यो वाइडबडी
64x64
उत्तम काप्री शनिबार, चैत १५, २०७६  १९:२८
1140x725

काठमाडौं- कोरोना जोखिम न्यूनीकरण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारी पैसामा जहाज चार्टर गरेर व्यापारीको सामान ल्याउन चीन पठाएका छन्।

चीन सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक सबै सामान आफै दिने भनेर सूची मागेकाे थियो। तर सरकारले आवश्यक सामान चीनसँग माग्नुको साटो ब्यापारीसँग किन्ने गरी आफैंले विमान चार्टर गराएर चीन पठाएका हुन्।

सरकारले शनिबार चीनको गौन्जाउबाट कोरोनाको परीक्षणका लागि मेडिकल सामान ल्याउने भन्दै नेपाल एयरलाइन्सको वाइडबडी चार्टर गरेर चीनतर्फ उडाइसकेको छ। तर, यो चार्टर जहाजमा चीनले नेपाललाई निःशुल्क र निशर्त सहयोग गर्ने भनिएका स्वास्थ्य सामग्री आउने छैनन्। यसमा त व्यवसायीले खरिद गरेको ८० टन सामान आउनेछ।

व्यवसायीकै सामान भएका कारण स्वास्थ्य मन्त्रालयका कुनै पनि प्रतिनिधिसमेत उक्त जहाजमा सामान लिन गएका छैनन्। जसमा व्यवसायीले सरकारलाई तत्काल बेच्ने ३० टन सामान र बाँकी व्यवसायीकै ५० टन सामान आउने स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ।

केन्द्रीय सरकारलाई बेचेर बाँकी रहेको ५० टन सामान पनि व्यवसायीले प्रदेश र स्थानीय तहलाई बेच्नेछन्। नेपाल सरकारले प्रदेश र स्थानीय सरकारलाई कोरोना भाइरसका नामका आउने कुनै पनि सहयोग लिन रोक लगाएको छ। एकद्वार नीति कार्यान्वयन गर्ने भन्दै सरकारले स्वास्थ्य सामग्री किन्न पैसा विनियोजन समेत गरिसकेको छ। प्रदेश र स्थानीय तहलाई पनि यहीअन्तर्गत सरकारले सामाग्री किनाउनेछ। स्थानीय तथा प्रादेशकअन्तर्गतका केही सरकारले सामान खरिदका लागि सूचना प्रकाशन गरिसकेका छन्। शुक्रबारमात्रै सुदूरपश्चिम सरकारले सामान खरिदको लागि सूचना जारी गरिसकेको छ। 

नेपालमा अरु व्यापारीसँग कोरोना परीक्षण तथा रोकथामका लागि प्रयोग हुने सामान नभएका कारण अहिले जहाज चार्टर गरी सामान ल्याउने व्यवासायीले मात्रै बेच्नेछन्। सबै तहलाई एउटै मूल्यमा बेच्ने सामानको कमिसन केन्द्रीय सरकारका सीमित व्यक्तिलाई आउनेछ।

कसरी सेटिङ भयो?
नेपाल एयरलाइन्समार्फत् व्यवसायीको सामान ल्याउने सेटिङमा तीन पात्र रहेका छन्। एक पात्र हुन् स्वास्थ्यमन्त्री भानुभक्त ढकाल। अर्को पात्र कोराना भाइरस रोग रोकताथ तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा रक्षामन्त्री ईश्वर पोखरेल हुन्। तेस्रो व्यक्ति भने प्रधानमन्त्री केपी ओलीका नजिकका व्यवसायी गोविन्द थापा हुन्। 

नेपालको स्वास्थ्य मन्त्रालय निःशुल्क सहयोगमा आएको सामाग्रीभन्दा सामान खरिद गर्दा कमिसन हात लाग्ने हुनाले व्यापारीहरुप्रति बढी आकर्षित भयो।

Ncell 2
Ncell 2

चीन सरकारले नेपालसँग 'तिमीहरूलाई चाहिने मेडिकल सामानको लिस्ट देऊ' भनेर एक साताअघि नै भनेको थियो। तर, सरकारले समयमै सामानको लिस्ट दिएन। केही ढिला गरेर मात्रै नेपाल सरकारले सामानको लिस्ट पठायो। सरकारले पठाएको लिस्टअनुसारको केही सामान व्यवस्थापन गरेर चीनले दूतावसको जिम्मा पनि लगाइसकेको छ भने अन्य सामान व्यवस्थापन गर्दैछ। जुन सामान ल्याउन दूतावास आफैं लागिपरेको छ। 

दूतावास चाहन्थ्यो, सहयोग गरिएको सामान यथाशीघ्र नेपाल सरकारले काठमाडौं झार्न तत्परता देखाओस्। तर नेपालको स्वास्थ्य मन्त्रालय निःशुल्क सहयोगमा आएको सामाग्रीभन्दा सामान खरिद गर्दा कमिसन हात लाग्ने हुनाले व्यापारीहरुप्रति बढी आकर्षित भयो।

यसैबीचमा सरकारको बोलपत्र
यही प्रक्रिया चलिरहेको बेला सरकारले आफूलाई चाहिने मेडिकल सामान खरिदको लागि भन्दै सूचना प्रकाशन गर्‍यो। सूचना प्रकाशित भएपछि दुई जना स्वास्थ्य मन्त्रालय तथा मन्त्रीकहाँ पुगे। स्वास्थ्यमन्त्रीले उनीहरूलाई जिम्मा लगाउने तयारी गरे।

