अम्मान– जोर्डनमा शनिबार भएको एक सडक दुर्घटनामा यहाँका एक सांसद र उनका परिवारसहित ८ व्यक्तिको मृत्यु भएको छ।
सांसद र उनका परिवारजन चढेको एक कार ट्रकसँग ठोक्किँदा सो घटना भएको सुरक्षा स्रोतले जानकारी दिएको छ।
यस दुर्घटनामा परी सांसद अमाम्रेह, उनकी श्रीमती, ३ छोराछोरी र श्रीमतीका भाइको मृत्यु भएको छ।
त्यसैगरी ट्रक चालक र उनको सहयोगीको पनि मृत्यु भएको बताइएको छ। जोर्डनको दक्षिण शहर अम्मानका सेनाका पूर्वकर्णेल र हालका सांसद अमाम्रेहको मृत्यु भएकोमा जोर्डन संसद्का सभामुखले पनि दुःख व्यक्त गरेका छन्।
जोर्डनमा सडक सुरक्षामा कमि भएकै कारण सन् २०१६ मा सडक दुर्घटनामा परी ७ सय ५० व्यक्तिको मृत्यु भएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।