• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

स्वास्थ्यमा अनियमितता शृंखला : २८ करोडका सामग्री किन्न ३ दिन मात्र समय दिँदै शनिबार टेन्डर आह्वान

64x64
उत्तम काप्री शनिबार, जेठ ३१, २०७७  २१:१७
1140x725

काठमाडौं- सरकारले झन्डै २८ करोड रुपैयाँ बराबरको मेडिकल सामग्री खरिदका लागि ३ दिनको मात्र समय दिँदै टेन्डर आह्वान गरेको छ। शनिबार तीन दिन मात्र समय दिँदै स्वास्थ्य सेवा विभागले टेन्डरका लागि सूचना प्रकाशन गरेको हो। 

विभागले कोरोना परीक्षणमा प्रयोग हुने उपकरण अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन मेसिन ७ सेट र ५ लाख किट खरिदका लागि शनिबार टेन्डर गरेको छ।कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाब पिसिआर परीक्षण मेसिनमा राख्नुअघि प्रशोधनका लागि अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन मेसिन प्रयोग गरिन्छ। यसका प्रयोग भएसँगै संकलित नमुनाको परीक्षणको दायरा बढाउन सहज हुन्छ।

अहिले कोरोना परीक्षणका लागि संकलन भएको स्वाब प्रशोधनको काम म्यानुयल रुपमा भइरहेको छ। जसका कारण संकलन भएको नमुनाको परीक्षण गर्न लामो समय लाग्ने गरेको छ।

सातै प्रदेशमा एक-एक वटा यो उपकरण उपलब्ध गराउने भन्दै विभागले खरिद गर्न लागको हो। विभागले ५ लाख किट पनि आवश्यक पर्ने भन्दै खरिद गर्न शनिबार टेन्डर सार्वजनिक गरेको हो।

विभागले शनिबार (१३ जुन)मा सूचना प्रकाशन गर्दै मंगलबार (१६ जुन) दिउँसो १२ बजेभित्र इच्छुक फर्मले ७० लाख रुपैयाँको बैंक ग्यारेन्टीसहितको धरौटी राखी टेन्डरमा सहभागी हुनुपर्ने सर्त राखेको छ। यसका अन्य सर्त तथा विवरण विभागको वेबसाइटमा राखिने टेन्डरको सूचनामा विभागले उल्लेख गरेपनि यो समाचार तयार पार्दासम्म ती विषयमा विभागले कुनै विवरण र सर्त वेबसाइटमा राखेको छैन।

विभागले १६ जुन अर्थात् मंगलबार दिउँसो ३ बजे प्रस्ताव खोलिनेसमेत जानकारी गराएको छ। यी सबै सामग्रीको लागत २८ करोड रुपैयाँ हाराहारी रहेको छ।

शनिबार टेन्डर आह्वान गरिएकाले 'सेटिङ'को शंका
विभागले मेडिकल सामग्री खरिदका लागि गर्दै आएका पछिल्ला टेन्डरहरूमध्ये अधिकांश विवादित बन्दै आएका छन्। बिहीबार मात्रै भिटिएम खरिदका लागि सम्झौता गर्न लागेको टेन्डरमा पनि विवाद सुरु भएसँगै सो सम्झौता अहिलेसम्म हुन सकेको छैन। पुनः ७ वटा अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन मेसिन र ५ लाख  किट खरिदमा पनि सेटिङ भएको शंका उत्पन्न भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सेटिङको शंका उत्पन्न हुने प्रमुख कारण हो, शनिबार पारेर २८ करोड रुपैयाँ बराबराको मेसिन तथा किट खरिदका लागि टेन्डर आह्वान गर्नु हो। नेपाली व्यवसायीसँग खरिद गर्ने गरी टेन्डर आह्वान गरिए पनि यी सामग्री विदेशबाट नै आयात गनुपर्ने हुन्छ। यसका लागि सामान उपलब्ध गराउने इच्छा प्रकट गर्दै टेन्डरमा सहभागी हुने कम्पनीले पनि उत्पादन कम्पनी वा विदेशी पार्टीसँग छलफल गर्नु पर्ने हुन्छ। बिदाका दिन सूचना प्रकाशन भएकाले छलफलका लागि कम समय मात्र उपलब्ध हुन्छ। विदेशका अधिकांश स्थानमा आइतबार पनि बिदा पर्छ। यसर्थ टेन्डरमा सहभागी हुन चाहेने कम्पनीले आफ्नो पार्टीसँग कुराकानी तथा छलफल गर्ने सक्ने अवस्था रहँदैन।