तर, त्यसको विरोध भयो। पार्टीभित्रबाटै भिम रावल र माधवकुमार नेपालले समेत विरोध गरे। विरोधको आवाज बढ्न थालेपछि मन्त्रालयले त्यो प्रक्रिया रोक्यो। यो खेलमा स्वास्थ्यमन्त्री र रक्षामन्त्री लागिपरे। पहिले उक्त सामान बाटो खोल्ने निर्णय गरेका स्थल नाकाबाट ल्याउन ढिलो हुने भएपछि सरकारी पैसामै जहाज चार्टर गरेको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ।

केही दिनअघिमात्रै रक्षामन्त्री ईश्वर पोखरेलले शनिबार साँझसम्म जसरी र जहाँबाट भएपनि सामान ल्याउने ठोकुवा गरेका थिए। यो सबै सेटिङअनुसारकै काम थियो। तर, सरकारले भने यीबीचमा व्यवसायीलाई सामान संकलन गर्न भनेको थियो। सोहीअुनसार व्यवसायीले ८० टन सामान गोन्जाउमा जम्मा पारेका छन्। त्यही सामान लिएर नेपाल एयरलाइन्स चीनबाट आउनेछ।

यसरी व्यवसायीले ल्याएको सामानमध्ये ३० टन तत्काल नै केन्द्रीय सरकारले खरिद गर्नेछ। त्यसपछिको बाँकी रहेको ५० टन सामान पनि प्रदेश सरकारले केन्द्रीय सरकारसँग मागेपछि टेन्डरमा उनै व्यवसायीहरुसँग खरिद गरेर दिने प्रपञ्च छ।

अलिबाबा डटकमको नेतृत्वको व्यापारीको सामान मंगलबार आउँदै
सरकारले आज व्यापारीको सामान ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज चार्टर गरेको हो भन्ने विषयमा यसबाट पनि पुष्टि हुन्छ। किनकी झन्डै एक साताअघि चिनियाँ अर्बपति व्यापारीहरुले नेपाललाई सहयोग गर्न लागेको सामान नेपाल ल्याउन जहाज सहयोग गर्न उनीहरुले स्वास्थ्य मन्त्रालयमा पत्र दिएका थिए।

व्यवसायीले ल्याएको सामानमध्ये ३० टन तत्काल नै केन्द्रीय सरकारले खरिद गर्नेछ। त्यसपछिको बाँकी रहेको ५० टन सामान पनि प्रदेश सरकारले केन्द्रीय सरकारसँग मागेपछि टेन्डरमा उनै व्यवसायीहरुसँग खरिद गरेर दिने प्रपञ्च छ।

पत्रसँगै उनीहरुका प्रतिनिधिले समेत मन्त्रालयका उच्च पदस्थ कर्मचारीलाई भेटका थिए। उनीहरुलाई स्वास्थ्यमन्त्री भेट्न जाँदा मन्त्री सचिवको चेम्बरमा मिटिङमा व्यस्त थिए। व्यवसायीले ५० टन सामान सहयोग गर्ने र जहाजको भाडा पनि आफैं तिर्ने भनेका थिए। तर, सरकारले यसमा कुनै चासो दिएन। त्यसपछि व्यवसायीहरुले चाइना साउर्दनको विमानबाट ‍सामान ल्याउने तयारी गरे। स्रोतका अनुसार उक्त सामान मंगलबार नेपाल आइपुग्नेछ। यी सामग्री चिनियाँ अर्बपति व्यवसायीको नितान्त सहयोग हो।

जिटुजीको प्रस्ताव चीनबाट अस्वीकार
सरकारले चीनसँग मेडिकल सामान जिटुजीमा खरिद गर्ने प्रस्ताव राखेको थियो। तर, चीनले 'तिमीहरुलाई आवश्यक सबै सामान हामी आफैंले सहयोग गर्ने' भनेपछि किन जिटुजी गर्न आवश्यक भन्दै अस्वीकार गरेको थियो।

त्यसपछि सरकारमा सहभागी केही व्यक्तिले व्यवसायीसँगको कमिसनको लोभमा परेर चीनबाट सामान ल्याउने भन्दै नेपाल एयरलाइन्सको जहाज चार्टर गरेका हुन्।

चीनले दिएको सामान ल्याउन दूतावासको तयारी
चिनियाँ दूतावास अहिले नेपाल सरकालाई चीनले सहयोग गर्न लागेको मेडिकल सामान नेपाल ल्याउने तयार गरिरहेको छ। कतिपय सामान रसुवागढी नाका भएर नेपाल आउने क्रममा छन् भने कतिपय सामान केही दिनमा जहाज चार्टर गरेर ल्याउने तयारी छ। चीनले कोरोनाको नमूना परीक्षणलगायत पिपिईलगायतका उपकरण ठूलो मात्रामा सहयोग गर्ने भएको छ। 

नेपालबाट गोन्जाउ गएर आउन जहाजलाई करिब १० घन्टा समय लाग्छ। चार्टरमा २ करोडभन्दा बढी रकम खर्च हुनेछ।

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १९:२८
  • ##coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि हस्तान्तरण, बिरामीलाई निःशुल्क दिइने आइतबार, असार २९, २०८२
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो) आइतबार, असार २९, २०८२
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो) आइतबार, असार २९, २०८२
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो) आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो)
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो) आइतबार, असार २९, २०८२
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो)
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो)
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो) आइतबार, असार २९, २०८२
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो)
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो) आइतबार, असार २९, २०८२
रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ(भिडियो)
रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु शनिबार, असार २८, २०८२
एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला शनिबार, असार २८, २०८२
छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु आइतबार, असार २९, २०८२
गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्