काठमाडौं– ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ। नेपाली बजारमा सार्वजनकि भएको ह्याण्डसेटको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ।
ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दूई रंगमा उपलब्ध गरिएको कम्नपनीले जनाएको छ। फोनको मोटाइ ८.९एमएम र तौल १९२ ग्राम रहेको छ।
फोनमा ६.५ ईञ्च नियो डिस्प्लेको प्रयोग गरिएको छ। ओपो ए५२ मा रियर क्यामेरा एफ १.७ एपर्चर सहितको १२ एमपी र सेकेन्डरी रियर क्यामेरा एफ२.२ सहितको ८एमपी (वाइड) रहेको छ। साथै फोनमा दुई वटा एफ २.४ एपर्चर सहितको २ एमपी रेजोल्यूशन सेन्सर रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।