नान्नीङ(चीन)– चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा पल्टिदा १७ व्यक्तिको मृत्यु भएको छ।
स्थानीय समयानुसार शनिबार राति १ः३० बजे डुङ्गा दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। प्रान्तीय राजधानी गुइलिनस्थित ताओहुवाजिआङ नदीमा अभ्यासका क्रममा डुंगा पल्टिएका थिए।
झण्डै १८ मिटर लामा ती डुङ्गा ३० यात्रु बोक्न सक्ने क्षमताका थिए। दुवै डुङ्गा पल्टिदा कुल ६० यात्रु पानीमा खसेका थिए। डुङ्गा पल्टिने बित्तिकै ८ ओटा डुङ्गा र झण्डै २ सय जना उद्धारकर्मी उद्धारमा खटिएका थिए।
स्थानीय दुन्मु गाउँले आयोजना गरेको सो अभ्यास कार्यक्रमका बारेमा प्रहरीलाई पूर्वसूचना नदिएको गुइलिनका अधिकारीले जनाएका छन्। हालसम्म २ जना आयोजकहरुलाई पक्राउ गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।