काठमाडौं– नोकियाले दुई नयाँ मोडलका मोबाइल सार्वजनिक गरेको छ। नोकियाको आधिकारिक बिक्रेता टेलिटक प्राइभेट लिमिटेडले नोकिया १२५ र नोकिया १५० सार्वजनिक गरेको हो।
नोकियाका यी कि प्याड मोबाइलको ब्याट्री एक पटक चार्ज गरेपछि एक हप्तासम्म टिक्ने कम्पनीले जनाएको छ। यी मोबाइल किनेको एक वर्षभित्र कुनै समस्या भए साट्न मिल्ने सुविधा रहेको छ।
१२५ मोडलको मोबाइलको स्क्रिन साइज २ दशमलब ४ इन्च छ। क्लासिक स्नेक गेम र अरु गेमहरु पनि राखिएको छ। फोनमा एयरफोन विना नै रेडियो बज्ने सिस्टम राखिएको छ। यसमा दुई वटा सिमकार्ड राख्न मिल्छ। नेपालमा यो फोनको मूल्य ३ हजार ९९ रुपैयाँ राखिएको छ।
नोकिया १५० मा ३२ जिबीको मेमोरी कार्ड लाग्छ। यसमा पनि एयरफोन विना नै रेडियो बजाउन मिल्छ। नेपालमा यो फोनको मूल्य ३ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।