बाँकी रह्यो एक दिन अर्थात् सोमबार। सोमबार एक दिनमै व्यवसायीले विदेशी पार्टीसँग छलफल गरी सबै टेन्डरका लागि आवश्यक पर्ने सबै डकुमेन्ट तयार गर्न सहज हुँदैन। मंगलबार त व्यवसायीले टेन्डरका लागि सूचनामा सहभागी हुन प्रस्ताव राख्नै पर्ने हुन्छ। यसर्थ एकदमै कम समय र त्यसमा बिदा हुने अवस्थामा टेन्डर आह्वान गरिएकाले यस पटकको खरिद प्रक्रियामा पनि शंका उब्जिएको हो।

विभागले टेन्डर आह्वान गरेका सामान युरोप-अमेरिकमाबाट नै ल्याउनुपर्ने हुन्छ। ती देशका पार्टीले बिना डकुमेन्ट कुनै पनि काम अघि बढाउँदैनन्। यस्तो अवस्थामा विभागले न्यूनतम पनि २ देखि ३ दिनको 'वर्किङ डे'को समय दिनुपर्नेमा एक 'वर्किङ डे'को मात्रै समय दिएकाले यो टेन्डरमा पनि केही सीमित व्यक्तिबाटै खरिद गर्ने गरी कानुनी प्रक्रिया पूरा गर्नका लागि मात्रै शनिबार सूचना निकालेको हुने सक्ने शंका गरिएको हो।

यसलाई पुष्टि गर्ने अर्को आधार पनि छ। अहिलेसम्म खरिदका लागि टेन्डर गरिएको सामाग्री खरिदका सर्तहरुको सम्पूर्ण विवरण विभागले आफ्नो वेबपेजमा राख्ने गरेको छ। तर यो खरिदका लागि विभागले वेबसाइटमा हालसम्म कुनै पनि विवरण राखेको छैन। यो सबै गर्नुको पछाडि कुनै एक निश्चित व्यक्ति वा फर्मसँग मात्रै सामाग्री खरिदका लागि 'सेटिङ' भएको हुन सक्ने आशंकालाई बलियो बनाएको छ। 

कुनै र्फम वा व्यक्तिसँग सामग्री खरिद गर्न विभागले पहिले नै सबै विवरण दिएर काम गर्न लागएको र उसले सबै प्रक्रिया पूरा गरेर 'सामान ल्याउन सक्छु' भनेकाले कानुनी प्रक्रिया पूरा गर्नकै लागि मात्र यति छोटो समय दिएर टेन्डर आह्वान गरिएको शंका उब्जिएको हो। 

विभाग उच्च स्रोतकै कुरालाई विश्वास गर्ने हो भने पनि तीन दिनको समयमा २८ करोड रुपैयाँ बराबरको मेडिकल सामाग्री खरिदको टेन्डर सेटिङमा भएको हो। कुनै पनि व्यवसायीले यति छोटो समयमा टेन्डरमा सहभागी हुँदै गुणस्तरीय सामग्री दिने सक्ने अवस्था नहुने विभाग स्रोतको भनाइ छ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  २१:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
दुलहीजस्तै सिँगारिँदै छ जोमसोम बजार मंगलबार, भदौ ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ३०, २०८३
सञ्चय कोषदेखि बीमा कम्पनीसम्मको पैसा सेयर बजारमा ल्याउने सरकारको योजना मंगलबार, भदौ ३०, २०८३
उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल मंगलबार, भदौ ३०, २०८३
ट्रम्पको दाबी : रुस र युक्रेन ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमत मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
बालेन सरकार विघटन गरी अर्को सरकार गठन गर्न जेनजी मुभमेन्ट नेपालको माग सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्